मुख्य समाचार
अमेरिकी सेनाले इरानको लाराक द्विपमा रहेका दुईवटा सैन्य अड्डाहरूमा हमला
अमेरिकी सेनाले इरानको लाराक द्विपमा रहेका दुईवटा सैन्य अड्डाहरूमा हमला

। अमेरिकी सेनाले इरानको लाराक द्विपमा रहेका दुईवटा सैन्य अड्डाहरूमा हमला गरेको छ । अमेरिकी एक अधिकारीले हमलाबारे पुष्टि गरेका छन् ।

जुलाईपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात सैन्य हमला हो।

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता कमान्डर टिम हकिन्सका अनुसार इरानी रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ बिछ्याउने र रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि अमेरिकी सेनाले कारबाही गरेको हो।

आईआरजीसीले अमेरिकी हमलामा केही मानिस मारिएको र केही घाइते भएको जनाएको छ।



साथै, उसले अमेरिकाविरुद्ध ‘जवाफी कारबाही र सजाय’ दिने चेतावनी दिएको छ।

त्यसपछि इरानी सरकारी सञ्चारमाध्यमले आईआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डामाथि हमला गरेको दाबी गरेका छन् । यसबारे अमेरिकी सेन्ट्रल कमान्डको प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

आईआरजीसीको दाबीपछि जोर्डनको सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले जोर्डनको हवाई क्षेत्रमा प्रवेश गरेका आठवटा क्षेप्यास्त्र रोकेको जनाएको छ।

जोर्डनको सशस्त्र सेनाले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा आठवटा क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीमार्फत रोकिएको उल्लेख छ।

यसअघि जुलाईको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान रोक्ने घोषणा गरेका थिए। त्यसयता इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात हमला भएको बताइएको छ।

पछिल्लो घटनाक्रमले अमेरिका र इरानबीचको तनाव पुनः चर्किन सक्ने संकेत गरेको छ। विशेषगरी विश्वको महत्त्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्यमा सुरक्षा चुनौती थपिन सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युनाइटेड अरब इमिरेट्स (यूएई) सरकार रसुवाको भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १ कराेड अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गर्न तयार भएको छ । यूएई एडको टोलीले आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीसँग भेट गरेर बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन तयार रहेको ...
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...