मुख्य समाचार
बागमतीको ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन
बागमतीको ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

। प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा फोहर पानीको विसर्जन तत्काल नियन्त्रण गरी नदी संरक्षण र पुनर्जीवनका लागि एकीकृत योजना बनाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले बागमती सभ्यता आयोजनाको दीर्घकालीन सफलता सुनिश्चित गर्न एकीकृत संस्थागत संयन्त्र निर्माण, स्पष्ट जिम्मेवारी निर्धारण, नियमित अनुगमन तथा सार्वजनिक जवाफदेहिताको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

समितिमा सांसदहरूले बागमतीको वातावरणीय पुनर्जीवनलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटन सम्पदासँग एकीकृत गरी ‘हेरिटेज रिभर करिडोर’का रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले बागमती नदीको अधिकार क्षेत्र स्पष्ट निर्धारण गरी अतिक्रमण नियन्त्रण, नदी क्षेत्र संरक्षण तथा बाढी जोखिम व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउन पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएका हुन्।



‘स्वच्छ बागमतीलाई पहिलो प्राथमिकता दिई नदीमा हुने सम्पूर्ण ढल तथा फोहर पानीको विसर्जन तत्काल नियन्त्रण गर्ने योजना बनाउनुपर्छ,’ उनले भने, ‘बागमतीको सौन्दर्यीकरणलाई संरचना निर्माणमा मात्र सीमित नगरी हरित, खुला, पैदलमैत्री तथा नागरिकमैत्री नदी करिडोरका रूपमा विकास गर्नुपर्छ।’

बैठकमा सांसदहरू राजुनाथ पाण्डे, बासना थापा, प्रदीप विष्टलगायतले काठमाडौँ उपत्यका भएर बग्ने बागमती नदी र त्यसका सहायक नदीहरूको किनारालाई सफा र स्वच्छ बनाउने समयमै सम्पन्न गरिनुपर्नेमा जोड दिए।

स्वच्छ बागमती निर्माणका कार्यक्रम सञ्चालनका लागि पर्याप्त बजेट विनियोजन गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ। समितिले बागमती नदीको संरक्षण, वातावरणीय पुनर्जीवन, अतिक्रमण नियन्त्रण तथा बाढी जोखिम व्यवस्थापनलाई छुट्टाछुट्टै कार्यक्रमका रूपमा नभई एकीकृत योजनाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ।

बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष डा आनन्दसिंह भाटले खोला किनारालाई हरियाली बनाउने र नदी कटान नियन्त्रण गर्न तटबन्ध निर्माणलाई तीव्रता दिएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपाका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की र प्रधानमन्त्री कार्यालयमै थुनियो भन्ने कुरा आउनु गम्भीर विषय भएको बताएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उनले अख्तियारका अधिकारीहरू कुन मानसिकतामा काम गरिरहेका छन् भन्नेमा प्रसंगमा यो कुरा उठाएका हुन् । ‘म यहाँ एउटा गम्भीर विषय उठाउन चाहन्छु। यो व्यक्ति प्रेम ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्ने मुद्दाहरूको न्युन सफलता दरप्रति चासो व्यक्त गरेका छन् । बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले त्यसले निर्दोष व्यक्तिहरूको जीवनमा पार्ने गम्भीर असरबारे चासो व्यक्त गरेका हुन् । भ्रष्टाचार नियन्त्रणका नाममा गरिने कानूनी कारबाहीले व्यक्तिको सामाजिक प्रतिष्ठा र वृत्तिविकासमा अपूरणीय ...
। सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–७ का १९ वर्षीय सुदीप कटुवाल छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनले नाबालिकलाई फेसबुकमा साथी बनाएर अश्लिल सामाग्री पोस्ट गरी चरित्र हत्या गरेको आरोप छ । कटुवालविरुद्ध साइबर कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको ...
। संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विद्यमान सबै उपसमितिहरूलाई विघटन गरी कार्यगत विशिष्टताका आधारमा दुईवटा नयाँ उपसमिति गठन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकमाथिको बढ्दो चाप र उजुरीहरूको प्रभावकारी व्यवस्थापनका लागि नयाँ उपसमितिहरू गठन गर्ने निर्णय गरेको हो । समितिका सभापति हरि ढकालले बैठकले पुराना उपसमितिहरूमध्ये केहीले कार्य सम्पन्न गरिसकेको ...
। चोरीका गरगहनासहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चोरीका गरगहना खरिद गर्ने विनोद शाक्य, चोरी गर्नेहरु सुनसरीका २२ वर्षीय सुविन घिमिरे, मकवानपुरका २६ वर्षीय सुरज विक, काभ्रेका २६ वर्षीय संजय तामाङ, काठमाडौंका ३६ वर्षीय रवीन मर्जहन र चोरीको गहना बेचबिखन गर्ने काठमाडौंका ३५ वर्षीय रवि महर्जन छन् । उनीहरुले १४ साउनको बिहान साढे ७ ...