मुख्य समाचार
एमालेले रसुवामा गएको विनाशकारी बाढीका कारण उत्पन्न परिस्थितिमा सरकारले तत्काल गर्नुपर्ने ८ काम
एमालेले रसुवामा गएको विनाशकारी बाढीका कारण उत्पन्न परिस्थितिमा सरकारले तत्काल गर्नुपर्ने ८ काम

। नेकपा एमालेले रसुवामा गएको विनाशकारी बाढीका कारण उत्पन्न परिस्थितिमा सरकारले तत्काल गर्नुपर्ने ८ काम औंल्याएको छ ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढी गएको थियो । उक्त बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरूका रसुवागढी, टिमुरे, स्याफ्रुवेशी, मैलुङ, बेत्रावती, त्रिशुली, ढुंगे, देवीघाट लगायतका बस्तीहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।

ती क्षेत्रको स्थलगत निरीक्षणका लागि एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा एक टोली भदौ ११ गते नै नुवाकोटतर्फ प्रस्थान गरेको थियो । टोलीमा नेताहरू विष्णु रिमाल, राजन भट्टराई, कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई, पार्वत गुरुङ, विनोद श्रेष्ठ, निरज आचार्य, अमित लामा लगायत गएका थिए ।

टोलीले स्थलगत निरीक्षण तथा घाइतेसँग भेटघाट गरेको थियो ।

टोलीले बाढीबाट अत्यधिक प्रभावित बनेको विदुर नगरपालिकास्थित ढुंगे बजार क्षेत्रको प्रत्यक्ष स्थलगत अवलोकन गरेको थियो ।

यसैगरी, स्थानीय अस्पताल पुगी बाढीका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै देवीघाट बजार क्षेत्रको बाढीग्रस्त अवस्थाको समेत निरीक्षण गरेको थियो ।

साथै, महासचिव पोखरेलले बाढीले अति प्रभावित जिल्ला रसुवाकाबारे उपलब्ध ब्यक्तिहरु संग जानकारी लिएका थिए ।

यसआधारमा एमालेले ‘राहत/उद्धारसम्बन्धी सुझाव प्रतिवेदन’ तयार पारेको छ ।

जसमा सरकारले तत्काल गर्नुपर्ने ८ काम औंल्याइएको छ–

१. एकीकृत कमान्ड पोस्ट : तीनवटै सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरूलाई समेटेर तुरुन्त एकीकृत ‘कमान्ड पोस्ट’ निर्माण गर्ने,

२. वैकल्पिक पहुँच : मुख्य सडक नजोडिएसम्म वैकल्पिक माध्यम (जस्तै: तुइन, फलामे डोरी वा साना अस्थायी पुल) मार्फत जोखिममा रहेका क्षेत्रहरूमा खानेपानी, औषधि र खाद्यान्न पुर्‍याउने ।

३. सडक खुलाउने र बेलिब्रिज : स्थलमार्ग खुलाउन निजी क्षेत्रका ठूला हेभी इक्युपमेन्टहरू (उपकरणहरू) परिचालन गरी युद्धस्तरमा काम गर्ने तथा नदी एवं ठूला खोलाहरूमा तत्काल बेलिब्रिज जडान गर्ने ।

४. टोखा शिवपुरी लिखु तादी सूर्यगडी– सरनथलि हुँदै नवकुण्ड कालिका धुन्चे सडक मर्मत गरी सञ्चालनमा ल्याउने । लिखु सूर्यगढी निस्केर जाने बाटो यस्को अर्को विकल्पको रुपमा प्रयोग गर्ने ।

५. धादिङवाट मध्यपहाडी राजमार्ग वाट किस्पाङ, तारकेश्वर हुदै रसुवा जाने बाटो ममर्त गरी शीघ्र सञ्चालनमा ल्याउने ।

६. खोजी कार्यमा तीव्रता: डुबान क्षेत्रको भग्नावशेष र दलदलमा दबेका शवहरूको खोजी कार्यलाई तीव्रता दिन थप जनशक्ति र आधुनिक उपकरण परिचालन गर्ने । जलविधुत आयोजनाका सुरुङमा फसेका देशी तथा विदेशी कामदारहरुको शीघ्र उद्धार गर्ने ।

