मुख्य समाचार
मयुर सामुदायिक वनबाट प्रहरीले तीन थान भरुवा बन्दुकका साथै तिनमा प्रयोग हुने विभिन्न सामग्री बरामद
मयुर सामुदायिक वनबाट प्रहरीले तीन थान भरुवा बन्दुकका साथै तिनमा प्रयोग हुने विभिन्न सामग्री बरामद

: मोरङको मिक्लाजुङ गाउँपालिका–६, लालमारीस्थित मयुर सामुदायिक वनबाट प्रहरीले तीन थान भरुवा बन्दुकका साथै तिनमा प्रयोग हुने विभिन्न सामग्री बरामद गरेको छ ।

वन क्षेत्रमा चोरी-शिकार हुने गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले आइतबार साँझ गस्ती गरेको थियो । सोही क्रममा जंगलको झाडीमा शंकास्पद अवस्थामा लुकाएर राखिएको एउटा बोरा फेला परेको प्रहरीले जनाएको छ ।

बोरा खोलेर जाँच गर्दा तीन थान भरुवा बन्दुक, एक थान फलामको नाल, १९ ग्राम २४० मिलिग्राम बारुद, ९८ वटा फलामका बेरिङ र १३ वटा फलामका टुक्रा फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । प्रहरीका अनुसार बरामद गरिएका सबै सामग्री झाडीमा लुकाएर राखिएको अवस्थामा भेटिएका हुन्। ती सामग्रीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ ।

जंगल क्षेत्रमा चोरी-शिकारमा संलग्न समूहले प्रयोग गर्ने उद्देश्यले बन्दुक तथा अन्य सामग्री लुकाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बरामद हतियार कसले र कुन प्रयोजनका लागि राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भदौ १० गतेको विनाशकारी बाढीले रसुवागढी नाकादेखि तल नुवाकोटको ढुंगे बजारदेखि देवीघाटसम्मै ठूलो क्षति गर्‍यो । अझ माथिल्लो बेल्ट बेत्रावती, स्याफ्रुबेसी, टिमुरे जस्ता बजार खण्डहरमा परिणत भयो । अहिले त्यो क्षेत्रमा मानिसहरूका शव यत्रतत्र छरिएका स्पष्ट देखिन्छन् । तर, तल्लो बेल्ट नुवाकोटको बट्टारदेखि त्रिशुलीसम्म सरकारको उपस्थिति देखिए पनि मुख्य प्रभावित भनिएको माथिल्लो बेल्टमा सरकारको उपस्थिति ...
। भारतबाट आएको सुरुङ विज्ञको टोली र नेपाली सेनाले चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट दुईवटा शव निकालेका छन्। आइतबार भारतीय टोली आएपछि नेपाली सेनासँग संयुक्त रूपमा उद्धारको काम सुरु गरेका थिए । सो क्रममा सुरुङको १०० मिटर भित्रबाट दुईवटा शव निकालिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । ‘२५० मिटर लामो सुरुङमा संयुक्त टोली १०० ...
: नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। विनाशकारी बाढी आएपछि केही दिन अगाडि संघको निवर्तमान कार्य समितिले संस्थागत रुपमा १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। संघको नवनिर्वाचित कार्यसमितिका अध्यक्ष, पदाधिकारी, सदस्य र कर्मचारीहरुले व्यक्तिगत रुपमा आइतबार थप ४ लाख ...
: भारतबाट आएको उद्धार टोलीले आइतबार चिलिमे र लाङटाङ क्षेत्रमा खोज तथा उद्धार कार्य सञ्चालन गरेका छन्। नेपाली सेनाको टोलीसँग मिलेर उनीहरूले जलविद्युत् सुरुङ स्थलहरूमा खोज तथा उद्धार कार्य सञ्चालन गरेका हुन्। नेपाली सेनाका अनुसार उक्त टोलीले चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालेका थिए। करिब एक सय मिटर भित्रबाट ती शवहरू बाहिर निकालिएको थियो। भारतीय ...
। रासस्वपाका सभापति रवि लामिछानेले भाद्र १० गते गएको विनाशकारी बाढी–पहिरोबाट सबैभन्दा बढी प्रभावित रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानीय तहका प्रमुखहरूसँग आज संवाद गरेका छन् । केन्द्रीय तहका नेताहरूलाई सँगै राखेर गरिएको उक्त टेलिफोन संवादमा सभापति लामिछानेले बाढीले पुर्‍याएको क्षति, उद्धार तथा राहत कार्यको हालको अवस्थाबारे विस्तृत जानकारी लिएका हुन्। संवादमा गोसाइकुँड गाउँपालिका, रसुवाका अध्यक्ष कैसाङ ...