मुख्य समाचार
चीन सरकारले विपद् व्यवस्थापनका लागि नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध
चीन सरकारले विपद् व्यवस्थापनका लागि नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध

: चीन सरकारले विपद् व्यवस्थापनका लागि नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। आइतबार बिहान चिनियाँ जनमुक्ति सेनाको वायुसेवाका दुईवटा वाई-२० विमान ५० टन सामग्री, ४ जना सुरुङ उद्धार विशेषज्ञ, उद्धार उपकरणहरू लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको नेपालस्थित चिनियाँ राजदूतावासले जनाएको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री माननीय महावीर पुन र नेपालका लागि चिनियाँ राजदूत महामहिम झाङ माओमिङले राहत सामग्री हस्तान्तरण समारोहमा सहभागिता जनाउँदै चिनियाँ उद्धार विशेषज्ञहरूलाई स्वागत गरेका थिए। मन्त्री महावीर पुनले संकटका बेला चीन सरकारले देखाएको सहयोगप्रति हार्दिक आभार व्यक्त गरे।

चीनको चेङ्दु शुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन घण्टाको उडान भरी दुई विमान नेपाल आएको चिनियाँ दूतावासले जनाएको छ। विमानहरूमा पाल, कम्बल, स्लिपिङ ब्याग, खाध्य सामग्री र प्राथमिक उपचार किटहरू गरी ५० टन तौल बराबरका कुल १३,२०० थान आपत्कालीन राहत सामग्री ल्याइएको छ।

हालसम्म रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएका ७३४ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहानसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट ७३४ जनाको मृत्यु र २ हजार ४९८ जना अझै सम्पर्कविहीन भएको जनाएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा सडक ठूलो मात्रामा भासिएपछि पृथ्वी राजमार्गको आवतजावत पूर्णरूपमा ठप्प भएको छ। सडकको अवस्था यति जोखिमपूर्ण बनेको छ कि पैदल यात्रुलाई समेत आवतजावत गर्न कठिन भएको छ। गजुड़री गाउँपालिकाको-२ परेवाभीर क्षेत्रमा सडक भासिएपछि राजमार्गको अवस्था थप जोखिमपूर्ण बनेको हो। त्रिशूली नदीमा बढेको जलस्तरका कारण सडकको जग कमजोर बन्दै गएपछि सडक ...
: नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढीपीडितको खोजी,उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको भन्दै बैंकले राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम ...
: रसुवा बाढीमा बेपत्ता भएका ७६८ जनाको शव फेला परेको छ। नेपाल प्रहरीको आइतबार दिउँसो २ बजेसम्मको तथ्यांकअनुसार ७६८ जनाको शव फेला परेको हो। जसमा चितवनमा मात्रै २६४ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको छ। प्रहरीका ...
: रसुवाको भोटेकोशी बाढीपछि क्षति भएको विदुरको ढुंगे क्षेत्रमा भीड बढेपछि उद्धार टोलीलाई काम गर्न कठिन भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएको नुवाकोटको विदुर नगरपालिकास्थित ढुंगे बजार क्षेत्रसम्म सडक पहुँच भएकाले पीडित सार्वसाधारणका साथै क्षतिग्रस्त बजार हेर्न जाने र राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमको अत्यधिक भीड देखिएको छ। भीड बढेपछि सडक ...
: गोसाइँकुण्ड पुगेका आन्तरिक तथा वाह्य पर्यटकहरू वैकल्पिक मार्गबाट काठमाडौं फर्कन थालेका छन् । रसुवाको भोटेकोशी बाढीपछि धुन्चेतर्फको नियमित मार्ग बन्द भएपछि गोसाइँकुण्ड पुगेकाहरू गोसाइँकुण्ड–दुप्चेश्वर–काठमाडौं हुँदै वैकल्पिक मार्गबाट काठमाडौं फर्कन थालेका हुन् । नियमित मार्ग बन्द भएपछि काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सञ्चालन गरिएको छ । सोहि मार्ग ...