मुख्य समाचार
बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ
बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

। बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न सुरु गर्ने उमेर केही ढिला गराउँदा उनीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ।

अस्ट्रेलियाको न्यु साउथ वेल्स विश्वविद्यालयले गरेको अध्ययनअनुसार कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्न सुरु गर्ने किशोरकिशोरीमा चिन्ता र अवसादका लक्षण बढी देखिने गरेका छन्। यद्यपि, सामाजिक सञ्जालको खाता मात्र हुनु र मानसिक स्वास्थ्यसम्बन्धी समस्याबीचको सम्बन्ध तुलनात्मक रूपमा कमजोर रहेको पाइएको छ।




अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने व्यवस्था लागू हुनुअघि गरिएको उक्त अध्ययनमा १० देखि १५ वर्ष उमेर समूहका किशोरकिशोरी र उनीहरूका एक–एक जना अभिभावक सहभागी थिए।

अध्ययनमा सहभागीमध्ये करिब ७० प्रतिशतले आफूले सामाजिक सञ्जाल प्रयोग गरिसकेको बताएका थिए भने झन्डै आधासँग सामाजिक सञ्जालको खाता रहेको थियो। उनीहरूले औसतमा ११ वर्षको उमेरमा पहिलोपटक सामाजिक सञ्जाल प्रयोग गर्न थालेको पाइएको थियो।



अध्ययनकी प्रमुख अनुसन्धानकर्ता तथा न्यु साउथ वेल्स विश्वविद्यालयकी सहप्राध्यापक सुजेन स्वाइजरले बालबालिकाको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालको खाता हुनु मात्रभन्दा उनीहरूले पहिलोपटक सामाजिक सञ्जाल प्रयोग गर्न थालेको उमेर बढी महत्वपूर्ण देखिएको बताए। उनका अनुसार अध्ययनको यो निष्कर्ष केही हदसम्म अपेक्षाभन्दा फरक रहेको थियो।

अध्ययनमा सहभागी १० देखि १५ वर्ष उमेर समूहका करिब एक चौथाइ बालबालिकाले प्रतिबन्ध लागू भएपछि सामाजिक सञ्जाल प्रयोग गर्न पूर्ण रूपमा बन्द गर्ने योजना बनाएको बताएका थिए। त्यस्तै, ३४ प्रतिशतले खाता नखोली सामाजिक सञ्जाल प्रयोग गर्ने र ३५ प्रतिशतले प्रतिबन्धलाई छल्दै आफ्नो खाता प्रयोगलाई निरन्तरता दिने उपाय खोज्ने बताएका थिए।

अनुसन्धानकर्ताहरूका अनुसार बालबालिकालाई सामाजिक सञ्जालमा प्रवेश गर्न केही समय ढिलाइ गराउनु मानसिक स्वास्थ्य संरक्षणका लागि उपयोगी नीतिगत उपाय हुन सक्छ। यससँगै बालबालिकालाई सुरक्षित तथा स्वस्थ डिजिटल बानी विकास गर्न आवश्यक शिक्षा र मार्गदर्शन प्रदान गर्नु पनि उत्तिकै महत्वपूर्ण हुने अध्ययनले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: देश प्राकृतिक विपत्तिको चपेटामा परिरहेका बेला नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलमा वैदेशिक रोजगार व्यवसायीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख सहयोग गरेका छन्। संघको पहलमा संकलित उक्त रकम व्यवसायीहरूको प्रतिनिधिमण्डलले अर्थमन्त्रीलाई भेट गरी प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको हो। विपद्को कठिन घडीमा राज्यको राहत तथा उद्धार अभियानमा हातेमालो गर्ने उद्देश्यले व्यवसायीहरूले ...
। कीर्तिपुर नगरपालिका–७ भाजंगलमा बाटो हिँड्दै गरेकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बझाङ घर भएका २२ वर्षीय सत्यराज खत्री, कन्चनपुर घर भएका २२ वर्षीय ललित दमाई र अशोक भण्डारी छन् । उनीहरुलाई प्रहरी र्वत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूले १२ भदौको राति ८ बजेतिर बाटो हिँड्दै ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपीडितका लागि एमालेले कम्तीमा एक करोड २० लाख उठाएर दिने बताएका छन् । सोमबार एमाले राजधानी प्रदेश कमिटीबाट उपलब्ध राहत बुझ्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘राजधानी र बागमती प्रदेशले १०/१० लाख गरी २० लाख रुपैयाँ बुझाउनुभएको छ । सबै गरेर एक करोड २० लाख संकलन गर्छौं,’ अध्यक्ष ...
। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण धेरै ठूलो जनधनको क्षति गरेको छ। सडकसँगै, मोटरेबल पुल, झोलुंगे पुल, गोरेटोबाटो सबै बगरमा परिणत भएका छन्। मानिसहरू आउजाउ गर्न समस्या भएपछि सरकारले विस्थापन गरेको तुइनलाई फेरि जडान गर्न थालिएको छ। नुवाकोटको बट्टारमा अहिले तुइन जडानको काम भइरहेको छ। स्थानीय दुर्गाराज पाठकले तुइन सबैभन्दा आवश्यक पूर्वाधार भएको ...
: रसुवाको टिमुरेमा बाढीको प्रत्यक्ष अवलोकन तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन 'रियल-टाइम' सीसी क्यामेरा जडान गरिएको छ। आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभागका अधिकारी एवं विज्ञहरूसँग रसुवा-नुवाकोट लगायतका प्रभावित क्षेत्रमा मौसम तथा बाढीको सम्भावित जोखिमबारे छलफल गरेका थिए। सो छलफलमा नदीको अवस्था निरन्तर निगरानी गर्ने, पूर्वसूचना प्रणालीलाई थप ...