मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलमा वैदेशिक रोजगार व्यवसायीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख सहयोग
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलमा वैदेशिक रोजगार व्यवसायीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख सहयोग

: देश प्राकृतिक विपत्तिको चपेटामा परिरहेका बेला नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलमा वैदेशिक रोजगार व्यवसायीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख सहयोग गरेका छन्।

संघको पहलमा संकलित उक्त रकम व्यवसायीहरूको प्रतिनिधिमण्डलले अर्थमन्त्रीलाई भेट गरी प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको हो। विपद्को कठिन घडीमा राज्यको राहत तथा उद्धार अभियानमा हातेमालो गर्ने उद्देश्यले व्यवसायीहरूले सामूहिक रूपमा सहयोग जुटाएका हुन्।

संघले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भनेको छ, ‘देशमा परेको यो महान् विपत्तिको समयमा पीडित नागरिकको साथमा उभिनु हामी सबैको साझा दायित्व हो। वैदेशिक रोजगार व्यवसायीहरू केवल व्यवसायिक क्षेत्रमा मात्र नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने पक्षमा पनि प्रतिबद्ध छन्। त्यसैले संघको पहलमा व्यवसायीहरूबाट रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेका हौँ।’

संघले विपत्तिबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न राहतसँगै दीर्घकालीन पुनःस्थापनामा समेत राज्य, निजी क्षेत्र, संघसंस्था र आम नागरिकबीच सहकार्य आवश्यक रहेको जनाएको छ। विपद्को समयमा वैदेशिक रोजगार व्यवसायीहरूले देखाएको यो सहयोगले उद्धार तथा राहत अभियानलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ। संघले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार प्रभावित नागरिकको सहयोगमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित नागरिकका लागि सिरहा जिल्लाका विभिन्न स्थानबाट राहत सामग्री संकलन भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले स्वेच्छिक रूपमा राहत सामग्री संकलन नगर्न/नगराउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले सोमबार सूचना जारी गर्दै बाढीपीडितका लागि राहत सामग्री उपलब्ध गराउन इच्छुक व्यक्ति, संघ–संस्था वा समूहले आफूले उपलब्ध गराउन ...
। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालमा विपद्पछि पुनर्निर्माण गर्ने परम्परागत चक्रबाट बाहिर निस्केर विपद् सहन सक्ने गरी विकासको ढाँचा नै पुनर्लेखन गर्नुपर्ने बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गौतमल यस्तो बताएकी हुन् । उनले लेखेकी छन्, ‘अब विपद्पछि पुनर्निर्माण गर्ने चक्रबाट निस्केर, विपद् सहन सक्ने गरी ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको उद्धारको गतिमाथि प्रश्न उठाएका छन् । सोमबार एमाले उपत्यका कमिटीले उपलब्ध गराएको राहत रकम बुझ्दै ओलीले सरकारले अरूलाई उद्धार गर्न रोकिराखेको आरोप लगाएका हुन् । ‘अरूलाई निजी हेलिकप्टर पनि चलाउन दिएको छैन,’ ओलीले भने, ‘जान्नेहरू छन् त्यहाँ, उद्धार गर्न इच्छुकहरू छन् त्यहाँ । उद्धारका निम्ति तालिम लिएका मान्छे ...
: सरकारले घोषणा गरेको ‘कानुन सुधार तथा कानुन निर्माण वर्ष’लाई कार्यान्वयन गर्न गठित उच्चस्तरीय समितिको तेस्रो बैठकले विपद् व्यवस्थापन, विपद् पूर्वतयारी तथा पुनर्निर्माणलाई केन्द्रमा राखेर विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गर्ने निर्णय गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको अध्यक्षतामा बसेको बैठकमा पछिल्ला विपद्का घटनाबाट देखिएका कानुनी तथा संस्थागत चुनौती, नेपालको भौगोलिक र वातावरणीय ...
। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई रसुवा बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गर्न आग्रह गरेको छ । कांग्रेस संसदीय दलले सरकारलाई बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गर्न आग्रह हो । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बसेको बैठकमा दलका नेता भीष्मराज आङदेम्बेले बाढी प्रभावित ...