मुख्य समाचार
गोरखाको चौरीखर्कमा ठूलो पहिरो
गोरखाको चौरीखर्कमा ठूलो पहिरो

: उत्तरी गोरखाको छेकम्पारस्थित चौरीखर्कमा सोमबार बिहान करिब १० बजेतिर ठूलो पहिरो खसेको छ । चुमनुब्री- ७ स्थित बूढीगण्डकी नदीको सहायक खोला स्यारखोलामा ठूला ढुंगा र जंगलका रुखहरुसहित पहिरो खसेको वडाअध्यक्ष टासी दोर्जे लामाले जानकारी दिए ।

करिब तीनसय मिटर माथिदेखि स्यारखोलासम्म पहिरो खसेको उनले बताए । पहिरोले केहीबेर खोला थुनिए पनि पछि खुल्ला भएको उनले बताए । अहिले सो पहिरोका कारण कुनै जोखिम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निरन्तर पानी परिरहेको र पहिरो जाने क्रम पनि नरोकिएकाले सो खोला र बूढीगण्डकी किनारमा बसोबास गर्ने स्थानीयबासी सचेत रहनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

‘माथिबाट झरेको पहिरो सबै खोलामा झरिसकेको छैन । ठूलो भाग पहिरो बीचमा अड्किएर बसेको छ । बिस्तारै बिस्तारै खस्दै पनि छ । त्यसैले यो पहिरो झरेर खोला थुन्यो भने यसभन्दा तलका बस्तीहरु जोखिम हुनसक्छ’,सप्रजिअ पौडेलले भने,‘त्यसैले अहिलेका लागि पहिरो टरे पनि स्यार खोला र बूढीगण्डकी किनारका बस्तीका बासिन्दा सचेत हुनु अनिवार्य छ ।’

पहिरो सबै खोलामा नझरिसकेकाले जोखिम कायमै रहेको पहिरोको अवलोकन गरेर फर्केका मनास्लु संरक्षण क्षेत्र आयोजनाका कर्मचारी सुवास नेपालले बताए । ‘पहिरोले खोलामा झारेका ठूला–ठूला रुख खोलाको वारिपारि तेस्र्याएर राखेको छ ।

ठूला–ठूला ढुंगा पनि खोलामा खसालेको छ’, उनले भने, ‘ठूलो पानी पनि परिरहेको छ । त्यसैले ढुक्क भएर बस्ने अवस्था छैन ।’समुद्री सतहबाट करिब तीनहजार मिटर अग्लो ठाउँबाट करिब २७०० मिटर उचाइसम्म पहिरो झरेको उनले बताए । सो खोला थुनिएर ठूलो बाढी आएमा रेन्जमको बस्ती, घट्टेखोला, सिर्दिबास, सल्लेरी, जगत लगायतका गाउँबस्ती जोखिममा पर्न सक्ने वडाअध्यक्ष टासी दोर्जे लामाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो। उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई ...
: सडकमा हिँडेका महिलाहरूलाई दुर्व्यवहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुकी करिब ७:३० बजे कीर्तिपुर- ७ भाजङ्गल क्षेत्रमा सुपप्र ००४ प ८७८ नम्बरको मोटरसाइकलमा सवार ३ जनाले बाटोमा हिँडिरहेका महिलाहरूलाई पछ्याउँदै जिस्काएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। उनका अनुसार प्रहरी टोलीले खोजतलास गर्ने ...
: नेपाली कांग्रेसले छिटोभन्दा छिटो संसदको बैठक आह्वान गर्न सभामुखसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले विपद्का बेला भइरहेका सरकारी तथा गैरसरकारी कामकारबाहीबारे आम जनतालाई स्पष्ट जानकारी दिन सदन तत्काल सञ्चालन हुनुपर्ने निष्कर्ष निकाल्दै सदन सूचारु गर्न सभामुखसँग छलफल गर्ने निर्णय गरिएको प्रमुख सचेतक बासना थापाले जानकारी ...
: भारतका रक्षामन्त्री राजनाथ सिंह नयाँ दिल्लीस्थित नेपाली राजदूतावास पुगेका छन्। भोटेकोशीको बाढीले नेपालमा ठूलो जनधनको क्षति गरेपछि समवेदना प्रकट गर्न उनी नेपाली दूतावास पुगेका हुन्। दूतावास पुगेर सिंहले शोक पुस्तिकामा हस्ताक्षर गर्दै भारत सरकार र भारतीय जनताको तर्फबाट बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले २६ अगस्ट २०२६ मा आएको ...
: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा व्यवस्थापनका लागि नेपाली सेनाले व्यापक रूपमा फौज परिचालन गरेको छ। रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनसम्म सेनाले खोजीकार्यलाई तीव्रता दिएको छ। बाढीमा ज्यान गुमाएका नागरिकहरुको शव चितवनका नदी तटीय क्षेत्रमा समेत फेला पर्न थालेपछि ड्रोन र रबरबोटलगायतका उद्धार सामग्रीसहित ४३६ जनाको संयुक्त फौज परिचालन ...