मुख्य समाचार
लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा
लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा

: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्।

मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको बताएका छन्। ‘मैले सधैं अर्जेन्टिनाको जर्सीका लागि आफ्नो सबै कुरा दिएको छु। पछिल्ला केही वर्षमा सबै कुरा जितेका बेला मात्र होइन, सुरुदेखि नै मैले टिमका लागि संघर्ष गरेको छु,’ मेसीले भनेका छन्।

उनले राष्ट्रिय टिमबाट खेल्दा अर्जेन्टिनी समर्थकलाई खुसी बनाउन र उनीहरूलाई आफ्नो देशप्रति गर्व गर्ने अवसर दिन आफूले सक्दो प्रयास गरेको बताएका छन्। ‘अब धेरै बाँकी छैन र केही अध्यायहरू बन्द हुँदैछन्। यो अध्यायले मलाई धेरै पीडा दिएको छ,’ मेसीले लेखेका छन्, ‘मैले राष्ट्रिय टिममा रहन धेरै माया गरेँ र सधैं गरिरहनेछु। मैले आफूभित्रको सबै कुरा दिएको छु। अब मसँग दिनका लागि केही बाँकी छैन।’
मेसीले अर्जेन्टिनाको राष्ट्रिय टिममा नयाँ पुस्ताका प्रतिभाशाली खेलाडीहरू आइरहेको उल्लेख गर्दै उनीहरूले अब टिममा स्थान पाउनुपर्ने बताएका छन्। उनले राष्ट्रिय टिमसँग बिताएका २० वर्षका लागि समर्थकप्रति आभार व्यक्त गरेका छन्। साथै परिवार, प्रशिक्षक, सहकर्मी खेलाडी तथा टिमका पदाधिकारीहरूलाई पनि धन्यवाद दिएका छन्।

‘मैले अविस्मरणीय सम्झना र क्षणहरू बोकेर जाँदैछु। मेरा सहकर्मीहरूसँग मिलेर अर्जेन्टिनालाई सपना जस्तै क्षणहरू दिन सकेकोमा शान्ति र गर्वका साथ विदा हुँदैछु,’ मेसीले भनेका छन्। उनले आफू अब राष्ट्रिय टिमको मैदानभित्र नभए पनि बाहिरबाट अर्जेन्टिनालाई सधैं समर्थन गरिरहने बताएका छन्।

मेसीले आफूलाई अर्जेन्टिनी बनाइदिएकोमा भगवानलाई धन्यवाद दिँदै अन्त्यमा लेखेका छन्, ‘गो अर्जेन्टिना!’ मेसीले आफ्नो उक्त वक्तव्य जुलाई २१ मा, फाइनल भएको दुई दिनपछि लेखेको र अहिले आफ्ना बुबासँग भएको घटनापछि आफू आफ्नो निर्णयमा झनै विश्वस्त भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम