मुख्य समाचार
रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’
रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’

। रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’हुन थालेका छन् । नेपाल-चीनबीचको (रसुवागढी-केरुङ) नाका विनासकारी बाढीका कारण पूर्ण रुपमा क्षति भएसँगै कोरलाना मार्फत् मालवस्तु र कन्टेनरहरु आउन थालेका हुन् ।

मुस्ताङको जोमसोमस्थित सशस्त्र प्रहरीको चेकपोष्टबाट आइतबार साँझ ६६ मालवाहक कन्टेनरको विवरण सङ्कलन गरिएको छ । सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढी नाका पूर्ण रुपमा बन्द भएपछि कोरलानाकातर्फ मालवस्तु पैठारी गर्ने कन्टेनरको सङ्ख्या वृद्धि भइरहेको जनाएको छ ।

कोरलानाकातर्फ जाँदै गरेका कन्टेनर चालक कुमार देवकोटाका अनुसार रसुवागढी नाकाबाट पैठारी गरिने मालवस्तुहरु कोरलानाकातर्फ ‘डाईभर्ट’ भएकाले मालवस्तु ढुवानी गर्न कोरलातर्फ जाँदै गरेको जानकारी दिए ।

कोरलानाकालाई वैकल्पिक नाका रुपमा सरकारले सञ्चालनमा ल्याएपछि कोरलास्थित मुस्ताङ भन्सार कार्यालय आव २०८२ /०८३ मा रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो । यसैगरी, चालु आवको पहिलो साउन महिनामा २९ करोड राजस्व सङ्कलन गरेको थियो ।

मुस्ताङ भन्सार कार्यालयमा हाल १८ जनाको दरबन्दी रहेपछि १२ जना मात्रै कर्मचारी कार्यरत रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिए ।

-रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। धादिङ जिल्लाको कृष्णभिरमा सडक अवरुद्ध भएसँगै राजधानी काठमाडौंको मुख्य लाइफलाइन पुनः अवरुद्ध बनेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट बाहिरिने र भित्रिने सवारी साधनका कारण अहिले सो जिल्ला हुँदै सवारी आवागमन चाप बढेको छ । सोही कारण कार्यालयले अत्यावश्यक कामविना काठमाडौंतर्फको यात्रा नगर्न सचेत गराएको छ । कार्यालयले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ ...
। रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केहीबेर अघि यो तथ्यांक सार्वजनिक गरेको हो । यो आज बिहान ९ बजेसम्मको तथ्यांक रहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार अहिलेसम्म ४२२७ जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । १० हजार ४५१ ...
। कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरूले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि २ लाख २५ हजार सहयोग गरेका छन्। सांसदहरूबाट सहयोगस्वरूप प्राप्त उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरूले रकम संकलन गरी ...
। मेला भर्न गएका बेला खोटाङका एक शिक्षकको कुटपिटबाट ज्यान गएको छ । केपिलासगढी गाउँपालिका–७ सुँदेलका ३९ वर्षीय भानुभक्त राईको भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ माबुस्थित भदौरे मेला घुम्न गएका बेला कुटपिटबाट ज्यान गएको हो । मेला भदौ ११ गते भएको थियो । सोही दिन पुरानो रिसिइबीका कारण उनीमाथि कुटपिट भएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदैछन् । मन्त्री श्रेष्ठको सचिवालयका अनुसार आज नुवाकोट हुँदै रसुवामा अवस्थित जलविद्युत् आयोजना स्थल पुग्ने तय भएको छ । स्थलमार्गबाट नुवाकोट पुगेर मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा उद्धार र राहतको अवस्थाबारे जानकारी लिनेछन् । वत्ती नपुगेको ठाउँमा वैकल्पिक ऊर्जा सोलारको व्यवस्थापन ...