७. नागरिक स्वयंसेवक परिचालन: राहत र उद्धारका लागि सुरक्षा निकायका अतिरिक्त कामको प्रकृतिका आधारमा नागरिक स्तरबाट स्वयंसेवकहरूलाई तत्काल परिचालन गर्ने ।

८. भोटेकोशी तथा त्रिशुली बाढीमा परी मृत्यु भएका र हराएकाहरुको स्मृतिमा पार्क निर्माण गर्ने ।

मानवीय संकटको यस घडीमा राजनीति गर्ने वा प्रक्रियागत विलम्ब गर्ने छुट कसैलाई नरहेको भन्दै एमालेले सरकारको ध्यानाकर्षण गरेको छ ।

यस्तो सुझावसहितको प्रतिवेदन तयार पारेर निरीक्षण टोलीले आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको छ ।

प्रतिवेदनमा विपदेग्रस्त क्षेत्रको यथार्थ र सरकारी संयन्त्रको उपस्थितिबीच ठूलो खाडल रहेको भनेर पनि औंल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भदौ १० गतेको विनाशकारी बाढीले रसुवागढी नाकादेखि तल नुवाकोटको ढुंगे बजारदेखि देवीघाटसम्मै ठूलो क्षति गर्‍यो । अझ माथिल्लो बेल्ट बेत्रावती, स्याफ्रुबेसी, टिमुरे जस्ता बजार खण्डहरमा परिणत भयो । अहिले त्यो क्षेत्रमा मानिसहरूका शव यत्रतत्र छरिएका स्पष्ट देखिन्छन् । तर, तल्लो बेल्ट नुवाकोटको बट्टारदेखि त्रिशुलीसम्म सरकारको उपस्थिति देखिए पनि मुख्य प्रभावित भनिएको माथिल्लो बेल्टमा सरकारको उपस्थिति ...
। भारतबाट आएको सुरुङ विज्ञको टोली र नेपाली सेनाले चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट दुईवटा शव निकालेका छन्। आइतबार भारतीय टोली आएपछि नेपाली सेनासँग संयुक्त रूपमा उद्धारको काम सुरु गरेका थिए । सो क्रममा सुरुङको १०० मिटर भित्रबाट दुईवटा शव निकालिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । ‘२५० मिटर लामो सुरुङमा संयुक्त टोली १०० ...
: नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। विनाशकारी बाढी आएपछि केही दिन अगाडि संघको निवर्तमान कार्य समितिले संस्थागत रुपमा १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। संघको नवनिर्वाचित कार्यसमितिका अध्यक्ष, पदाधिकारी, सदस्य र कर्मचारीहरुले व्यक्तिगत रुपमा आइतबार थप ४ लाख ...
: भारतबाट आएको उद्धार टोलीले आइतबार चिलिमे र लाङटाङ क्षेत्रमा खोज तथा उद्धार कार्य सञ्चालन गरेका छन्। नेपाली सेनाको टोलीसँग मिलेर उनीहरूले जलविद्युत् सुरुङ स्थलहरूमा खोज तथा उद्धार कार्य सञ्चालन गरेका हुन्। नेपाली सेनाका अनुसार उक्त टोलीले चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालेका थिए। करिब एक सय मिटर भित्रबाट ती शवहरू बाहिर निकालिएको थियो। भारतीय ...
। रासस्वपाका सभापति रवि लामिछानेले भाद्र १० गते गएको विनाशकारी बाढी–पहिरोबाट सबैभन्दा बढी प्रभावित रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानीय तहका प्रमुखहरूसँग आज संवाद गरेका छन् । केन्द्रीय तहका नेताहरूलाई सँगै राखेर गरिएको उक्त टेलिफोन संवादमा सभापति लामिछानेले बाढीले पुर्‍याएको क्षति, उद्धार तथा राहत कार्यको हालको अवस्थाबारे विस्तृत जानकारी लिएका हुन्। संवादमा गोसाइकुँड गाउँपालिका, रसुवाका अध्यक्ष कैसाङ ...