मुख्य समाचार
रवि लामिछानेले प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्रै संविधान संशोधनका लागि पर्याप्त अंक नभएको बताए
रवि लामिछानेले प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्रै संविधान संशोधनका लागि पर्याप्त अंक नभएको बताए

। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्रै संविधान संशोधनका लागि पर्याप्त अंक नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आफ्नो धारणा राख्दै सभापति लामिछानेले रास्वपा सांसदलाई संविधान संशोधनको कुरा यसरी नउठाउन आग्रह गरेका हुन् ।

‘कतिपय साथीहरूले हामी संविधान संशोधन गर्छौं भन्नुभयो । प्रतिनिधिसभामा दुई तिहाइ पुग्दैमा त्यो संविधान संशोधन गर्न पर्याप्त अंक होइन,’ लामिछानेले भने, ‘संविधान संशोधनको लागि प्रतिनिधिसभाको दुई तिहाइले मात्र हुन सक्दैन ।’

यस्ता कुरा बोल्दा विषयवस्तुको संवेदनशीलतामा ध्यान दिनुपर्ने उनले बताए । ‘सरकारलाई सघाउँछौं’ भन्ने कुरामा भने आफूले स्वागत गर्ने बताएका छन् ।

‘स्पिरिटका आधारमा ठीक छ । तर, तथ्यमा, कानुन र संविधान सबै कुरालाई याद गर्नुपर्ने हुन्छ’, उनले भने ।

अहिले संविधानमा भएको कुरालाई मान्ने र अधिकतम रूपमा जनताको म्यान्डेटलाई पूरा गर्नेमा प्रतिबद्ध हुनुपर्नेमा लामिछानेले जोड दिए ।

‘हामीले अदालत पनि पार्टीको हो, यो पनि पार्टीको हो भनिदिन अलिकति मिल्दैन,’ उनले अगाडि भने, ‘किनभने संविधानमा भएको व्यवस्था अनुसार नै संवैधानिक निकायका व्यक्तिहरू संविधानले नै दिएका तत् तत् दायित्व पूरा गरेर नियुक्त गरेका हुन् ।’

अहिले सांसदहरूले असाध्यै धेरै आरोपित गरेर भनिदिँदा ती संस्थाहरूको र ती संस्थाको नेतृत्व गर्ने व्यक्तिहरूको मानमर्दन हुनजाने उनले टिप्पणी गरे । आफू व्यक्तिको पछाडि नरहेको पनि उनले प्रष्ट्याए ।

संस्थाको मानमर्दन नहोस् भन्नेमा आफू सतर्क रहेको बताउँदै त्यसले संस्थाको क्षयीकरण हुने चिन्ता व्यक्त गरे ।

‘संस्थाको क्षयीकरण गर्दैगए त्यसले अन्ततोगत्वा लोकतन्त्रलाई धेरै कमजोर बनाउँछ कि भन्ने मेरो आफ्नो रियलाइजेसन हो,’ लामिछानेले भने ।

व्यक्तिका रिसले लोकतन्त्रका आधारशीलाका रूपमा रहेका लोकतान्त्रिक संस्थाहरूलाई मक्काउन र ढाल्न खोजे ती संस्थाहरू कमजोर हुँदैजाने र एउटा कालखण्डमा पुगेर तीनको विश्वासनीयता जिरोमा जाने उनले टिप्पणी गरे ।

उनले अगाडि भने, ‘त्यसले अन्ततोगत्वा लोकतन्त्र र प्रणालीलाई धरासायी बनाउने ठाउँमा पुर्‍याउँछ ।’

आफूले कसैले कसैलाई नटेर्ने, कसैले कसैको विश्वास नगर्ने समाजको परिकल्पना नगरेको पनि सभापति लामिछानेले बताए ।

‘हामीले गर्ने संशोधनले सके एकदुई वटा इँटा थप्ने, नसके त्यसलाई क्षयीकरण गर्न नदिने गरेर पनि समस्या समाधान गर्ने बाटो पहिल्याउनुपर्छ कि भन्ने मलाई लाग्छ,’ लामिछानेले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनता टेलिभिजनका अध्यक्ष डा. विजयकुमार पौडेल पक्राउ परेका छन् । पौडेललाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए । उनका अनुसार पौडेलविरुद्ध डेढ लाखको चेक बाउन्सको उजुरी प्रहरी वृत्त सिंहदरबारमा परेको थियो । उनलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनी एमाले पार्टीमा रहँदा सांसद समेत ...
। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले राज्यको ढुकुटीबाट हुने खर्च र वैदेशिक सहायताको परिचालन पारदर्शी हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बिहीवार बोल्दै पूर्वमन्त्री समेत रहेका पुनले जनताले राज्यको खर्चबारे जानकारी पाउनु लोकतान्त्रिक अधिकार भएको उल्लेख गरेका हुन् । सांसद पुनले खर्चको पारदर्शिता सुनिश्चित गर्ने मुख्य माध्यम संसद र संसदीय समितिहरू ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले ठूलो आवाज गर्दैमा तर्क र तथ्य ठूलो नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा कुरा राख्दै सभापति लामिछानेले सांसदहरूलाई चर्को नबोल्न सुझाव दिँदै यस्तो बताएका हुन् । ‘म पनि चर्को आवाज गर्दै अर्को ठाउँमा आएको हुनाले मेरो आफ्नै अनुभवले के भन्छ भने कैलेकाहीँ ठूलो ...
। बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा काठमाडौंमा माइतीघरमा पनि प्रदर्शन भएको छ । ‘गरिमा चौधरीलाई न्याय दे, ११८ महिला प्रतिनिधिहरू मुर्दावाद, महिला बालबालिका आयोग कहाँ छ ?, बलात्कारीलाई फाँसी दे,’ लगायतका प्लेकार्ड बोकेर माइतीघरमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । बालिका हत्याको विरोधमा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका नीजि तथा सामुदायिक विद्यालयहरूले बिहीबार ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीबार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिंदै गएको बताए । वैदेशिक सहायता घट्दै गएपछि वैकल्पिक रूपमा निजी पूँजी परिचालन गर्नुपर्ने अवस्था आएको उनले बताए । उनका अनुसार नेपालले पहिलो बजेटदेखि नै राजश्वले नपुग्ने खर्च ...