मुख्य समाचार
लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक सहायता परिचालन हुने गरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई निर्देशन
लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक सहायता परिचालन हुने गरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई निर्देशन

। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक सहायता परिचालन हुने गरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले आगामी दिनमा वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता, बजेट प्रणाली, सार्वजनिक कोष, पारदर्शिता, लेखापरीक्षण र परिणाममुखी खर्चको सिद्धान्तअनुसार परिचालन हुने गरी आवश्यक नीतिगत तथा संस्थागत सुधार गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकले नगद, वस्तुगत वा प्राविधिक जुनसुकै प्रकृतिको वैदेशिक सहायता भए पनि सम्भव भएसम्म राष्ट्रिय बजेट प्रणाली तथा सरकारी कोषमार्फत परिचालन गरी अनिवार्य लेखापरीक्षणको दायरामा ल्याउन निर्देशन दिएको छ ।

वैदेशिक सहायता प्राप्त हुने सुनिश्चितता भइसकेपछि मात्र वैदेशिक स्रोततर्फको रकम वार्षिक बजेटमा समावेश तथा विनियोजन गर्ने र वैदेशिक सहायताबाट खर्च भएको रकमको शोधभर्ना समयमै प्राप्त हुने व्यवस्था मिलाइ ढिलाइका कारण सरकारको आन्तरिक स्रोतमा पर्ने अतिरिक्त आर्थिक भार न्यूनीकरण गर्न समेत अर्थ मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति भरत बहादुर खड्काले जानकारी दिए।



बैठकले वैदेशिक सहायताको प्रतिबद्धता, वास्तविक प्राप्ति, खर्च, उपयोग र शोधभर्नाको एकीकृत अभिलेख राख्ने र सम्बन्धित प्रणालीमा अनिवार्य अद्यावधिक गर्न र वैदेशिक सहायताबाट सञ्चालित आयोजनाहरू निर्धारित समय र लागतभित्रै सम्पन्न हुने गरी व्यवस्थापन, अनुगमन तथा कार्यान्वयन क्षमता अभिवृद्धि गर्न समेत निर्देशन दिइएको सभापति खड्काले बताए।

बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विश्वव्यापी आर्थिक परिदृश्य, वैदेशिक सहायता प्रभावकारिता तथा नेपालले अपनाउनुपर्ने नयाँ वित्तीय रणनीतिबारे मन्त्रालय गम्भीर रहेको बताए। उनले दातृ राष्ट्रहरूले आफ्ना करदाताको पैसा दुरुपयोग नहोस् भन्नका लागि सहायता परिचालनमा कडा सर्त राख्ने वा आफ्नै संयन्त्रमार्फत खर्च गर्न खोज्ने प्रवृत्ति बढेको उल्लेख गरे। परम्परागत सहायताका स्रोतहरू अब पर्याप्त र प्रभावकारी नहुने हुँदा नेपाल वैकल्पिक वित्तीय स्रोतहरूको खोजीमा अघि बढेको उनको भनाइ छ।

मन्त्री वाग्लेले बजेटमै नीतिगत रूपमा वैकल्पिक स्रोतहरूको प्रयोगलाई प्राथमिकता दिइएको र संक्रमणकालीन अवस्थालाई व्यवस्थापन गर्दै नयाँ विश्व व्यवस्थासँग तालमेल मिलाइँदै लगिएको जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनता टेलिभिजनका अध्यक्ष डा. विजयकुमार पौडेल पक्राउ परेका छन् । पौडेललाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए । उनका अनुसार पौडेलविरुद्ध डेढ लाखको चेक बाउन्सको उजुरी प्रहरी वृत्त सिंहदरबारमा परेको थियो । उनलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनी एमाले पार्टीमा रहँदा सांसद समेत ...
। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले राज्यको ढुकुटीबाट हुने खर्च र वैदेशिक सहायताको परिचालन पारदर्शी हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बिहीवार बोल्दै पूर्वमन्त्री समेत रहेका पुनले जनताले राज्यको खर्चबारे जानकारी पाउनु लोकतान्त्रिक अधिकार भएको उल्लेख गरेका हुन् । सांसद पुनले खर्चको पारदर्शिता सुनिश्चित गर्ने मुख्य माध्यम संसद र संसदीय समितिहरू ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले ठूलो आवाज गर्दैमा तर्क र तथ्य ठूलो नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा कुरा राख्दै सभापति लामिछानेले सांसदहरूलाई चर्को नबोल्न सुझाव दिँदै यस्तो बताएका हुन् । ‘म पनि चर्को आवाज गर्दै अर्को ठाउँमा आएको हुनाले मेरो आफ्नै अनुभवले के भन्छ भने कैलेकाहीँ ठूलो ...
। बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा काठमाडौंमा माइतीघरमा पनि प्रदर्शन भएको छ । ‘गरिमा चौधरीलाई न्याय दे, ११८ महिला प्रतिनिधिहरू मुर्दावाद, महिला बालबालिका आयोग कहाँ छ ?, बलात्कारीलाई फाँसी दे,’ लगायतका प्लेकार्ड बोकेर माइतीघरमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । बालिका हत्याको विरोधमा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका नीजि तथा सामुदायिक विद्यालयहरूले बिहीबार ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्रै संविधान संशोधनका लागि पर्याप्त अंक नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आफ्नो धारणा राख्दै सभापति लामिछानेले रास्वपा सांसदलाई संविधान संशोधनको कुरा यसरी नउठाउन आग्रह गरेका हुन् । ‘कतिपय साथीहरूले हामी संविधान संशोधन गर्छौं भन्नुभयो । प्रतिनिधिसभामा दुई तिहाइ ...