मुख्य समाचार
नुवाकोटको मथिल्लो त्रिशूली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र
नुवाकोटको मथिल्लो त्रिशूली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र

: रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिशूली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।

नेपाल सरकारको अनुमतिमा यही भदौ १३ गते चिनियाँ उद्धार टोली आफै निजी हेलिकोप्टर लिएर नुवाकोटको त्रिशूली पुगेको थियो। उक्त टोली नेपाली सेनासँग समन्वय गरी माथिल्लो त्रिशुली थ्री बी को सुरुङ क्षेत्र पुगेको हो।

लगत्तै यो टोलीले माथिल्लो त्रिशूली थ्री बीको सुरुङ क्षेत्रमा रेकी गरेको थियो। चिनियाँ उद्धार टोलीले सोही दिन रसुवाको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनामा पनि रेकी गरेको थियो। त्यसपछि दुवै जलविद्युत आयोजनाको रेकीपश्चात उक्त टोलीले नेपाली सेनालाई बस्तुस्थितिबारे जानकारी गराएको थियो।
भदौ १४ गते भने सो चिनियाँ टोली रसुवाको माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रीत भएको थियो। यता सोही दिन त्रिशूली थ्री बी मा भने नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीद्धारा खोज तथा उद्धारको प्रयास सुरू भएको थियो।

आज बिहान ९ बजेतिर नेपाली सेनाको भैरवनाथ गणका १६ जना थपिएर सुरुङ क्षेत्रमा खन्ने काम भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यस आयोजनाको सुरुङमा मानिसहरू फसेको आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोरङमा १० वर्षअघि भएको सामूहिक बलात्कार (जबरजस्ती करणी) घटनामा सर्वोच्च अदालतले दोषी ठहर गरेका चारमध्ये एक जना अभियुक्त पक्राउ परेका छन् भने दुई जनाले अदालतमा आत्मसमर्पण गरेका छन्। एक जना भने अझै फरार छन् । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार कटहरी गाउँपालिका–६ का ३० वर्षीय अजय पासवानलाई विराटनगर महानगरपालिका–७ स्थित सहिद रंगशाला नजिकबाट ...
। धादिङ जिल्लाको कृष्णभिरमा सडक अवरुद्ध भएसँगै राजधानी काठमाडौंको मुख्य लाइफलाइन पुनः अवरुद्ध बनेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट बाहिरिने र भित्रिने सवारी साधनका कारण अहिले सो जिल्ला हुँदै सवारी आवागमन चाप बढेको छ । सोही कारण कार्यालयले अत्यावश्यक कामविना काठमाडौंतर्फको यात्रा नगर्न सचेत गराएको छ । कार्यालयले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ ...
। रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केहीबेर अघि यो तथ्यांक सार्वजनिक गरेको हो । यो आज बिहान ९ बजेसम्मको तथ्यांक रहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार अहिलेसम्म ४२२७ जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । १० हजार ४५१ ...
। कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरूले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि २ लाख २५ हजार सहयोग गरेका छन्। सांसदहरूबाट सहयोगस्वरूप प्राप्त उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरूले रकम संकलन गरी ...
। मेला भर्न गएका बेला खोटाङका एक शिक्षकको कुटपिटबाट ज्यान गएको छ । केपिलासगढी गाउँपालिका–७ सुँदेलका ३९ वर्षीय भानुभक्त राईको भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ माबुस्थित भदौरे मेला घुम्न गएका बेला कुटपिटबाट ज्यान गएको हो । मेला भदौ ११ गते भएको थियो । सोही दिन पुरानो रिसिइबीका कारण उनीमाथि कुटपिट भएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ...