मुख्य समाचार
प्रधानमन्त्री बालेन शाहले सरकारले बाढी प्रभावित नागरिकको पुनःस्थापना कसरी गर्ने भन्नेबारे छलफल अगाडि बढाइएको बताए
प्रधानमन्त्री बालेन शाहले सरकारले बाढी प्रभावित नागरिकको पुनःस्थापना कसरी गर्ने भन्नेबारे छलफल अगाडि बढाइएको बताए

: प्रधानमन्त्री बालेन शाहले सरकारले बाढी प्रभावित नागरिकको पुनःस्थापना कसरी गर्ने भन्नेबारे छलफल अगाडि बढाइएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन सुरु भएको बताएका हुन्।

घर, परिवार, प्रियजन र जायजेथा गुमाएका हजारौं नागरिको पीडा सरकारले बुझेको उल्लेख गर्दै शाहले पीडामा मलहम लगाउँदै पुनःस्थापनामार्फत सामान्य जनजीवनमा पुर्‍याउनु अबको बाटो भएको बताए ।

बाढी प्रभावितहरुलाई मानसिक र शारीरिक रुपमा सशक्त बनाउँदै पुनःस्थापना गर्न सरकार लाग्ने उनको भनाई छ। त्यसका लागि पुनःस्थापनाका आवश्यक आर्थिक स्रोत जुटाउने क्रम जारी रहेको उनले उल्लेख गरेका छन्।
यस्तै बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र पारिएको र अहिलेसम्म ११,३७९ जना मानिसहरुको उद्धार गरिएको उनले बताए। प्रधानमन्त्री शाहका अनुसार अझै ३,९२५ जना सम्पर्क विहिन छन्।

सम्पर्क विहिनको संख्या घटबढ भइरहेको र प्रभावित क्षेत्रबाट उद्धार गरेर विभिन्न अस्पतालमा भर्ना गरेका २७९ जना घाइते नागरिकहरुमध्ये १६८ जना डिस्चार्ज भइसकेको शाहको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प्रशासनका अनुसार हालसम्म नदीबाट १३ वटा अज्ञात शव फेला परेको छ । फेला परेको शवमध्ये ६ जना पुरुष र ७ जना महिला छन्। नदीमा फेला परेको शवमध्ये ६ वटा शव कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ भने शवगृहमा ...
। पतञ्जली नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको सहयोगार्थ २ करोड ११ लाख रुपैयाँ सरकारी राहत कोषमा उपलब्ध गराएको छ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पतञ्जलीले उक्त रकम उपलब्ध गराएको हो । पतञ्जलि नेपालको तर्फबाट डा. पवमान सुवेदी, युवराज सुवेदी र ओम बंसलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम प्रदान गरेका हुन् । गत १० भदौमा आएको ...
। भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत १ सय ९८ कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन छन् । १० भदौमा आएको बाढीका कारण त्रिशूली जलविद्युत कम्पनी लिमिटेडद्वारा निर्माणाधीन त्रिशुली-३ ‘बी’ आयोजना स्थलमा रहेका कर्मचारी, निर्माणमा संलग्न श्रमिक, परामर्शदाता, सुरक्षागार्ड तथा अन्य व्यक्तिसँग सम्पर्क हुन नसकेको हो । कम्पनीका अनुसार सम्पर्कविहीन २ सय ...
। सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ ६५ वर्षे उमेरहदबाट अवकाश भएका छन् । उपचारका क्रममा केही महिनादेखि बिदामा रहेका उनले आइतबारदेखि अवकाश लिएका हुन् । आइतबार बिहान फेसबुकमा एक सन्देश प्रकाशित गर्दै अवकाशप्राप्त न्यायाधीश श्रेष्ठले आफू पदबाट अवकाश भएपछि न्याय सेवामा सक्रिय रहने बताएका छन् । साउन, २०४४ मा न्यायसेवामा प्रवेश गरेका श्रेष्ठ चैत, २०७८ देखि सर्वोच्च ...
। रसुवास्थित गोसाईंकुण्ड नगरपालिका-३ की पेम्बा ल्हामु तामाङले बाढी गएको पाँच दिन बितिसक्दा पनि राहत पाएकी छैनन् । घरमा भएका खाने कुराहरू सकिन थालेपछि उनको बेचैनी त बढेको छ नै, भोकमरीले आफू नै नरहनेसम्मको पीरले दिनदिनै बिरामी पनि हुन थालेकी छिन् । भदौ १० गते भोटेकोशीमा भीषण बाढीले बस्ती नै ध्वस्त भएपछि उनी बसेको ठाउँमा नेपाली सेनाका ...