मुख्य समाचार
नेपालले बाढीपीडितको पहिचानका लागि सिंगापुरसँग सहयोग माग
नेपालले बाढीपीडितको पहिचानका लागि सिंगापुरसँग सहयोग माग

। नेपालले बाढीपीडितको पहिचानका लागि सिंगापुरसँग सहयोग मागेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित पहिचानका लागि प्राविधिक सहयोग मागेको जानकारी दिए ।

अमेरिकासँग डीएनए परीक्षण र चीन सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरणका पनि अनुरोध गरेको उनले जानकारी दिए ।

जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै प्राप्त हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

उनका अनुसार अहिलेसम्म भारत, चीन, फ्रान्स, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया लगायतका देश तथा अन्य साझेदारबाट उद्धार तथा राहतका सामग्री प्राप्त भएका छन्। संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन र युनिसेफबाट पनि थप सामग्री तथा सहयोग आउने क्रममा रहेको क्षेत्रीले बताए।

सहयोगमा उद्धार उपकरण, फ्रिजर, सौर्य बत्ती, परीक्षण किट, चेन, कम्बल, स्लीपिङ ब्याग, खाद्यान्न र औषधिलगायतका सामग्री छन्।

भारतबाट विशेष उद्धार टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ भने कोरियाली टोली पनि घटनास्थलमा खटिएको मन्त्रालयले जनाएको छ।

उनले विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणमा पनि नेपालले अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने अपेक्षा गरेको बताए ।

बाढीबाट भएको क्षतिको आधारमा घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधार पुनःस्थापनाका लागि आवश्यक स्रोत निर्धारण गरिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ ६५ वर्षे उमेरहदबाट अवकाश भएका छन् । उपचारका क्रममा केही महिनादेखि बिदामा रहेका उनले आइतबारदेखि अवकाश लिएका हुन् । आइतबार बिहान फेसबुकमा एक सन्देश प्रकाशित गर्दै अवकाशप्राप्त न्यायाधीश श्रेष्ठले आफू पदबाट अवकाश भएपछि न्याय सेवामा सक्रिय रहने बताएका छन् । साउन, २०४४ मा न्यायसेवामा प्रवेश गरेका श्रेष्ठ चैत, २०७८ देखि सर्वोच्च ...
। रसुवास्थित गोसाईंकुण्ड नगरपालिका-३ की पेम्बा ल्हामु तामाङले बाढी गएको पाँच दिन बितिसक्दा पनि राहत पाएकी छैनन् । घरमा भएका खाने कुराहरू सकिन थालेपछि उनको बेचैनी त बढेको छ नै, भोकमरीले आफू नै नरहनेसम्मको पीरले दिनदिनै बिरामी पनि हुन थालेकी छिन् । भदौ १० गते भोटेकोशीमा भीषण बाढीले बस्ती नै ध्वस्त भएपछि उनी बसेको ठाउँमा नेपाली सेनाका ...
। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित नागरिकका लागि सिरहा जिल्लाका विभिन्न स्थानबाट राहत सामग्री संकलन भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले स्वेच्छिक रूपमा राहत सामग्री संकलन नगर्न/नगराउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले सोमबार सूचना जारी गर्दै बाढीपीडितका लागि राहत सामग्री उपलब्ध गराउन इच्छुक व्यक्ति, संघ–संस्था वा समूहले आफूले उपलब्ध गराउन ...
। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालमा विपद्पछि पुनर्निर्माण गर्ने परम्परागत चक्रबाट बाहिर निस्केर विपद् सहन सक्ने गरी विकासको ढाँचा नै पुनर्लेखन गर्नुपर्ने बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गौतमल यस्तो बताएकी हुन् । उनले लेखेकी छन्, ‘अब विपद्पछि पुनर्निर्माण गर्ने चक्रबाट निस्केर, विपद् सहन सक्ने गरी ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको उद्धारको गतिमाथि प्रश्न उठाएका छन् । सोमबार एमाले उपत्यका कमिटीले उपलब्ध गराएको राहत रकम बुझ्दै ओलीले सरकारले अरूलाई उद्धार गर्न रोकिराखेको आरोप लगाएका हुन् । ‘अरूलाई निजी हेलिकप्टर पनि चलाउन दिएको छैन,’ ओलीले भने, ‘जान्नेहरू छन् त्यहाँ, उद्धार गर्न इच्छुकहरू छन् त्यहाँ । उद्धारका निम्ति तालिम लिएका मान्छे ...