मुख्य समाचार
प्रधानमन्त्री वालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबीच टेलिफोन वार्ता
प्रधानमन्त्री वालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबीच टेलिफोन वार्ता

। नेपाल–चीन सीमा क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोको विषयलाई लिएर नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबीच टेलिफोन वार्ता भएको छ।

मंगलबार दिउँसो करिब उनीहरूबीच करिब १० मिनेट कुराकानी भएको जापानको परराष्ट्र मन्त्रालयले जनाएको छ।

समवेदना र बेपत्ता नागरिकको खोजीमा चासो

वार्ताको सुरुमै जापानी प्रधानमन्त्री ताकाइचीले गत अगस्ट २६ मा गएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना प्रकट गर्दै शोकाकुल परिवार र प्रभावितहरूप्रति सहानुभूति व्यक्त गरेकी थिइन्।

प्राकृतिक विपद्को उच्च जोखिममा रहेका दुवै देशको अवस्थालाई स्मरण गर्दै उनले यस सङ्कटको घडीमा लामो समयदेखिको मित्रराष्ट्र नेपालको साथमा जापान दृढतापूर्वक उभिएको बताइन्। सो अवसरमा प्रधानमन्त्री ताकाइचीले हाल सम्पर्कविहीन रहेका ५ जना जापानी नागरिकको तत्काल खोजी र उद्धार कार्यमा अधिकतम सहयोग गर्न प्रधानमन्त्री शाहसँग आग्रह गरेकी छन्।

राहत सामग्री र आपत्कालीन टोली पठाइँदै

नेपालका लागि घोषणा गरिएका त्रिपाल र ब्ल्याङ्केटलगायतका आपत्कालीन राहत सामग्रीहरू छिट्टै नेपाल आइपुग्ने जानकारी प्रधानमन्त्री ताकाइचीले गराएकी छन्।

यसका साथै, अन्तर्राष्ट्रिय संघसंस्थाहरूमार्फत थप सहयोग उपलब्ध गराउने र जापानबाट एउटा अन्तर्राष्ट्रिय आपत्कालीन राहत टोली पठाउने तयारी भइरहेको उनले बताएको जापानको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शाहद्वारा कृतज्ञता व्यक्त

जवाफमा प्रधानमन्त्री बालेन्द्र शाहले विपद्‌बाट भएको क्षतिको यथार्थ विवरण र नेपाल सरकारले गरिरहेको उद्धार तथा राहत प्रयासबारे जापानी समकक्षीलाई जानकारी गराएका थिए। प्रधानमन्त्री शाहले जापानी सरकार र जापानी जनताले देखाएको सहानुभूति, सहयोग र ऐक्यबद्धताप्रति गहिरो कृतज्ञता व्यक्त गरेको जापानी परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन् । विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडामा आयोजित आन्तरिक कार्यालयसम्बन्धी छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युत आपूर्ति, उपभोक्ता सेवा, डिजिटल भुक्तानी, ऊर्जा माग, लोड व्यवस्थापन, विद्युत् चुहावट नियन्त्रण तथा पूर्वाधारको नियमित मर्मतसम्भारमा ...
। जापानको बेरोजगारी दर अगस्टमा बढेर २.५ प्रतिशत पुगेको छ । जुलाईमा २.४ प्रतिशत रहेको बेरोजगारी दर पाँच महिनापछि पहिलोपटक बढेको जापान सरकारद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार ...
। जापानले बिहीबारदेखि लागू हुने गरी भिसा नवीकरण र स्थायी बसोबास (पीआर) जारी गर्ने शुल्कमा भारी वृद्धि गर्ने भएको छ। जापानको अध्यागमन सेवा एजेन्सीले तोकेको यो नयाँ शुल्क गत मे महिनामा पारित भएको अध्यागमन नियन्त्रण ऐनको संशोधनमा व्यवस्था गरिएको थियो । भिसा नवीकरण र बसोबासको हैसियत परिवर्तनका लागि लाग्ने शुल्क अब प्रदान गरिएको बसोबासको अवधिका आधारमा तय ...
— जापानको राजधानी टोकियोमा लगातार ३४ दिनसम्म वर्षा भएको छ । जापानको मौसम विज्ञान एजेन्सी (जीएमए)का अनुसार १८८६ मा रेकर्ड राख्न सुरु गरिएयता यति लामो अवधिसम्म निरन्तर वर्षा भएको यो पहिलोपटक हो । जीएमएका अधिकारी काजुहिरो हिरोनोका अनुसार यसअघि सन् २०१९ को जुन २७ देखि जुलाई २९ सम्म लगातार ३३ दिनसम्म वर्षा भएको थियो । ...
। जापानका ११ वर्षीय युकी कुरिहाराले २०औं एसियन गेम्सअन्तर्गत ईस्पोर्ट्समा स्वर्ण पदक जित्दै इतिहास रचेका छन् । उनी एसियन गेम्स इतिहासमा स्वर्ण जित्ने जापानका सबैभन्दा कान्छा खेलाडी बनेका छन् । आइची–नागोयामा शनिबार सम्पन्न ‘पुयो पुयो च्याम्पियन्स’ को फाइनलमा कुरिहाराले दक्षिण कोरियाका २४ वर्षीय काङ दोङसिनलाई १०–२ ले पराजित गर्दै स्वर्ण जितेका हुन् । सेमिफाइनलमा उनले थाइल्यान्डका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम