मुख्य समाचार
त्रिशुली ३ 'ए' जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ब्लास्टिङ गर्नेसम्मका प्रयास
त्रिशुली ३ 'ए' जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ब्लास्टिङ गर्नेसम्मका प्रयास

: नुवाकोटस्थित माथिल्लो त्रिशुली ३ 'ए' जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाइएको छ।

​प्राप्त पछिल्लो जानकारी अनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कूल ९० जनाको संयुक्त टोली खटिएको छ।

​यसअघि टोलीले दिउँसो २:०० बजे सुरङको मुख्य भाग ('क्राउन हेड') मा पुगेर २×३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले (र्‍यापेल गरेर) टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ।

​उद्धार टोली कठिन र जोखिमपूर्ण परिस्थितिका बाबजुद अहोरात्र खटिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ पिपलबोटस्थित महेन्द्र राजमार्गमा ईभी माइक्रो र सुमो ठोक्किँदा ११ जना घाइते भएका छन्। आइतबार दिउँसो १२:३० बजे काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज.०६९७ नम्बरको ईभी माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको ना.१ ज.५८७३ नम्बरको सुमो एकआपसमा ठोक्किएका हुन्। दुर्घटनामा सुमो चालकसहित सुमोमा सवार ६ जना र ईभी माइक्रो चालकसहित माइक्रोमा सवार ४ जना ...
: गल्छी गाउँपालिकामा राहत वितरणको विषयलाई लिएर सांसद आशिका तामाङ र वडाध्यक्षहरूबीच चर्काचर्की भएको छ। सांसद तामाङका शनिबार (हिजो) गल्छी गाउँपालिकाको कार्यालय पुग्दा विभिन्न संघ-संस्थाबाट प्राप्त राहत सामग्री गाउँपालिका भवनमा थुप्रिएको भए पनि बाढीपीडितले भने राहत पाउन नसकेको बताएकी छन् । 'सरकारले राहत दिनुभन्दा अगाडि नै संघ-संस्थाले दिएको राहतले गाउँपालिका भवन भरिभराउ थियो, तर जनताका ...
: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा आफ्नो दृष्टिकोण र भूमिका सुधार्न सरकारलाई आग्रह गरेका छन्। आइतबार पार्टी कार्यालयमा रसुवाको बाढीपहिरोबारे पार्टीको स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै ओलीले रसुवा बाढीपछि सरकार एक्लै अघि बढ्न खोजेको भन्दै आपत्ति जनाए। उनले यसलाई राष्ट्रिय विपत्तिको रूपमा बुझेर तीनै तहका सरकार र सरोकारवालासँग समन्वय गरी प्रभावकारी रूपमा अघि बढ्न ...
: मोरङको मिक्लाजुङ गाउँपालिका–१ लोकडाँडामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् ।शनिबार राति करिब १० बजेतिर शुके–जौवारी कच्ची सडकमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ९१७८ नम्बरको ट्याक्टर सडकबाट करिब ४० मिटर तल खसेको थियो । ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । ...
: भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित भएकाहरुको उद्धार तथा राहतका लागि सिद्धार्थ बैंक लिमिटेडले २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको छ। उक्त रकम बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध सिद्धार्थ बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिन र राहत कार्यलाई थप प्रभावकारी ...