मुख्य समाचार
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट र क्यूआर कोड सामाजिक सञ्जालमा पोस्ट गर्ने एक व्यक्ति पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट र क्यूआर कोड सामाजिक सञ्जालमा पोस्ट गर्ने एक व्यक्ति पक्राउ

: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट र क्यूआर कोड सामाजिक सञ्जालमा पोस्ट गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मन्थली रामेछापका अनुसार पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका वडा नम्बर २ का ३२ वर्षीय भगवान कार्की रहेका छन्। कार्की रास्वपाका कार्यकर्ता हुन्।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा राहत संकलनका लागि नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै कार्कीले सामाजिक सञ्जालमा नक्कली स्टेटमेन्ट पोस्ट गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनले च्याट जीपीटीको प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार पारेर आफ्नो क्यूआर कोडसमेत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा सडक ठूलो मात्रामा भासिएपछि पृथ्वी राजमार्गको आवतजावत पूर्णरूपमा ठप्प भएको छ। सडकको अवस्था यति जोखिमपूर्ण बनेको छ कि पैदल यात्रुलाई समेत आवतजावत गर्न कठिन भएको छ। गजुड़री गाउँपालिकाको-२ परेवाभीर क्षेत्रमा सडक भासिएपछि राजमार्गको अवस्था थप जोखिमपूर्ण बनेको हो। त्रिशूली नदीमा बढेको जलस्तरका कारण सडकको जग कमजोर बन्दै गएपछि सडक ...
: नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढीपीडितको खोजी,उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको भन्दै बैंकले राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम ...
: रसुवा बाढीमा बेपत्ता भएका ७६८ जनाको शव फेला परेको छ। नेपाल प्रहरीको आइतबार दिउँसो २ बजेसम्मको तथ्यांकअनुसार ७६८ जनाको शव फेला परेको हो। जसमा चितवनमा मात्रै २६४ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको छ। प्रहरीका ...
: रसुवाको भोटेकोशी बाढीपछि क्षति भएको विदुरको ढुंगे क्षेत्रमा भीड बढेपछि उद्धार टोलीलाई काम गर्न कठिन भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएको नुवाकोटको विदुर नगरपालिकास्थित ढुंगे बजार क्षेत्रसम्म सडक पहुँच भएकाले पीडित सार्वसाधारणका साथै क्षतिग्रस्त बजार हेर्न जाने र राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमको अत्यधिक भीड देखिएको छ। भीड बढेपछि सडक ...
: गोसाइँकुण्ड पुगेका आन्तरिक तथा वाह्य पर्यटकहरू वैकल्पिक मार्गबाट काठमाडौं फर्कन थालेका छन् । रसुवाको भोटेकोशी बाढीपछि धुन्चेतर्फको नियमित मार्ग बन्द भएपछि गोसाइँकुण्ड पुगेकाहरू गोसाइँकुण्ड–दुप्चेश्वर–काठमाडौं हुँदै वैकल्पिक मार्गबाट काठमाडौं फर्कन थालेका हुन् । नियमित मार्ग बन्द भएपछि काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सञ्चालन गरिएको छ । सोहि मार्ग ...