मुख्य समाचार
रसुवा बाढीमा परी नवलपरासीको नारायणी नदी (गण्डक क्षेत्र)मा फेला परेका शवको व्यवस्थापन
रसुवा बाढीमा परी नवलपरासीको नारायणी नदी (गण्डक क्षेत्र)मा फेला परेका शवको व्यवस्थापन

: रसुवा बाढीमा परी नवलपरासीको नारायणी नदी (गण्डक क्षेत्र)मा फेला परेका शवको व्यवस्थापन गर्न थालिएको छ। सोमबार दिउँसोसम्म ४५ वटा शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मदन थापाले जानकारी दिए।

शव व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्वास्थ्यकर्मीहरु खटिएका छन्। गण्डक क्षेत्रमा फेला परेका शवहरु राख्ने ठाउँ अभाव भएपछि पृथ्वीचन्द्र अस्पताल परासी, बुटवल, भैरहवा र कपिलवस्तु अस्पतालमा पठाइएको छ। त्यहाँ पठाइएका सबै शवको नवलपरासीको सुनवल नगरपालिका–४ अलकत्रा डाँडामा व्यवस्थापन भइरहेको छ।

व्यवस्थापन गरिएका ४५ शवमध्ये पृथ्वीचन्द्र अस्पताल परासीमा रहेका २० र बुटवल प्रादेशीक अस्पतालमा रहेका २५ शवको व्यवस्थापन गरिएको डिएसपी थापाले बताए । अहिले पृथ्वीचन्द्र अस्पतालमा मात्र ७० बढी शव रहेका छन् । ती सबैको डिएनए परीक्षण गरी व्यवस्थापनका लागि पठाइँदै गरिएको छ । नम्बरका आधारमा अभिलेख खोजी गर्न सकिने भएकाले आफन्तले पछि पनि शव आफन्तको हो वा होइन भन्ने पहिचान गर्न सक्ने प्रहरीले जनाएको छ।

पृथ्वीचन्द अस्पतालका दुई बुटवल एक गरी तीन जना फरेन्सी चिकित्सकबाट डिएनए परीक्षण भइरहेको पृथ्वीचन्द्र अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट डाक्टर बृज यादवले जानकारी दिए । सोमबारसम्म गण्डक क्षेत्रमा फेला परेका शवको संख्या १ सय ५५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जाजरकोटमा बिरामीको संख्या बढिरहेको छ । तर, अस्पतालमा लामो समयदेखि पर्याप्त चिकित्सक नहुँदा उपचारमा समस्या देखिएको छ । जाजरकोट अस्पतालमा लामो समयदेखि चिकित्सक नभएपछि चिकित्सको व्यवस्था गरिदिन मुख्यमन्त्री मंगलबहादुर शाहीलाई आग्रह गरिएको छ । अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत रहेकी कार्यदलको सदस्य धर्मशिला बस्नेतले मुख्यमन्त्री शाहीलाई तत्काल चिकित्सक पठाइदिन आग्रह गरिएको जानकारी दिइन् । ५० शैय्याको ...
। मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ । उनी रजिष्ट्रार तारादत्त बडुकी श्रीमती हुन् । उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा अवरोध सिर्जना गरे आफ्नो सहयोगी राष्ट्र ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका छन्। फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले वार्तामा अवरोध सिर्जना गरे ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका हुन्। विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग (जलडमरूमध्य) पुनः सञ्चालन गर्न अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै ...
। वीर अस्पतालको निर्देशकमा डा.विकास नेपाल नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा.नेपाललाई वीरको निर्देशकमा नियुक्त दिएकी हुन् । ११औँ तहका डा.नेपाल ग्यास्ट्रो सर्जन हुन् । त्यसै गरी सहायक निर्देशकमा डा.अपार लामिछाने र अनिता विसी नियुक्त भएका छन् । यस भन्दा अगाडि सरकारले रुपमा डा.प्रभा ...
। जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् । सङ्क्रमितमा मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जना छन् । स्वास्थ्य कार्यालय ...