: रसुवा बाढीमा बेपत्ता भएका ७६८ जनाको शव फेला परेको छ। नेपाल प्रहरीको आइतबार दिउँसो २ बजेसम्मको तथ्यांकअनुसार ७६८ जनाको शव फेला परेको हो।
जसमा चितवनमा मात्रै २६४ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार २५ जना प्रहरीहरू सम्पर्कविहीन छन्। त्यस्तै हालसम्म २७१५ जनाको उद्धार गरिएको छ।