मुख्य समाचार
भोटेकोसीमा आएको बाढीपछि बगाएर ल्याइएका सेफ (लकर)धादिङका विभिन्न तीन स्थानमा फेला
भोटेकोसीमा आएको बाढीपछि बगाएर ल्याइएका सेफ (लकर)धादिङका विभिन्न तीन स्थानमा फेला

: रसुवाको भोटेकोसीमा आएको बाढीपछि बगाएर ल्याइएका सेफ (लकर)धादिङका विभिन्न तीन स्थानमा फेला परेका छन्।

धादिङको बेनीघाट, बैरेनी र सिद्धलेकमा छुट्टाछुट्टै सेफ फेला परेको हो। बेनीघाटमा फेला परेको सेफ प्रहरीले नियन्त्रणमा लिएर सुरक्षित राखेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

सिद्धलेकमा आइतबार बिहान फेला परेको अर्को सेफ भने सडकसम्म ल्याउन नसकिएपछि सुरक्षाकर्मीले घटनास्थलमै पहरा दिएर सुरक्षित राखेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतबाट आएको सुरुङ विज्ञको टोली र नेपाली सेनाले चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट दुईवटा शव निकालेका छन्। आइतबार भारतीय टोली आएपछि नेपाली सेनासँग संयुक्त रूपमा उद्धारको काम सुरु गरेका थिए । सो क्रममा सुरुङको १०० मिटर भित्रबाट दुईवटा शव निकालिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । ‘२५० मिटर लामो सुरुङमा संयुक्त टोली १०० ...
: नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। विनाशकारी बाढी आएपछि केही दिन अगाडि संघको निवर्तमान कार्य समितिले संस्थागत रुपमा १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। संघको नवनिर्वाचित कार्यसमितिका अध्यक्ष, पदाधिकारी, सदस्य र कर्मचारीहरुले व्यक्तिगत रुपमा आइतबार थप ४ लाख ...
: भारतबाट आएको उद्धार टोलीले आइतबार चिलिमे र लाङटाङ क्षेत्रमा खोज तथा उद्धार कार्य सञ्चालन गरेका छन्। नेपाली सेनाको टोलीसँग मिलेर उनीहरूले जलविद्युत् सुरुङ स्थलहरूमा खोज तथा उद्धार कार्य सञ्चालन गरेका हुन्। नेपाली सेनाका अनुसार उक्त टोलीले चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालेका थिए। करिब एक सय मिटर भित्रबाट ती शवहरू बाहिर निकालिएको थियो। भारतीय ...
। रासस्वपाका सभापति रवि लामिछानेले भाद्र १० गते गएको विनाशकारी बाढी–पहिरोबाट सबैभन्दा बढी प्रभावित रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानीय तहका प्रमुखहरूसँग आज संवाद गरेका छन् । केन्द्रीय तहका नेताहरूलाई सँगै राखेर गरिएको उक्त टेलिफोन संवादमा सभापति लामिछानेले बाढीले पुर्‍याएको क्षति, उद्धार तथा राहत कार्यको हालको अवस्थाबारे विस्तृत जानकारी लिएका हुन्। संवादमा गोसाइकुँड गाउँपालिका, रसुवाका अध्यक्ष कैसाङ ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले रसुवा वाढीमा परी ज्यान गुमाएकाहरूको शव पहिचान तथा व्यवस्थापनका लागि अपनाएको नीतिमा प्रश्न उठेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार पार्टी कार्यलयमा आयोजित कार्यक्रममा उनले शव पहिचान र व्यवस्थापनको सरकारले ध्यान पुर्‍याउनुपर्ने बताए । ‘शव पहिचानको सन्दर्भमा सरकारले जे नीति बनायो, यो अत्यन्त बेठीक भएको छ । यद्यपि डीएनए ...