मुख्य समाचार
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राहत तथा उद्धार कोषमा जम्मा भएको रकमलाई तत्काल बाढी प्रभावित पालिकाहरुमा पठाउने व्यवस्था गर्न निर्देशन
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राहत तथा उद्धार कोषमा जम्मा भएको रकमलाई तत्काल बाढी प्रभावित पालिकाहरुमा पठाउने व्यवस्था गर्न निर्देशन

: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राहत तथा उद्धार कोषमा जम्मा भएको रकमलाई तत्काल बाढी प्रभावित पालिकाहरुमा पठाउने व्यवस्था गर्न निर्देशन दिएका छन्।

विनाशकारी बाढीपछिको पुनर्निर्माण, आधारभूत आवश्यकताको आपूर्तिलगायतका विषयमा सोमबार अर्थ मन्त्रालयमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममा मन्त्री वाग्लेले राहत तथा उद्धार कोषमा जम्मा भएको रकमलाई अनावश्यक प्रशासनिक प्रक्रियामा अल्झाएर समय खेर नफाली तत्काल पालिकाहरूमा पठाउन निर्देशन दिएका हुन्।

उनले कुल १६ वटा प्रभावित पालिकामध्ये ४ वटालाई अति आवश्यकको प्राथमिकतामा राखेर तत्काल बजेट पठाउन मुख्य सचिवलाई निर्देशन दिए। जनताले विश्वास गरेर सरकारको कोषमा पठाएको रकमको पूर्ण सदुपयोग हुनुपर्ने उनको भनाई छ। उनले पुनर्निर्माणका लागि २०७२ सालको जस्तै छुट्टै पुनर्निर्माण प्राधिकरण गठन गर्ने वा हाल रहेका निकायहरूबीच कार्यविभाजन गर्ने विषयमा छलफल गरी टुङ्गो लगाउने बताए।
कानुन मन्त्रालयसँग समन्वय गरी विद्यमान कानुनमा संशोधन वा नयाँ ऐनको आवश्यकता भए सोही अनुसार खाका तयार गरिने अर्थमन्त्री वाग्लेको भनाई छ। त्यस्तै उनले ’विपद्पछिको आवश्यकता मूल्याङ्कन’ का आधारमा योजनाहरू सम्बोधन गरिने र जनताका वास्तविक आवश्यकतालाई तत्काल सम्बोधन गर्न सरकार लचिलो रहने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो। उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई ...
: सडकमा हिँडेका महिलाहरूलाई दुर्व्यवहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुकी करिब ७:३० बजे कीर्तिपुर- ७ भाजङ्गल क्षेत्रमा सुपप्र ००४ प ८७८ नम्बरको मोटरसाइकलमा सवार ३ जनाले बाटोमा हिँडिरहेका महिलाहरूलाई पछ्याउँदै जिस्काएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। उनका अनुसार प्रहरी टोलीले खोजतलास गर्ने ...
: नेपाली कांग्रेसले छिटोभन्दा छिटो संसदको बैठक आह्वान गर्न सभामुखसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले विपद्का बेला भइरहेका सरकारी तथा गैरसरकारी कामकारबाहीबारे आम जनतालाई स्पष्ट जानकारी दिन सदन तत्काल सञ्चालन हुनुपर्ने निष्कर्ष निकाल्दै सदन सूचारु गर्न सभामुखसँग छलफल गर्ने निर्णय गरिएको प्रमुख सचेतक बासना थापाले जानकारी ...
: भारतका रक्षामन्त्री राजनाथ सिंह नयाँ दिल्लीस्थित नेपाली राजदूतावास पुगेका छन्। भोटेकोशीको बाढीले नेपालमा ठूलो जनधनको क्षति गरेपछि समवेदना प्रकट गर्न उनी नेपाली दूतावास पुगेका हुन्। दूतावास पुगेर सिंहले शोक पुस्तिकामा हस्ताक्षर गर्दै भारत सरकार र भारतीय जनताको तर्फबाट बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले २६ अगस्ट २०२६ मा आएको ...
: उत्तरी गोरखाको छेकम्पारस्थित चौरीखर्कमा सोमबार बिहान करिब १० बजेतिर ठूलो पहिरो खसेको छ । चुमनुब्री- ७ स्थित बूढीगण्डकी नदीको सहायक खोला स्यारखोलामा ठूला ढुंगा र जंगलका रुखहरुसहित पहिरो खसेको वडाअध्यक्ष टासी दोर्जे लामाले जानकारी दिए । करिब तीनसय मिटर माथिदेखि स्यारखोलासम्म पहिरो खसेको उनले बताए । पहिरोले केहीबेर खोला थुनिए पनि पछि खुल्ला भएको उनले ...