मुख्य समाचार
अस्ट्रेलियामा बेरोजगारी दर जुलाईमा बढेर ४.५ प्रतिशत पुगेको छ
अस्ट्रेलियामा बेरोजगारी दर जुलाईमा बढेर ४.५ प्रतिशत पुगेको छ

। अस्ट्रेलियामा बेरोजगारी दर जुलाईमा बढेर ४.५ प्रतिशत पुगेको छ। बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार अर्थशास्त्रीहरूले दर ४.४ प्रतिशतमा स्थिर रहने अनुमान गरे पनि बेरोजगारी बढेको हो।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) का अनुसार जुनदेखि जुलाईसम्म रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या १५ हजार ८०० ले घट्दा बेरोजगारको सङ्ख्या चार हजार २०० ले बढेको छ । जुलाईको बेरोजगारी दर सन् २०२१ को नोभेम्बरपछि उच्चमध्ये एक हो।

एबीएसका श्रम तथ्याङ्क प्रमुख सीन क्रिकका अनुसार जुलाईमा पुरुषको रोजगारी ११ हजार र महिलाको पाँच हजारले घटेको छ। आंशिक समय काम गर्ने महिलाको सङ्ख्या २२ हजारले घटे पनि पूर्ण समय काम गर्ने महिलाको सङ्ख्या १७ हजारले बढेको उनले बताए।

यस अवधिमा कुल काम गर्ने समय शून्य दशमलव छ प्रतिशतले घटेर एक अर्ब ९९ करोड घण्टामा झरेको छ‍‍। रोजगारीमा रहेका वा काम खोजिरहेका काम गर्ने उमेर समूहको सहभागिता दर पनि जुनको ६७ प्रतिशतबाट घटेर जुलाईमा ६६.९ प्रतिशतमा पुगेको एबीएसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेकाे 'इकोनोमिक डी-डे' (निर्णायक आर्थिक कारबाही) प्रति तीव्र आलोचना गरेका छन्। अमेरिकाले आफ्नो आन्तरिक आर्थिक संकटबाट विश्वको ध्यान मोड्नका लागि यस्तो कदम चालेको अराघचीले दाबी गरेका छन्। सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै विदेशमन्त्री अराघचीले अमेरिकाको यो प्रयास आफ्नै आर्थिक समस्या र संकटलाई ढाकछोप गर्ने रणनीति मात्र भएको उल्लेख ...
: अमेरिकी सरकारको कुल सार्वजनिक ऋण इतिहासमै पहिलोपटक ४०० खर्ब (४० ट्रिलियन) अमेरिकी डलर नाघेको छ। अमेरिकी अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कुल राष्ट्रिय ऋण ४०.०४७ ट्रिलियन डलर पुगेको हो। अमेरिकी ऋण बढ्ने गति पछिल्ला महिनाहरूमा झन् तीव्र बनेको छ। गत वर्षको अक्टोबरमा ३८० खर्ब डलर रहेको ऋण १० महिनाको अवधिमै २० खर्ब डलरले बढेर ...
: मध्य अफ्रिकी गणतन्त्र (सीएआर) को पश्चिमी क्षेत्रस्थित क्यामरुन सीमा नजिकै एउटा सुनखानी भासिँदा कम्तीमा १ सय भन्दा बढी मानिसको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यम तथा क्यामरुनको गारुआ-बुलाई शहरका मेयर अदमो अब्दोनका अनुसार यो दुर्घटना मंगलबार अपरान्ह बाबुआ शहरबाट करिब ५० किलोमिटर टाढा रहेको जाम्बोए गाउँमा भएको हो। उद्धार कार्यमा खटिएका रेडक्रसका स्वयम्सेवक गेर्भिस गानागोरोह, स्थानीय खानी ...
: रूसले रातभर गरेका मिसाइल आक्रमणमा युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार बिहीबार भएको आक्रमणमा आवासीय भवन तथा गोदामहरूलाई मुख्य निशाना बनाइएको थियो। आक्रमण लगत्तै खटिएका उद्धार टोलीहरू भग्नावशेषमा रहेका मानिसहरूको खोजीमा छन्। उद्धारकर्ताहरूले अहिलेसम्म एक जनालाई भग्नावशेषबाट जीवितै ...
: केन्याको साम्बुरु काउन्टीमा बुधबार भएको एक हेलिकप्टर दुर्घटनामा इक्वेडरका गुप्तचर प्रमुख मिसेल सेन्सी कोन्टोजी र उनकी पत्नी स्टेफनी होलिहानसहित सात जनाको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउने अन्य पाँच जना अमेरिकी नागरिक रहेको अमेरिकी विदेश मन्त्रालयले पुष्टि गरेको छ। केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार युरोकप्टर ईसी–१३० बी४ मोडलको उक्त हेलिकप्टरमा एक पाइलट र ६ जना ...