मुख्य समाचार
भारतर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो
भारतर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो

। नेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ।

कुशीनगर प्रशासनका अनुसार हालसम्म नदीबाट १३ वटा अज्ञात शव फेला परेको छ । फेला परेको शवमध्ये ६ जना पुरुष र ७ जना महिला छन्।
नदीमा फेला परेको शवमध्ये ६ वटा शव कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ भने शवगृहमा ठाउँको अभाव भएपछि बाँकी ७ वटा शवलाई गोरखपुरस्थित एम्स पठाइएको प्रशासनले जनाएको छ।

नदीमा अझै शव भेटिन सक्ने आशंकामा एसडीआरएफ र एनडीआरएफका टोलीले नारायणी नदीमा निरन्तर खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन् ।

कुशीनगरकी प्रभारी जिल्ला अधिकारी तथा प्रमुख विकास अधिकारी (सीडीओ) वन्दिता श्रीवास्तवले दिएको जानकारीअनुसार शवसम्बन्धी निर्धारित कानुनी प्रक्रियाअनुसार आवश्यक सबै काम भइरहेको छ।

उनका अनुसार कुशीनगर जिल्ला प्रशासनले नेपालका सम्बन्धित अधिकारीसँग सम्पर्क गरिरहेको छ। साथै, भारतीय विदेश मन्त्रालयमार्फत पनि बरामद भएका शवबारे नेपाललाई जानकारी गराउने काम भइरहेको छ।

प्रशासनका अनुसार शवको पोस्टमार्टमलगायत आवश्यक प्रक्रिया पूरा भएपछि ती शव नेपाललाई हस्तान्तरण गरिनेछ। त्यसपछि शवको पहिचान गरी सम्बन्धित परिवारसम्म पुर्‍याउने प्रक्रिया अघि बढाइनेछ।

यसैबीच, नेपालबाट भारततर्फ आउने तथा आफन्तको खोजीमा कुशीनगर पुग्ने नेपाली नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन जिल्ला प्रशासनले नियन्त्रण कक्ष (कन्ट्रोल रुम) समेत स्थापना गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सिगास गाउँपालिका–२ धौलाडीका ५७ वर्षीय कालुसिंह धामीको सोमबार भिरबाट लडेर मृत्यु भएको हो । दिउँसो बाख्रा चराउन गएका बेला उनी १ बजेतिर घर नजिकैको जङ्गलमा रहेको भिरबाट खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ठगेन्द्र ऐरले जानकारी दिए । धामी भिरबाट करिब ४०० मिटर तल खोलामा ...
। नुवाकोटको विदुर नगरपालिका-१० मा पर्ने बेत्रावतीस्थित एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। भदौ १० गते बुधबारको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट ज्यान गुमाएहरूको ठूलो संख्यामा शव एउटै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले जानकारी दिए। उनका अनुसार शवको संख्या भने एकिन भइसकेको छैन। ‘हो, बेत्रावतीस्थित ...
। नेपाली कांग्रेसका सभापति गगन थापा बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । उनी सोमबार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका पुगेका हुन् । विदुर नगरपालिका–३ का एक व्यक्तिले सभापति थापासँग बाढीमा परेर सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ भइरहेको गुनासो गरेका छन् । ती व्यक्तिले आफ्ना आफन्त बाढीमा बेपत्ता भइरहेको, सुरुङमा थुनिएको गुनासो गरेका हुन्। सभापति थापाले त्रिशूली अस्पताल, होल्डिङ ...
। विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)बाट प्राप्त २९ टनसहित ३० टन खाद्य सामग्री बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ । सो खाद्यान्न सवारीसाधनमार्फत रसुवा र नुवाकोटतर्फ पठाइएको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ । विपद्बाट प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले राहत सामग्री सम्बन्धित प्रभावित क्षेत्रमा पठाइएको हो । कृषिमन्त्री चौधरीले ...
। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै क्यूआर वा अन्तर बैंक फन्ड ट्रान्फरका अलवा सिधै रकमान्तर गर्ने व्यवसथा गर्न भनेको हो । सरकारले विभिन्न बैंक तथा वित्तीय संस्थामा ...