मुख्य समाचार
अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते
अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

। डोटीमा यात्रु बोकेको अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार घाइते भएका छन् ।

बिहीबार केआईसिंह गाउँपालिका–४ बास्कोट भन्ने ठाउँमा सुपप्र ०१००१ ह ८६८४ नम्बरको अटोरिक्सा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनमा परेर केआईसिंह गाउँपलिका–३ की ५५ वर्षीया लछु ऐरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल, धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ ।

घाइते हुनेहरूमा केआईसिंह गाउँपालिका–३ देउकाँडाकी ३५ वर्षीया गौरीदेवी मल्ल, वासुदेवीकी ५५ वर्षीया हरिनादेवी बम, १५ वर्षीया चेतना ऐर र ४५ वर्षीया मातादेवी ऐर रहेका छन् ।



घाइते मातादेवीको अवस्था सामान्य र अन्य तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय दीपेन्द्र बमले चलाएको अटोरिक्सा वायलबाट देउरडीतर्फ जाने क्रममा ब्रेक फेल भई सडकको दाँया साइडको नालीमा पल्टिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले पासपोर्टको ठेक्का प्रकरणमा मुद्दा लैजानुअघि प्रधानमन्त्रीसँग छलफल भएको संसदीय समितिलाई नै जानकारी दिएका छन् । राज्य व्यवस्था समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रमुख आयुक्त राईले यस्तो छलफललाई स्वाभाविक भएको आसय व्यक्त गरेका छन् । ‘प्रधानमन्त्रीज्यूले बोलाउनु भएको हो कि होइन भन्नेमा प्रश्नमा छलफल गर्न बोलाउन सकिन्छ । ...
। धवलशमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा बसेको पार्टीको प्रथम केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संंविधान संशोधनका लागि सरकारले रायसुझाव संकलन गरेको सन्दर्भमा संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत सिर्जना गर्दै सम्बन्धित तहमा ...
। प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा फोहर पानीको विसर्जन तत्काल नियन्त्रण गरी नदी संरक्षण र पुनर्जीवनका लागि एकीकृत योजना बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिले बागमती सभ्यता आयोजनाको दीर्घकालीन सफलता सुनिश्चित गर्न एकीकृत संस्थागत संयन्त्र निर्माण, स्पष्ट जिम्मेवारी निर्धारण, नियमित अनुगमन तथा सार्वजनिक जवाफदेहिताको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ...
। पौडी खेल्ने क्रममा कर्णाली नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ सुनाखाडास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बिहीबार दुई बालबालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज ढकालले बताए । ढकालका अनुसार खार्पुनाथ–१ का रामचन्द्र रावलको १३ वर्षीय छोरा प्रशान्त रावल र बृख शाहीकी ११ वर्षीया छोरी अनु शाही नुहाउने क्रममा ...
। जापानी इन्सेफ्टाइटिसबाट सप्तरी र कैलालीमा चार जनाको मृत्यु भएको छ । सप्तरीमा दुई जना र कैलालीमा दुई जनाको मृत्यु भएको हो । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका–३ का १४ वर्षीय शिवकुमार रामको जापनी इन्सेफ्लाइटिसका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका स्वास्थ्य अधिकृत सतिश यादवले जानकारी दिए । उनका ...