मुख्य समाचार
मुलुकको लेखा परीक्षण प्रणालीलाई प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापन र कानुनी स्पष्टता आवश्यक रहेको बताए
मुलुकको लेखा परीक्षण प्रणालीलाई प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापन र कानुनी स्पष्टता आवश्यक रहेको बताए

। महालेखा परीक्षक तोयम रायाले मुलुकको लेखा परीक्षण प्रणालीलाई प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापन र कानुनी स्पष्टता आवश्यक रहेको बताएका छन् ।

सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले सरकारी निकाय र संस्थाहरुमा वित्तीय उत्तरदायित्व वहन गर्ने अधिकारीको स्पष्ट किटान नहुँदा बेरुजु फर्स्यौटमा समस्या देखिएको उल्लेख गरे ।

महालेखा परीक्षक रायाले विभिन्न ऐनहरू निर्माण हुने क्रममा लेखा परीक्षणको जिम्मेवारी महालेखा परीक्षकको कार्यालयलाई दिने गरिए पनि सोही अनुपातमा साधन–स्रोत र जनशक्तिको व्यवस्थापन नभएकोतर्फ ध्यानाकर्षण गराए ।

विशेषगरी विश्वविद्यालयजस्ता संस्थाहरूमा ‘लेखा उत्तरदायी अधिकृत’ को हुने भन्ने विषय कानूनमा स्पष्ट नहुँदा बेरुजुको दायित्व निर्धारणमा जटिलता उत्पन्न भएको उनको भनाइ छ ।



नेपालको आर्थिक प्रणालीका बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतले समेत नजिकबाट नियालिरहेकाले सुधारका प्रयासहरू छिटो हुनुपर्नेमा उनले जोड दिए ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीअनुसार सरकारले वित्तीय विषयमा महालेखा परीक्षकको राय लिनुपर्ने बाध्यात्मक व्यवस्था रहेको स्मरण गराउँदै रायाले अर्थ मन्त्रालयसँग समन्वय भइरहेको पनि बताए ।

वैदेशिक सहायता र अनुदानका सन्दर्भमा दाताका सर्तहरू पालना गर्न कहिलेकाहीँ कार्यपालिकालाई कठिन हुने गरेको अनुभव समेत उनले समितिको बैठकमा जानकारी गराए ।

केही मन्त्रालयहरूले महालेखाको प्रतिवेदनमा उल्लेखित रकम फरक परेको भनी उठाएको प्रश्नको खण्डन गर्दै रायाले प्रतिवेदनलाई अन्तिम रूप दिनुअघि सम्बन्धित मन्त्रालयका सचिवहरूसँग परामर्श र पुष्ट्याइँ गरिने स्पष्ट पारे ।

वैदेशिक ऋण र अनुदानको शोधभर्ना समयमै लिन नसक्नुमा सम्बन्धित आयोजना प्रमुख र सचिवहरूको जिम्मेवारी हुने रायाले बताउनु भयो । कर्मचारीको बारम्बार हुने सरुवाले पनि कतिपय अवस्थामा शोधभर्ना प्रक्रियामा असर पुर्‍याएको उनको विश्लेषण छ ।

‘देशका १८ मध्ये १७ वटा विश्वविद्यालयको लेखा परीक्षण महालेखा परीक्षकको कार्यालयले गर्ने व्यवस्था छ । तर त्यहाँको बेरुजु फर्स्योट र वित्तीय जवाफदेहिता रजिस्ट्रार वा उपकुलपति कसको हुने भन्ने विषयमा कानुन मौन छ,’ उनले भने, ‘यसलाई स्पष्ट पार्न जरुरी छ । हामीले मन्त्रालयमा मस्यौदा पठाएर फिडब्याक लिएपछि मात्र प्रतिवेदन तयार गर्छौं । यदि त्यतिबेला मन्त्रालयबाट जवाफ आएन भने त्यो सम्बन्धित निकायको कमजोरी हो ।’

महालेखा परीक्षकको कार्यालयले पछिल्लो समय गरेको वकालत र सहजीकरणका कारण स्थानीय तहहरूमा वित्तीय चेतना बढेको पाइएको छ ।

विगतमा प्रारम्भिक प्रतिवेदनमाथि प्रतिक्रिया दिने स्थानीय तहको संख्या करिब १ सय ५० मात्र रहेकोमा यस वर्ष ५ सय ४१ पुग्नुलाई उनले सकारात्मक उपलब्धिका रूपमा लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। डोटीमा यात्रु बोकेको अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार घाइते भएका छन् । बिहीबार केआईसिंह गाउँपालिका–४ बास्कोट भन्ने ठाउँमा सुपप्र ०१००१ ह ८६८४ नम्बरको अटोरिक्सा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनमा परेर केआईसिंह गाउँपलिका–३ की ५५ वर्षीया लछु ऐरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई ...
। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरू जनताको नजरमा प्रमाणित र स्वीकार्य हुनुपर्ने बताएका छन् । नन्दप्रसाद जानुका फाउण्डेशनले बिहीबार काठमाडौंमा आयोजना गरेको दोलखाका लोकनायकहरू पुस्तक बिमोचन कार्यक्रममा सभापति थापाले सरकार, संसद्, अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरू केवल कानुनसम्मत भएर मात्र नपुग्ने भन्दै तिनको औचित्य जनताको नजरमा ...
। मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका संयोजक दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ । बिहीबार दिउँसो ठूलो संख्यामा पुगेको प्रहरीको टोलीले उनको घरमा खानतलासी गरेको हो । भक्तपुर प्रहरी र अपराध अनुसन्धान कार्यालय सहितको टोलीले प्रसाईंको घरमा खानतलासी गरेको प्रहरी स्रोतले बताएको छ । सो क्रममा केही थान मोबाइल डिभाईस ...
। जिल्ला प्रहरी कार्यालय, संखुवासभाले एक महिनामा ११ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामै ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । आपराधिक घटनाका फरार प्रतिवादीलाई खोजी तथा पक्राउ तीव्र पार्ने क्रममा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालले बताए । प्रहरीका अनुसार ...
। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापत चार करोड १७ लाख रुपैयाँभन्दा बढी बुझाएका छन् । ढोरपाटनमा वर्षमा दुई चरणमा सिकार हुने गर्छ । पहिलो चरणमा तीन करोड तीन लाख पाँच हजार र ...