मुख्य समाचार
रवि लामिछानेले रसुवा बाढी प्रभावितको सुरक्षालाई पहिलो प्राथमिकता राख्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन
रवि लामिछानेले रसुवा बाढी प्रभावितको सुरक्षालाई पहिलो प्राथमिकता राख्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन

। सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले रसुवा बाढी प्रभावितको सुरक्षालाई पहिलो प्राथमिकता राख्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। आज बसेको केन्द्रीय समितिको भर्चुअल बैठकमा उनले देखावटीभन्दा प्रभावकारी सहयोग र प्रभावित नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता दिन भनेका हुन्।

‘राहत तथा उद्धार कार्यमा देखावटीभन्दा प्रभावकारी सहयोग र प्रभावित नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नू’ रविको निर्देर्शन थियो।

त्यस्तै उनले फोटो तथा प्रचारका लागि मात्र राहत वितरण गर्ने कार्य नगर्न पनि निर्देशन दिएका छन्। उनले पार्टीका स्वयमसेवक परिचालन गर्दा पनि आवश्यक तयारी गरेर मात्र गर्न भनेका छन्।

स्वयंसेवक परिचालन गर्दा आवश्यक सुरक्षा सामग्री, तालिम तथा समन्वय सुनिश्चित गर्न पनि निर्देशन दिए।

प्रभावित क्षेत्रमा सूचना नदिई पुगेका सांसदहरूलाई समेत तत्काल फर्किन उनले निर्देशन दिएका छन्। ‘हाम्रो पार्टीको तर्फबाट पनि अनावश्यक माग वा हस्तक्षेप नगरी आवश्यक समन्वय र सहयोगमा मात्र केन्द्रित रहौँ,’ उनले भने, ‘प्रभावित क्षेत्रमा बिना पूर्वसूचना पुग्नुभएका सांसदहरूलाई समेत तत्काल फर्किन निर्देशन, ताकि उद्धार तथा राहत कार्यमा थप भीडभाड वा दोहोरोपन नहोस्।’

उनले हरेक दिन कम्तीमा ३ पटक प्रेस ब्रिफिङमार्फत आधिकारिक सूचना सार्वजनिक आवश्यक रहेको बताएका छन्। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा समन्वयका लागि अनुभवी सहसचिवलाई तत्काल खटाउन प्रधानमन्त्री कार्यालयले आवश्यक पहल गर्नुपर्ने उनको भनाइ थियो।

पार्टीको कमान्ड सेन्टरबाट हुन काम र सरकारी सयन्त्रबाट हुने काममा दोहोरोपना नआउने गरी काम गर्न पनि उनले निर्देशन दिए।

साथै मृतकको संख्या वा अवस्थाबारे अपुष्ट सूचना नदिन, शव व्यवस्थापनजस्ता शब्द प्रयोग नगरी सम्मानजनक र संवेदनशील भाषामा मृतकको व्यवस्थापन तथा अन्त्यष्टि भन्न पनि उनको निर्देशन छ।

लासलाई शव भन्न पनि उनले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मेला भर्न गएका बेला खोटाङका एक शिक्षकको कुटपिटबाट ज्यान गएको छ । केपिलासगढी गाउँपालिका–७ सुँदेलका ३९ वर्षीय भानुभक्त राईको भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ माबुस्थित भदौरे मेला घुम्न गएका बेला कुटपिटबाट ज्यान गएको हो । मेला भदौ ११ गते भएको थियो । सोही दिन पुरानो रिसिइबीका कारण उनीमाथि कुटपिट भएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदैछन् । मन्त्री श्रेष्ठको सचिवालयका अनुसार आज नुवाकोट हुँदै रसुवामा अवस्थित जलविद्युत् आयोजना स्थल पुग्ने तय भएको छ । स्थलमार्गबाट नुवाकोट पुगेर मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा उद्धार र राहतको अवस्थाबारे जानकारी लिनेछन् । वत्ती नपुगेको ठाउँमा वैकल्पिक ऊर्जा सोलारको व्यवस्थापन ...
। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु भई विभिन्न स्थानबाट फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकामध्ये आइतबारसम्म १५ वटा शव पहिचान गरी आफन्तले बुझेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार शवको पहिचान, कानुनी प्रक्रिया तथा पोस्टमार्टम सम्पन्न भएपछि आफन्तलाई बुझाइएको हो । आफन्तले बुझेका शवमध्ये १४ पुरुष ...
। रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’हुन थालेका छन् । नेपाल-चीनबीचको (रसुवागढी-केरुङ) नाका विनासकारी बाढीका कारण पूर्ण रुपमा क्षति भएसँगै कोरलाना मार्फत् मालवस्तु र कन्टेनरहरु आउन थालेका हुन् । मुस्ताङको जोमसोमस्थित सशस्त्र प्रहरीको चेकपोष्टबाट आइतबार साँझ ६६ मालवाहक कन्टेनरको विवरण सङ्कलन गरिएको छ । सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढी नाका पूर्ण रुपमा ...
। बारामा घरबाट हराएको पाडो खोज्न निस्किएका एक व्यक्ति मृत फेला परेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीका ५५ वर्षीय देवीप्रसाद फुयाँलको शव आइतबार सोही वडाको सहजनाथ महादेव मन्दिर नजिकैको जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पाडो खोज्न भन्दै शनिबार बिहान ५ बजे साइकल चलाएर घरबाट निस्किएका फुयाँल नफर्किएपछि उनको खोजी थालिएको थियो । ...