मुख्य समाचार
राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता

: राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। सोमबार शीतल निवासमा उनीहरूबीच छलफल भएको हो।

भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढी र त्यसबाट भएको क्षतिसँगै उद्धार र राहतका लागि भइरहेका गतिविधिबारे रास्वपा सभापति लामिछानेले राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेका थिए।

त्यसअघि सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका थिए। भेटमा बाढी प्रभावित क्षेत्रका विषयमा छलफल भएको थियो। सोही विषयलाई सभापति लामिछानेले राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेको रास्वपा सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो। उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई ...
: सडकमा हिँडेका महिलाहरूलाई दुर्व्यवहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुकी करिब ७:३० बजे कीर्तिपुर- ७ भाजङ्गल क्षेत्रमा सुपप्र ००४ प ८७८ नम्बरको मोटरसाइकलमा सवार ३ जनाले बाटोमा हिँडिरहेका महिलाहरूलाई पछ्याउँदै जिस्काएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। उनका अनुसार प्रहरी टोलीले खोजतलास गर्ने ...
: नेपाली कांग्रेसले छिटोभन्दा छिटो संसदको बैठक आह्वान गर्न सभामुखसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले विपद्का बेला भइरहेका सरकारी तथा गैरसरकारी कामकारबाहीबारे आम जनतालाई स्पष्ट जानकारी दिन सदन तत्काल सञ्चालन हुनुपर्ने निष्कर्ष निकाल्दै सदन सूचारु गर्न सभामुखसँग छलफल गर्ने निर्णय गरिएको प्रमुख सचेतक बासना थापाले जानकारी ...
: भारतका रक्षामन्त्री राजनाथ सिंह नयाँ दिल्लीस्थित नेपाली राजदूतावास पुगेका छन्। भोटेकोशीको बाढीले नेपालमा ठूलो जनधनको क्षति गरेपछि समवेदना प्रकट गर्न उनी नेपाली दूतावास पुगेका हुन्। दूतावास पुगेर सिंहले शोक पुस्तिकामा हस्ताक्षर गर्दै भारत सरकार र भारतीय जनताको तर्फबाट बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले २६ अगस्ट २०२६ मा आएको ...
: उत्तरी गोरखाको छेकम्पारस्थित चौरीखर्कमा सोमबार बिहान करिब १० बजेतिर ठूलो पहिरो खसेको छ । चुमनुब्री- ७ स्थित बूढीगण्डकी नदीको सहायक खोला स्यारखोलामा ठूला ढुंगा र जंगलका रुखहरुसहित पहिरो खसेको वडाअध्यक्ष टासी दोर्जे लामाले जानकारी दिए । करिब तीनसय मिटर माथिदेखि स्यारखोलासम्म पहिरो खसेको उनले बताए । पहिरोले केहीबेर खोला थुनिए पनि पछि खुल्ला भएको उनले ...