मुख्य समाचार
बाढीबाट प्रभावित गोरखाको सहिदलखन गाउँपालिकाले आफूलाई पनि विपद् संकटग्रस्त स्थानीय तहको सूचीमा समेट्न माग
बाढीबाट प्रभावित गोरखाको सहिदलखन गाउँपालिकाले आफूलाई पनि विपद् संकटग्रस्त स्थानीय तहको सूचीमा समेट्न माग

: त्रिशुली बाढीबाट प्रभावित गोरखाको सहिदलखन गाउँपालिकाले आफूलाई पनि विपद् संकटग्रस्त स्थानीय तहको सूचीमा समेट्न माग गरेको छ। गत भदौ १० गते, बुधबारको त्रिशुलीको बाढीबाट कटानमा परेको, भौतिक तथा मानवीय क्षति ब्यहोरेको भन्दी सो पालिकाले आफ्नो पालिकालाई पनि विपद संकटग्रस्त स्थानीय तहभित्र समेट्न नेपाल सरकारसंग माग गरेको हो।

पालिकाले जिल्ला प्रशासन कार्यालय गोरखामार्फत गृहमन्त्रालयसमक्ष माग पत्र पेश गर्दै विपद् संकटग्रस्त स्थानीय तह हुनुका विभिन्न आधारहरु पेश गरेको छ। त्रिशुली नदीको बाढीले सो पालिकाको वडा नं. ४ को रागिनाशटारदेखि मुग्लिनसम्म करिब १० किलोमिटर क्षेत्रमा विभिन्न क्षति पु¥याएको पत्रमा उल्लेख छ । पालिका अध्यक्ष रमेश थापाद्वारा हस्ताक्षरित सो पत्रमा त्रिशुलीको बाढीका कारण वडा नं. ३ को सिलिङटारस्थित झोलुंगेपुल क्षतिग्रस्त बनाएको तर्क गरिएको छ।

त्रिशूली नदी किनारका पालिका अन्तर्गतका विभिन्न क्षेत्रहरूमा गम्भीर जोखिम तथा क्षति उत्पन्न भएको गाउँपालिकाको दावी छ । ‘भोटेकोशी–त्रिशूलीको बाढीमा परेर हाम्रो पालिकाका सातजना अहिलेसम्म पनि बेपत्ता छन् । रसुवा, नुवाकोटबाट बग्दै आएका २५ वटा शव सहिद लखन गाउँपालिका अन्तर्गतका त्रिशुली किनारमा फेला परिसकेको छ।

मान्छे तथा विभिन्न जीव जनावरका कैयौँ शव र फोहरका डंगुरहरुले हाम्रो पालिकाका त्रिशुली किनार क्षेत्रमा प्रदुषित छन् । ती फोहरले पालिकाका विभिन्न गाउँबस्तीमा संक्रमण फैलने त्रास उत्तिकै छ’, गाउँपालिका प्रमुख रमेश थापाले भने, ‘बाढीले सिलिङटारको झोलुंगे पुल बगाएर क्षतिग्रस्त बनाएको छ । यसप्रकार त्रिशुलीको बाढीले हाम्रो पालिकाभित्र उल्लेख्य मानवीय तथा भौतिक क्षति तथा जनजीवनमा गम्भीर असर परेको छ ।’ त्यसैले संकटग्रस्तको सूचीमा समेट्नु जरुरी रहेको उनको तर्क छ ।

त्यस्तै वडा नं. ४ स्थित राइनास बजार क्षेत्र त्रिशुलीको कटानबाट उच्च जोखिममा रहेको छ । बाढीका कारण स्थानीय नागरिकको आवतजावत, जीविकोपार्जन, सार्वजनिक सेवा तथा समग्र जनजीवन प्रभावित भएको पालिका अध्यक्ष थापाको भनाइ छ ।

‘नेपाल सरकारको गत भदौ ११ गतेको निर्णयबाट विपद् संकटग्रस्त स्थानीय तह घोषणामा समावेश गरिएका स्थानीय तहहरूको सूचीमा शहिद लखन गाउँपालिका समावेश हुन नसकेको जानकारी प्राप्त भएको छ’, उनले भने, ‘यस गाउँपालिकाको वास्तविक भौगोलिक अवस्था वडा नं ४ ताक्लुङ, रागिनास, कुरिनघाट, ठेउवाटार र वडा नं ३ मनकामनाको सिलिङटार, भुवानीटार, करनटार, त्रिवेणी क्षेत्र त्रिशुली नदी करिडोरमा पर्ने र त्रिशुलीको बाढीबाट भौतिक क्षति, उच्च जोखिममा रहेका बस्ती तथा सम्पर्कविहीन रहेका ७ जना नागरिकको अवस्थासमेतलाई मध्यनजर गर्दा यस गाउँपालिकालाई विपद् संकटग्रस्त स्थानीय तहको रूपमा समावेश गर्न माग गर्दछौँ ।’

सो गाउँपालिकामा भएको क्षतिको स्थलगत निरीक्षण र अनुगमन गरी आवश्यक राहत, उद्धार, पुनस्र्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि आवश्यक सहयोग तथा स्रोतसाधन उपलब्ध गराउन पालिकाले नेपाल सरकारसमक्ष आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर)को चेक हस्तान्तरण गरेका हुन्। यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबर (२ ...
: धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा सडक ठूलो मात्रामा भासिएपछि पृथ्वी राजमार्गको आवतजावत पूर्णरूपमा ठप्प भएको छ। सडकको अवस्था यति जोखिमपूर्ण बनेको छ कि पैदल यात्रुलाई समेत आवतजावत गर्न कठिन भएको छ। गजुड़री गाउँपालिकाको-२ परेवाभीर क्षेत्रमा सडक भासिएपछि राजमार्गको अवस्था थप जोखिमपूर्ण बनेको हो। त्रिशूली नदीमा बढेको जलस्तरका कारण सडकको जग कमजोर बन्दै गएपछि सडक ...
: नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढीपीडितको खोजी,उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको भन्दै बैंकले राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम ...
: रसुवा बाढीमा बेपत्ता भएका ७६८ जनाको शव फेला परेको छ। नेपाल प्रहरीको आइतबार दिउँसो २ बजेसम्मको तथ्यांकअनुसार ७६८ जनाको शव फेला परेको हो। जसमा चितवनमा मात्रै २६४ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको छ। प्रहरीका ...
: रसुवाको भोटेकोशी बाढीपछि क्षति भएको विदुरको ढुंगे क्षेत्रमा भीड बढेपछि उद्धार टोलीलाई काम गर्न कठिन भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएको नुवाकोटको विदुर नगरपालिकास्थित ढुंगे बजार क्षेत्रसम्म सडक पहुँच भएकाले पीडित सार्वसाधारणका साथै क्षतिग्रस्त बजार हेर्न जाने र राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमको अत्यधिक भीड देखिएको छ। भीड बढेपछि सडक ...