मुख्य समाचार
महेन्द्र राजमार्गमा ईभी माइक्रो र सुमो ठोक्किँदा ११ जना घाइते
महेन्द्र राजमार्गमा ईभी माइक्रो र सुमो ठोक्किँदा ११ जना घाइते

: मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ पिपलबोटस्थित महेन्द्र राजमार्गमा ईभी माइक्रो र सुमो ठोक्किँदा ११ जना घाइते भएका छन्।

आइतबार दिउँसो १२:३० बजे काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज.०६९७ नम्बरको ईभी माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको ना.१ ज.५८७३ नम्बरको सुमो एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा सुमो चालकसहित सुमोमा सवार ६ जना र ईभी माइक्रो चालकसहित माइक्रोमा सवार ४ जना गरी ११ जना घाइते भएका प्रहरीले जनाएको छ।

घाइतेहरूको हेटौडा अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर)को चेक हस्तान्तरण गरेका हुन्। यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबर (२ ...
: धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा सडक ठूलो मात्रामा भासिएपछि पृथ्वी राजमार्गको आवतजावत पूर्णरूपमा ठप्प भएको छ। सडकको अवस्था यति जोखिमपूर्ण बनेको छ कि पैदल यात्रुलाई समेत आवतजावत गर्न कठिन भएको छ। गजुड़री गाउँपालिकाको-२ परेवाभीर क्षेत्रमा सडक भासिएपछि राजमार्गको अवस्था थप जोखिमपूर्ण बनेको हो। त्रिशूली नदीमा बढेको जलस्तरका कारण सडकको जग कमजोर बन्दै गएपछि सडक ...
: नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढीपीडितको खोजी,उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको भन्दै बैंकले राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम ...
: रसुवा बाढीमा बेपत्ता भएका ७६८ जनाको शव फेला परेको छ। नेपाल प्रहरीको आइतबार दिउँसो २ बजेसम्मको तथ्यांकअनुसार ७६८ जनाको शव फेला परेको हो। जसमा चितवनमा मात्रै २६४ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको छ। प्रहरीका ...
: रसुवाको भोटेकोशी बाढीपछि क्षति भएको विदुरको ढुंगे क्षेत्रमा भीड बढेपछि उद्धार टोलीलाई काम गर्न कठिन भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएको नुवाकोटको विदुर नगरपालिकास्थित ढुंगे बजार क्षेत्रसम्म सडक पहुँच भएकाले पीडित सार्वसाधारणका साथै क्षतिग्रस्त बजार हेर्न जाने र राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमको अत्यधिक भीड देखिएको छ। भीड बढेपछि सडक ...