मुख्य समाचार
त्रिशूली–थ्री ‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले रातभरि काम गर्ने
त्रिशूली–थ्री ‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले रातभरि काम गर्ने

। त्रिशूली–थ्री ‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले रातभरि काम गर्ने भएको छ ।

फिल्डमै रहेको एक स्रोतका अनुसार सुरुङ फेला परेपनि त्यसभित्र गएर उद्धार गर्नसक्ने बाटो बनाउन रातभरि खन्ने कामलाई निरन्तरता दिइनेछ ।

तीन दिनदेखि निरन्तर उद्धारमा खटेको टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको थियो । त्यो सुरुङबाट उद्धार टोलीले बिजुली बाल्ने तथा भित्र फसेका मानिसहरूको संकेत लिने प्रयास गरेपनि हालसम्म कुनै संकेत प्राप्त नभएको स्रोत बताउँछ ।

यस्तो अवस्थामा उद्धार टोलीले रातभर कामलाई निरन्तरता दिने निर्णय गरेको हो । राति सुरुङमा खन्ने कामसँगसँगै भेन्टिलेसन र अक्सिजन टनेलभित्र पठाउने काम समानान्तर रूपमा गरिने उद्धार टोलीले जनाएको छ ।

सँगसँगै उद्धारकर्ता भित्र प्रवेश गर्नका लागि घस्रिएर जानसक्ने बाटो (क्राबल–थ्रु प्यासेज) बनाइने पनि जनाइएको छ ।

सो बाटो हुँदै सुरुङको स्ल्याबको माथिबाट घसँ्रदै डक्टको माथिल्लो भागसम्म पुग्ने र भित्रको अवस्था निरीक्षण गर्ने योजना पनि उद्धार टोलीको छ ।

यसरी उद्धारको पहुँच बनाउन सम्भव भएन भने भोलि बिहान सबेरै नेपाली सेनाले नियन्त्रित बिष्फोट गराई सुरुङको मुख खोल्ने योजना पनि टोलीले बनाएको छ ।

अहिले यो आयोजनामा नेपाली सेना, नेपाल विद्युत् प्राधिकरणको टिम तथा सुरुङ विज्ञहरूको टोलीले काम गरिरहेको छ । सांसद् तथा सुरुङविज्ञ श्रीराम न्यौपाने उद्धार क्षेत्रमै बसेर यो प्रक्रियाको समन्वय गरिरहेका छन् ।

यसअघि उद्धार टोलीले भित्र हावा पठाउन ड्रिल गरेर पाँचवटा प्वाल बनाएको थियो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार परियोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारको काम बाढी गएको दुई दिनपछि शुक्रबारमात्रै थालिएको थियो ।

पाँच दिनसम्म पनि सुरुङ छिचोल्न नसकिएकाले भित्र फसेका जीवनको बारेमा चिन्ता थपिँदै गएको अधिकारीहरू बताउँछन् ।

आयोजनाको जमिनमुनि रहेको विद्युत् गृहको ओभरहलिङमा त्यहाँ करिब ४०–४२ जना उच्च विज्ञसहितको प्राविधिक जनशक्तिले काम गरिरहेको र उनीहरू सुरुङभित्र फसेको अनुमान विद्युत् प्राधिकरणको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरूले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि २ लाख २५ हजार सहयोग गरेका छन्। सांसदहरूबाट सहयोगस्वरूप प्राप्त उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरूले रकम संकलन गरी ...
। मेला भर्न गएका बेला खोटाङका एक शिक्षकको कुटपिटबाट ज्यान गएको छ । केपिलासगढी गाउँपालिका–७ सुँदेलका ३९ वर्षीय भानुभक्त राईको भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ माबुस्थित भदौरे मेला घुम्न गएका बेला कुटपिटबाट ज्यान गएको हो । मेला भदौ ११ गते भएको थियो । सोही दिन पुरानो रिसिइबीका कारण उनीमाथि कुटपिट भएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदैछन् । मन्त्री श्रेष्ठको सचिवालयका अनुसार आज नुवाकोट हुँदै रसुवामा अवस्थित जलविद्युत् आयोजना स्थल पुग्ने तय भएको छ । स्थलमार्गबाट नुवाकोट पुगेर मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा उद्धार र राहतको अवस्थाबारे जानकारी लिनेछन् । वत्ती नपुगेको ठाउँमा वैकल्पिक ऊर्जा सोलारको व्यवस्थापन ...
। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु भई विभिन्न स्थानबाट फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकामध्ये आइतबारसम्म १५ वटा शव पहिचान गरी आफन्तले बुझेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार शवको पहिचान, कानुनी प्रक्रिया तथा पोस्टमार्टम सम्पन्न भएपछि आफन्तलाई बुझाइएको हो । आफन्तले बुझेका शवमध्ये १४ पुरुष ...
। रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’हुन थालेका छन् । नेपाल-चीनबीचको (रसुवागढी-केरुङ) नाका विनासकारी बाढीका कारण पूर्ण रुपमा क्षति भएसँगै कोरलाना मार्फत् मालवस्तु र कन्टेनरहरु आउन थालेका हुन् । मुस्ताङको जोमसोमस्थित सशस्त्र प्रहरीको चेकपोष्टबाट आइतबार साँझ ६६ मालवाहक कन्टेनरको विवरण सङ्कलन गरिएको छ । सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढी नाका पूर्ण रुपमा ...