मुख्य समाचार
सरकारले विद्युत् खरिद सम्झौता (पीपीए) खोल्न प्रक्रिया अगाडि बढाएको छ
सरकारले विद्युत् खरिद सम्झौता (पीपीए) खोल्न प्रक्रिया अगाडि बढाएको छ

। सरकारले विद्युत् खरिद सम्झौता (पीपीए) खोल्न प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीए खोल्नका लागि आवश्यक मापदण्ड तयार गर्न उपसमिति गठन गरेको हो ।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित उपसमितिले सात दिनभित्र मापदण्ड तयार पारेर बोर्डमा पेस गर्नेछ ।

उपसमितिमा विद्युत् विकास विभागका उपमहानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सीडीई शालिग्राम भण्डारी, विज्ञ रिवाज शर्मा सदस्य रहेका छन्, भने व्यापार शाखाका निर्देशक सदस्य सचिव रहेका छन् ।

सञ्चालक समितिको निर्णयमा भनिएको छ, ‘आर्थिक ऐन, २०८३ मा व्यवस्था भएबमोजिम उत्पादन अनुमति प्राप्त ऊर्जा उत्पादकहरूसँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने सम्बन्धमा विद्यमान आधार र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट गठित समितिको सिफारिससमेतको अध्ययन विश्लेषण गरी विद्युत् खरिद सम्झौता (पीपीए) को मापदण्ड ७ दिनभित्र तयार गर्न सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चोरीका गरगहनासहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चोरीका गरगहना खरिद गर्ने विनोद शाक्य, चोरी गर्नेहरु सुनसरीका २२ वर्षीय सुविन घिमिरे, मकवानपुरका २६ वर्षीय सुरज विक, काभ्रेका २६ वर्षीय संजय तामाङ, काठमाडौंका ३६ वर्षीय रवीन मर्जहन र चोरीको गहना बेचबिखन गर्ने काठमाडौंका ३५ वर्षीय रवि महर्जन छन् । उनीहरुले १४ साउनको बिहान साढे ७ ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले बागमती प्रदेश सभाका सदस्य एवं संसदीय दलका नेता उद्धव थापालाई गरिएको कारबाहीप्रति आपत्ति जनाएका छन् । बिहीबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले उद्धव थापालाई जबरजस्ती कारबाही गरेको भन्दै आफ्नो असहमति रहेको बताए । संसदीय दलका नेता उद्धव थापामाथि गरिएको कारबाहीको निर्णय पार्टीको विधि, विधान ...
। मनास्लु हिमालको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा आयोजित ‘मनास्लु प्लेटिनम जुब्ली’ कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपालस्थित जापानी राजदूतावासले नेपाल पर्वतारोहण संघ (एनएमए)लाई ‘राजदूत सम्मान’ प्रदान गरेको छ । नेपालस्थित जापानी राजदूत माइदा तोरुले एक समारोहबीच नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पालाई उक्त सम्मान प्रदान गरेका हुन् । सम्मान ग्रहणपछि ...
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले पासपोर्टको ठेक्का प्रकरणमा मुद्दा लैजानुअघि प्रधानमन्त्रीसँग छलफल भएको संसदीय समितिलाई नै जानकारी दिएका छन् । राज्य व्यवस्था समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रमुख आयुक्त राईले यस्तो छलफललाई स्वाभाविक भएको आसय व्यक्त गरेका छन् । ‘प्रधानमन्त्रीज्यूले बोलाउनु भएको हो कि होइन भन्नेमा प्रश्नमा छलफल गर्न बोलाउन सकिन्छ । ...
। धवलशमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा बसेको पार्टीको प्रथम केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संंविधान संशोधनका लागि सरकारले रायसुझाव संकलन गरेको सन्दर्भमा संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत सिर्जना गर्दै सम्बन्धित तहमा ...