मुख्य समाचार
चीनसँग जोडिएका नेपालका दुई प्रमुख व्यापारिक स्थलमार्ग रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द
चीनसँग जोडिएका नेपालका दुई प्रमुख व्यापारिक स्थलमार्ग रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द

: भोटेकोशी करिडोरमा आएको भीषण बाढी–पहिरोका कारण चीनसँग जोडिएका नेपालका दुई प्रमुख व्यापारिक स्थलमार्ग रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द भएका छन्।

गत बुधबार आएको बाढीले रसुवागढी नाकासँगै राजमार्ग बगाएपछि चीनसँगको मुख्य व्यापारिक सम्पर्क टुटेको छ। प्राकृतिक विपत्तिमा परी १ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करिब ४ हजार बढी बेपत्ता छन्।

रसुवागढी बन्द भएपछि व्यापारीहरूले वैकल्पिक रूपमा तातोपानी नाकाबाट सामान आयात गर्न पहल गरिरहेका बेला चिनियाँ पक्षले इमेल पठाएर तातोपानी नाका पनि अनिश्चितकालका लागि बन्द गरिएको जानकारी गराएको छ। तातोपानीका प्रमुख भन्सार अधिकृत दीपेन्द्र प्रकाश गिरिले भने, ‘नाका बन्द गर्ने जानकारी हामीलाई इमेलमार्फत आएको छ।’

चिनियाँ पक्षले नाका किन बन्द गरेको र कहिलेसम्म बन्द गर्ने भन्ने केही खुलाएको छैन। अर्को सूचना नआएसम्म नाका बन्द गर्ने जानकारी दिएको गिरीले बताए। अब व्यवसायीले चीनबाट आयात गर्न अब कोरला नाका प्रयोग गर्नुको विकल्प छैन। नाकाहरू ठप्प हुँदा चाडपर्वका लागि अर्डर गरिएका लत्ताकपडा, विद्युतीय सामग्री र सवारीसाधन सीमापारि नै रोकिएका छन्।

रसुवा नाकाबाट मात्रै बीवाईडीका करिब १ हजार विद्युतीय सवारी तथा स्पेयर पाट्र्स बोकेका कन्टेनर बाढीमा बगेका छन्।

यता कोरला नाकामा पर्याप्त भन्सार पूर्वाधार र सडक पहुँच नभएकाले व्यापार सहज हुने देखिँदैन। भोटेकोशी बाढीका कारण पुगेको भौतिक क्षति र पुनर्निर्माणका लागि पौने ८ खर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कीर्तिपुर नगरपालिका–७ भाजंगलमा बाटो हिँड्दै गरेकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बझाङ घर भएका २२ वर्षीय सत्यराज खत्री, कन्चनपुर घर भएका २२ वर्षीय ललित दमाई र अशोक भण्डारी छन् । उनीहरुलाई प्रहरी र्वत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूले १२ भदौको राति ८ बजेतिर बाटो हिँड्दै ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपीडितका लागि एमालेले कम्तीमा एक करोड २० लाख उठाएर दिने बताएका छन् । सोमबार एमाले राजधानी प्रदेश कमिटीबाट उपलब्ध राहत बुझ्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘राजधानी र बागमती प्रदेशले १०/१० लाख गरी २० लाख रुपैयाँ बुझाउनुभएको छ । सबै गरेर एक करोड २० लाख संकलन गर्छौं,’ अध्यक्ष ...
। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण धेरै ठूलो जनधनको क्षति गरेको छ। सडकसँगै, मोटरेबल पुल, झोलुंगे पुल, गोरेटोबाटो सबै बगरमा परिणत भएका छन्। मानिसहरू आउजाउ गर्न समस्या भएपछि सरकारले विस्थापन गरेको तुइनलाई फेरि जडान गर्न थालिएको छ। नुवाकोटको बट्टारमा अहिले तुइन जडानको काम भइरहेको छ। स्थानीय दुर्गाराज पाठकले तुइन सबैभन्दा आवश्यक पूर्वाधार भएको ...
: रसुवाको टिमुरेमा बाढीको प्रत्यक्ष अवलोकन तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन 'रियल-टाइम' सीसी क्यामेरा जडान गरिएको छ। आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभागका अधिकारी एवं विज्ञहरूसँग रसुवा-नुवाकोट लगायतका प्रभावित क्षेत्रमा मौसम तथा बाढीको सम्भावित जोखिमबारे छलफल गरेका थिए। सो छलफलमा नदीको अवस्था निरन्तर निगरानी गर्ने, पूर्वसूचना प्रणालीलाई थप ...
: नेकपा (एमाले)ले भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई १ करोड २० लाख सहयोग गर्ने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रेस वक्तव्य जारी गर्दै तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यलाई तीब्रता दिन एमालेले १ करोड २० लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिए। राहत वितरण प्रभावकारी र छिटो ...