मुख्य समाचार
थापाले सरकार, संसद्, अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरू जनताको नजरमा प्रमाणित र स्वीकार्य हुनुपर्ने बताए
थापाले सरकार, संसद्, अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरू जनताको नजरमा प्रमाणित र स्वीकार्य हुनुपर्ने बताए

। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरू जनताको नजरमा प्रमाणित र स्वीकार्य हुनुपर्ने बताएका छन् ।

नन्दप्रसाद जानुका फाउण्डेशनले बिहीबार काठमाडौंमा आयोजना गरेको दोलखाका लोकनायकहरू पुस्तक बिमोचन कार्यक्रममा सभापति थापाले सरकार, संसद्, अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरू केवल कानुनसम्मत भएर मात्र नपुग्ने भन्दै तिनको औचित्य जनताको नजरमा प्रमाणित र स्वीकार्य हुनुपर्ने बताएका हुन् ।

अहिले चुनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्ने उनको भनाइ थियो ।

संसद्मा प्राप्त १ मिनेटको शून्य समयमा बोल्दा समेत सांसदहरूले गम्भीर तयारी, सचेतता र पूर्ण जिम्मेवारीका साथ शब्द चयन गर्नुपर्ने पनि उनले बताए ।

विगतमा कांग्रेस–एमाले वा तत्कालीन नेकपासँग भएको दुई तिहाइको शक्ति जनताको असन्तुष्टिका कारण कसरी समाप्त भयो भन्ने इतिहासबाट पाठ सिक्नुपर्ने धारणा थापाको थियो ।

साथै उनले नयाँ उदाएका राजनीतिक दलहरूले विगतका गल्तीहरू नदोहोर्याई आफ्ना कमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए ।

मुलुकले अब थप कुनै ‘राजनीतिक दुस्साहस’ थेग्न नसक्ने भएकाले पाँच वर्षको कार्यकाललाई रचनात्मक र व्यवस्थित बनाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले पासपोर्टको ठेक्का प्रकरणमा मुद्दा लैजानुअघि प्रधानमन्त्रीसँग छलफल भएको संसदीय समितिलाई नै जानकारी दिएका छन् । राज्य व्यवस्था समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रमुख आयुक्त राईले यस्तो छलफललाई स्वाभाविक भएको आसय व्यक्त गरेका छन् । ‘प्रधानमन्त्रीज्यूले बोलाउनु भएको हो कि होइन भन्नेमा प्रश्नमा छलफल गर्न बोलाउन सकिन्छ । ...
। धवलशमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा बसेको पार्टीको प्रथम केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संंविधान संशोधनका लागि सरकारले रायसुझाव संकलन गरेको सन्दर्भमा संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत सिर्जना गर्दै सम्बन्धित तहमा ...
। प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा फोहर पानीको विसर्जन तत्काल नियन्त्रण गरी नदी संरक्षण र पुनर्जीवनका लागि एकीकृत योजना बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिले बागमती सभ्यता आयोजनाको दीर्घकालीन सफलता सुनिश्चित गर्न एकीकृत संस्थागत संयन्त्र निर्माण, स्पष्ट जिम्मेवारी निर्धारण, नियमित अनुगमन तथा सार्वजनिक जवाफदेहिताको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ...
। पौडी खेल्ने क्रममा कर्णाली नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ सुनाखाडास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बिहीबार दुई बालबालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज ढकालले बताए । ढकालका अनुसार खार्पुनाथ–१ का रामचन्द्र रावलको १३ वर्षीय छोरा प्रशान्त रावल र बृख शाहीकी ११ वर्षीया छोरी अनु शाही नुहाउने क्रममा ...
। जापानी इन्सेफ्टाइटिसबाट सप्तरी र कैलालीमा चार जनाको मृत्यु भएको छ । सप्तरीमा दुई जना र कैलालीमा दुई जनाको मृत्यु भएको हो । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका–३ का १४ वर्षीय शिवकुमार रामको जापनी इन्सेफ्लाइटिसका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका स्वास्थ्य अधिकृत सतिश यादवले जानकारी दिए । उनका ...