मुख्य समाचार
अमेरिकी सेनाका सेक्रेटरी ड्यान ड्रिस्कलले करिब १८ महिनासम्म उक्त पदमा रहेपछि राजीनामाको घोषणा
अमेरिकी सेनाका सेक्रेटरी ड्यान ड्रिस्कलले करिब १८ महिनासम्म उक्त पदमा रहेपछि राजीनामाको घोषणा

। अमेरिकी सेनाका सेक्रेटरी ड्यान ड्रिस्कलले करिब १८ महिनासम्म उक्त पदमा रहेपछि राजीनामाको घोषणा गरेका छन्।

उनले पद छाड्न लागेको अमेरिकी मिडिया साझेदार सीबीएसले पुष्टि गरेको छ।

सीबीएसका अनुसार, ड्रिस्कल र रक्षामन्त्री पिट हेगसेथबीच महिनौँदेखि मतभेद र टकराव चलिरहेको थियो।

ड्रिस्कल हालसम्मकै सबैभन्दा कम उमेरका आर्मी सेक्रेटरी हुन्। उनलाई प्रायः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘ड्रोन म्यान’ भनेर चिनिन्छ।

ह्वाइटहाउसले सीबीएसलाई दिएको एक वक्तव्यमा ड्यान ड्रिस्कल ट्रम्पको ‘अमेरिकालाई फेरि बलियो बनाउने’ एजेन्डालाई अगाडि बढाउन ‘अत्यन्त प्रभावकारी’ रहेको र सैन्य अभियानहरूका क्रममा उनले ‘शानदार नेतृत्व’ प्रदान गरेको जनाएको छ।

बीबीसीका अनुसार, यस विषयमा ह्वाइटहाउस, पेन्टागन र अमेरिकी सेनासँग बीबीसीले प्रतिक्रिया मागेको छ।

पछिल्लो समय पद छाड्ने वरिष्ठ सैन्य अधिकारीहरूमध्ये ड्रिस्कल सबैभन्दा नयाँ हुन्। यसअघि नेभी सेक्रेटरी जोन फेलनले पनि गत अप्रिलमा अचानक आफ्नो पदबाट राजीनामा दिएका थिए।

यसबाहेक सेना प्रमुख र्‍यान्डी जर्ज, आर्मी जनरल डेभिड होड्ने र मेजर जनरल विलियम ग्रीन पनि हालै आफ्नो पदबाट हटिसकेका छन्।

पेन्टागनको नेतृत्व सम्हालेयता रक्षामन्त्री पिट हेगसेथले एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीहरूलाई पदबाट हटाइसकेका छन्।

यसरी पदबाट हटाइएकाहरूमा नौसेना सञ्चालन प्रमुख र अमेरिकी वायुसेनाका उपप्रमुखसमेत समावेश छन्।

(बीबीसीबाट)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर अर्थात् प्रभाव क्षेत्र वा खाडल वरपर रहेका हिमचट्टानहरू अझै पनि भत्किने जोखिममा रहेकाले यसले ठूलो सम्भावित खतरा निम्त्याउन सक्ने चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्युजले मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार यस्तो रिपोर्ट सार्वजनिक गरेको हो। सीसीटीभीका अनुसार, दक्षिण-पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको ग्यिरोङ (केरुङ) काउन्टीमा आएको लेदोसहितको ...
। रूसले किएभ लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालेस्टिक मिसाइल आक्रमणमा परी कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको युक्रेनले मङ्गलबार बताएको छ। मस्कोले पछिल्लो समयममा किएभमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ, आक्रमणको साढे चार वर्ष भन्दा लामो समय पछि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया जारी छ भने क्रेमलिनले युद्ध अन्त्य गर्न आफ्नो ...
। चीनको दक्षिण-पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित केरुङमा गएको विनाशकारी पहिरोमा परी ज्यान गुमाउने तथा बेपत्ता भएकाहरूको स्मृतिमा मंगलबार बिहान विशेष शोक सभा आयोजना गरिएको छ। भदौ १० गते आएको लेदोसहितको भीषण पहिरोका कारण त्यस क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार, स्थानीय अधिकारीहरू र सर्वसाधारणको उपस्थितिमा आयोजित उक्त स्मृति सभामा ...
। चीनले आफ्नो रक्षा कानुनमा ठूलो परिवर्तन गरेको छ। अब युद्ध वा ठूलो संकटको समयमा सरकार सेनामा मात्र निर्भर रहनेछैन। आवश्यकता पर्दा सर्वसाधारण, निजी कम्पनी र देशका अन्य स्रोतसाधनको पनि प्रयोग गर्न सकिनेछ। चीनको संसद् (नेसनल पिपुल्स कंग्रेस) ले अगस्ट २८ मा राष्ट्रिय रक्षा परिचालन कानुनमा गरिएको संशोधनलाई अनुमोदन गरेको छ। नयाँ कानुन अक्टोबर १ देखि ...
। चीन सरकारले रसुवागढीमा आएको बाढीपछि तातोपानी नाकासमेत बन्द गरेको छ । तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेका अनुसार चीन सरकारका तर्फबाट भन्सार कार्यालयका नाममा इमेल गरिएको छ । जसमा अर्को सूचना जारी नभएसम्म तातोपानी नाका बन्द रहने उल्लेख छ । यसबारे थप जानकारी प्राप्त नभएको उनले बताए । रसुवागढी बाढीले बगाएसँगै तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको ...