मुख्य समाचार
परराष्ट्र मन्त्रालयले पुनःस्थापना र पुनर्निर्माणका लागि विस्तृत आवश्यकता मूल्याङ्कनपछि ठूलो अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पर्ने जनाए
परराष्ट्र मन्त्रालयले पुनःस्थापना र पुनर्निर्माणका लागि विस्तृत आवश्यकता मूल्याङ्कनपछि ठूलो अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पर्ने जनाए

: परराष्ट्र मन्त्रालयले पुनःस्थापना र पुनर्निर्माणका लागि विस्तृत आवश्यकता मूल्याङ्कनपछि ठूलो अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पर्ने जनाएको छ । सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले तत्कालिन अवस्थाको उद्धार तथा राहतका लागि आवश्यक विशिष्टीकृत अन्तर्राष्ट्रिय सहयोग र दीर्घकालीन चरणमा पुनःस्थापना र पुनर्निर्माणका लागि ठूलो अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पर्ने बताए।

उनले परराष्ट्र मन्त्रालयमा ’इमर्जेन्सी कन्ट्रोल रुम’ मार्फत हराइरहेका विदेशी नागरिक र तिनका परिवारसँग समन्वय तथा सहजीकरणको काम भइरहेको जानकारी दिए । तिब्बततर्फ रहेका नेपाली नागरिकहरूलाई हिल्सालगायतका नाकाबाट सुरक्षित रूपमा स्वदेश फर्काउन चिनियाँ पक्षले सहजीकरण गरेको उनले जानकारी दिए।

उनले हिमाली भेगका साँघुरा,गहिरा र भिरालो खोंचहरूका कारण उद्धार तथा राहत कार्य अत्यन्तै चुनौतीपूर्ण र जोखिमपूर्ण रहेको उल्लेख गरे। मन्त्रालयका अनुसार ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन रहेका छन् । प्रवक्ता पौडेलले पानीमा धेरै समय रहेर सडिसकेका र पहिचान हुन नसकेका शवहरूलाई अस्थायी रूपमा गाडिएको स्पष्ट पारे ।

भविष्यमा परिवारले पहिचान गर्न र संस्कार गर्न सकून् भन्नाका लागि प्रत्येक शवको डीएनए नमुना संकलन गरी अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार सुरक्षित राखिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो। उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई ...
: सडकमा हिँडेका महिलाहरूलाई दुर्व्यवहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुकी करिब ७:३० बजे कीर्तिपुर- ७ भाजङ्गल क्षेत्रमा सुपप्र ००४ प ८७८ नम्बरको मोटरसाइकलमा सवार ३ जनाले बाटोमा हिँडिरहेका महिलाहरूलाई पछ्याउँदै जिस्काएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। उनका अनुसार प्रहरी टोलीले खोजतलास गर्ने ...
: नेपाली कांग्रेसले छिटोभन्दा छिटो संसदको बैठक आह्वान गर्न सभामुखसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले विपद्का बेला भइरहेका सरकारी तथा गैरसरकारी कामकारबाहीबारे आम जनतालाई स्पष्ट जानकारी दिन सदन तत्काल सञ्चालन हुनुपर्ने निष्कर्ष निकाल्दै सदन सूचारु गर्न सभामुखसँग छलफल गर्ने निर्णय गरिएको प्रमुख सचेतक बासना थापाले जानकारी ...
: भारतका रक्षामन्त्री राजनाथ सिंह नयाँ दिल्लीस्थित नेपाली राजदूतावास पुगेका छन्। भोटेकोशीको बाढीले नेपालमा ठूलो जनधनको क्षति गरेपछि समवेदना प्रकट गर्न उनी नेपाली दूतावास पुगेका हुन्। दूतावास पुगेर सिंहले शोक पुस्तिकामा हस्ताक्षर गर्दै भारत सरकार र भारतीय जनताको तर्फबाट बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले २६ अगस्ट २०२६ मा आएको ...
: उत्तरी गोरखाको छेकम्पारस्थित चौरीखर्कमा सोमबार बिहान करिब १० बजेतिर ठूलो पहिरो खसेको छ । चुमनुब्री- ७ स्थित बूढीगण्डकी नदीको सहायक खोला स्यारखोलामा ठूला ढुंगा र जंगलका रुखहरुसहित पहिरो खसेको वडाअध्यक्ष टासी दोर्जे लामाले जानकारी दिए । करिब तीनसय मिटर माथिदेखि स्यारखोलासम्म पहिरो खसेको उनले बताए । पहिरोले केहीबेर खोला थुनिए पनि पछि खुल्ला भएको उनले ...