मुख्य समाचार
कृष्णभीरमा सडक ठूलो मात्रामा भासिएपछि पृथ्वी राजमार्गको आवतजावत पूर्णरूपमा ठप्प
कृष्णभीरमा सडक ठूलो मात्रामा भासिएपछि पृथ्वी राजमार्गको आवतजावत पूर्णरूपमा ठप्प

: धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा सडक ठूलो मात्रामा भासिएपछि पृथ्वी राजमार्गको आवतजावत पूर्णरूपमा ठप्प भएको छ। सडकको अवस्था यति जोखिमपूर्ण बनेको छ कि पैदल यात्रुलाई समेत आवतजावत गर्न कठिन भएको छ।

गजुड़री गाउँपालिकाको-२ परेवाभीर क्षेत्रमा सडक भासिएपछि राजमार्गको अवस्था थप जोखिमपूर्ण बनेको हो। त्रिशूली नदीमा बढेको जलस्तरका कारण सडकको जग कमजोर बन्दै गएपछि सडक भासिएको प्रारम्भिक अनुमान गरिएको छ।

सडक भासिएपछि दुवैतर्फको यातायात पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ। सडक थप भासिन सक्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई उक्त क्षेत्रमा आवतजावत नगर्न प्रहरीले आग्रह गरेको छ।

सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्ग हुँदै पोखरा, काठमाडौं, चितवनलगायतका तराईका जिल्लातर्फ आवतजावत गर्ने यात्रु प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कृष्णभीरमा बाढीले कटान गरेर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक बाटोबाट एलपी ग्यासको आपूर्ती गर्ने भएको छ। एलपी ग्यास उद्योगीहरुसंगको छलफलपछि निगमले वैकल्पिक बाटोबाट आपूर्तीको व्यवस्था गरिएको जानकारी दिएको छ। काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुका लागि उद्योगहरुलाई बारा, पर्सा, चितवन, मकवनापुर र नवलपरासी जिल्लामा रहेका ग्यास उद्योगहरु तथा आफूलाई पायक पर्ने अन्य ...
— विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा उपचारका लागि १ लाख ५० हजार अमेरिकी डलरबराबरको सामग्री प्रदान गरेको छ । डब्लूएचओले दक्षिणपूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमार्फत १ लाख ५० हजार अमेरिकी डलर बराबरको आपत्कालीन सहायता उपलब्ध गराएको हो । 'डब्लुएचओ नेपालमा आपतकालीन अवस्थाको प्रतिकार्य तथा पुनःस्थापनाका ...
— एमालेले सरकारलाई ५ बुँदे सुझाव दिँदै बाढी प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई समेटेर तुरुन्त एकीकृत ‘कमाण्ड पोस्ट’ निर्माण गर्न सुझाव दिएको छ । एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा बिहीबार नुवाकोटको स्थलगत अवलोकनपछि प्रतिवेदन तयार गरी सरकारलाई सुझाव दिएको हो । प्रतिवेदनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधि ...
भोटेकोशी बाढीमा परेर मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनलाई लिएर सरकारले अपनाएको नीतिको एमालेले विरोध जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलले बाढीमा परेर ज्यान गुमाएकाहरूको शव पहिचान तथा व्यवस्थापनका लागि अपनाएको नीति उचित नभएको बताएका हुन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले शव पहिचान र व्यवस्थापनको सरकारको कमजोरी देखिएको बताएका हुन् । पोखरेलले भने, ...
रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाढीबारे एमालेले स्थलगत अनुगमन गरेर प्रतिवेदन तयार पारेको छ । एमालेका महासचिव शंकर पोखरेलले उक्त प्रतिवेदन केन्द्रीय कार्यालयमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका छन् ।