मुख्य समाचार
शव व्यवस्थापनबारे प्रश्न उठेका छन्, सरकारले ध्यान दिओस् : पोखरेल
शव व्यवस्थापनबारे प्रश्न उठेका छन्, सरकारले ध्यान दिओस् : पोखरेल

। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले रसुवा वाढीमा परी ज्यान गुमाएकाहरूको शव पहिचान तथा व्यवस्थापनका लागि अपनाएको नीतिमा प्रश्न उठेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार पार्टी कार्यलयमा आयोजित कार्यक्रममा उनले शव पहिचान र व्यवस्थापनको सरकारले ध्यान पुर्‍याउनुपर्ने बताए ।


‘शव पहिचानको सन्दर्भमा सरकारले जे नीति बनायो, यो अत्यन्त बेठीक भएको छ । यद्यपि डीएनए परीक्षण पछाडि त्यसलाई पुन: उत्खनन गर्ने भन्ने हिसाबले शव व्यवस्थापन गरेको अवस्था छ,’ उनले भने, ‘यसमा पीडितहरूको दृष्टिकोणबाट हेर्ने हो भने उनीहरूलाई चित्त बुझेको अवस्था छैन । त्यो सार्वजनिक प्रतिक्रियाहरू पनि आइराखेकै छन्, शव व्यवस्थापनका सन्दर्भमा अलिकति ध्यान दिनुपर्ने अवस्था देखिन्छ ।’

शवको डीएनए परीक्षणपछि पुन: उत्खनन गर्ने गरी व्यवस्थापन गरिएको भएपनि उक्त प्रक्रियाबाट पीडित परिवार सन्तुष्ट हुन नसकेको उनको भनाइ छ ।

एमालेले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि पार्टी पङ्क्तिबाट सहयोग संकलन गर्न प्रदेश इन्चार्ज र अध्यक्षहरूलाई निर्देशन दिएको पनि महासचिव पोखरेलले जानकारी दिए ।

उनका अनुसार पार्टीका तर्फबाट संकलन हुने सहयोग केन्द्रीय राहत कोषमा जम्मा गरिने छ ।

महासचिव पोखरेलले वाढी प्रभावित जिल्लामा पार्टी केन्द्रसँग समन्वयका लागि फोकल पर्सन तोकेर अगाडि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। त्रिशूली–थ्री ‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले रातभरि काम गर्ने भएको छ । फिल्डमै रहेको एक स्रोतका अनुसार सुरुङ फेला परेपनि त्यसभित्र गएर उद्धार गर्नसक्ने बाटो बनाउन रातभरि खन्ने कामलाई निरन्तरता दिइनेछ । तीन दिनदेखि निरन्तर उद्धारमा खटेको टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको थियो । त्यो सुरुङबाट उद्धार टोलीले बिजुली बाल्ने तथा ...
। रसुवा बाढी प्रभावितहरूका लागि संघ र स्थानीय सरकारहरूले सहकार्य गरेर रसुवा र नुवाकोटका २६ स्थानमा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याएका छन् । आइतबार यी केन्द्रहरूमा तीन हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नुवाकोटमा मात्रै १६ आश्रयस्थलमा दुई हजार २७४ जनाले आश्रय लिएको प्रधानमन्त्री ...
। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले पहिचान खुल्न नसकेका शवहरूलाई डीएनएलगायतका पहिचान खुल्नसक्ने आधार सुरक्षित राखेर सरकारले आफै व्यवस्थापन गरिरहेको बताएका छन् । आइतबार राति फेसबुकमार्फत उनले यस्तो जानकारी दिएका हुन् । हालसम्म बाढीका कारण ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको प्रधानमन्त्री बालेनले उल्लेख गरेका छन् । ‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा यी ...
। नेपाल प्रहरीले बाढीले क्षतिग्रस्त बनेको कृषि विकास बैंक त्रिशूली ढुंगे शाखाबाट करोडौं बराबरको नगद र सुन सुरक्षित स्थानमा सारेको छ । आइतबार आठ घण्टाको निरन्तर प्रयासपछि बैंकमा रहेको डेढ करोड नगद र अनुमानित ५० करोड बराबरको सुन सुरक्षित स्थानमा सारेको प्रहरीले जनाएको छ । यस्तै, बैंकबाट केही महत्वपूर्ण कागजात पनि सुरक्षित फेला परेको प्रहरीले भनेको छ ...
। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सुरक्षाकर्मी र चीन, भारत तथा दक्षिण कोरियाका उद्धार टोलीले उद्धारको काम गरिरहेको बताएका छन् । आइतबार साँझ फेसबुकमार्फत बाढी प्रतिकार्यबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले उद्धार कार्य जारी रहेको बताएका हुन् । ‘रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘चिनियाँ र कोरियन विशेषज्ञ टोलीले ...