मुख्य समाचार
नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने
नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने

: नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले एक करोड रूपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताए।

'सरकारले राहत तथा उद्धारका कार्यलाई तीव्रता दिनु आवश्यक छ, सुरुङमा फसेका नागरिकको उद्धारका लागि चाँडोभन्दा चाँडो प्रयास गर्दै तीव्रता दिनुपर्ने आवश्यकता छ, खोज तथा उद्धार परिणाममा केन्द्रीत हुनुपर्छ, हाम्रो क्षमताले भ्याएन भने अन्तरराष्ट्रियस्तरका विज्ञहरूको पनि सहयोग लिनुपर्छ,' उनले भने।

प्रवक्ता चालिसेले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पुर्‍याउन आग्रह गरे। उनले विभिन्न जिल्लाका नागरिक पनि पर्यटन र व्यावसायिक सिलसिलामा रसुवा र नुवाकोट पुगेको समयमा बाढीबाट पीडित हुन पुगेको बताउँदै तिनको पनि खोजविन र सुरक्षाका लागि ध्यान दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ पिपलबोटस्थित महेन्द्र राजमार्गमा ईभी माइक्रो र सुमो ठोक्किँदा ११ जना घाइते भएका छन्। आइतबार दिउँसो १२:३० बजे काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज.०६९७ नम्बरको ईभी माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको ना.१ ज.५८७३ नम्बरको सुमो एकआपसमा ठोक्किएका हुन्। दुर्घटनामा सुमो चालकसहित सुमोमा सवार ६ जना र ईभी माइक्रो चालकसहित माइक्रोमा सवार ४ जना ...
: गल्छी गाउँपालिकामा राहत वितरणको विषयलाई लिएर सांसद आशिका तामाङ र वडाध्यक्षहरूबीच चर्काचर्की भएको छ। सांसद तामाङका शनिबार (हिजो) गल्छी गाउँपालिकाको कार्यालय पुग्दा विभिन्न संघ-संस्थाबाट प्राप्त राहत सामग्री गाउँपालिका भवनमा थुप्रिएको भए पनि बाढीपीडितले भने राहत पाउन नसकेको बताएकी छन् । 'सरकारले राहत दिनुभन्दा अगाडि नै संघ-संस्थाले दिएको राहतले गाउँपालिका भवन भरिभराउ थियो, तर जनताका ...
: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा आफ्नो दृष्टिकोण र भूमिका सुधार्न सरकारलाई आग्रह गरेका छन्। आइतबार पार्टी कार्यालयमा रसुवाको बाढीपहिरोबारे पार्टीको स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै ओलीले रसुवा बाढीपछि सरकार एक्लै अघि बढ्न खोजेको भन्दै आपत्ति जनाए। उनले यसलाई राष्ट्रिय विपत्तिको रूपमा बुझेर तीनै तहका सरकार र सरोकारवालासँग समन्वय गरी प्रभावकारी रूपमा अघि बढ्न ...
: मोरङको मिक्लाजुङ गाउँपालिका–१ लोकडाँडामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् ।शनिबार राति करिब १० बजेतिर शुके–जौवारी कच्ची सडकमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ९१७८ नम्बरको ट्याक्टर सडकबाट करिब ४० मिटर तल खसेको थियो । ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । ...
: भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित भएकाहरुको उद्धार तथा राहतका लागि सिद्धार्थ बैंक लिमिटेडले २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको छ। उक्त रकम बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध सिद्धार्थ बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिन र राहत कार्यलाई थप प्रभावकारी ...