मुख्य समाचार
युवराज दुलालले भ्रष्टाचार बढी हुनुमा कार्यपालिका, न्यायपालिका र महालेखा परीक्षकको कार्यालय जिम्मेवार रहेको बताए
युवराज दुलालले भ्रष्टाचार बढी हुनुमा कार्यपालिका, न्यायपालिका र महालेखा परीक्षकको कार्यालय जिम्मेवार रहेको बताए

। नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले भ्रष्टाचार बढी हुनुमा कार्यपालिका, न्यायपालिका र महालेखा परीक्षकको कार्यालय जिम्मेवार रहेको बताएका छन्।

‘भ्रस्टाचारको ट्रेन्ड र ट्रेन्डेन्सी कसरी अगाडि बढिराखेको छ भन्ने जिज्ञासा छ,’ उनी भन्छन्, ‘यसमा म तीनवटा निकायलाई सँगै जोड्न चाहन्छु। किनभने हाम्रो साझा दायित्व भनेको भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम गर्ने हो। यो अख्तियारको एकल दायित्व त हुँदै होइन।’

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले अख्तियार प्राप्त संस्था, जिम्मेवारी प्राप्त संस्था र नेतृत्वदायी भूमिका निर्वाह गर्ने संस्था अख्तियार भएको बताए।

प्रधानमन्त्री र कार्यपालिकाको टिम बलियो भयो, सुशासनप्रति व्यावहारिक रुपमा प्रतिबद्ध भयो भने भ्रष्टाचारजन्य घटनाहरु घट्ने उनको विश्वास छ ।

उनी थपे, ‘न्यायपालिका जिम्मेवार भयो र उसले सुशासन कायम गर्न चाह्यो भने दोषीहरुलाई कारबाही हुन्छ। महालेखा कार्यालयले सही परीक्षण गरिदियो भने दोषीहरु उम्किँदैनन्, प्रमाणहरु स्थापित हुन्छन्। तर अहिले मेरो अनुभव र ज्ञानले यो तीनवटा निकायमा समस्या छ।’

उनले थपे, ‘भ्रष्टाचार बढी हुनुमा कार्यपालिका जिम्मेवार छ, न्यायपालिका पनि जिम्मेवार छ, र महालेखा परीक्षकको कार्यालय पनि जिम्मेवार छ। यो ब्ल्याक एन्ड ह्वाइट अथवा यो ढोकाले छेकेजस्तो हो यो-कसैले स्वीकारे पनि नस्वीकारे पनि ढोकाले छेकेजस्तो हो।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनता टेलिभिजनका अध्यक्ष डा. विजयकुमार पौडेल पक्राउ परेका छन् । पौडेललाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए । उनका अनुसार पौडेलविरुद्ध डेढ लाखको चेक बाउन्सको उजुरी प्रहरी वृत्त सिंहदरबारमा परेको थियो । उनलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनी एमाले पार्टीमा रहँदा सांसद समेत ...
। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले राज्यको ढुकुटीबाट हुने खर्च र वैदेशिक सहायताको परिचालन पारदर्शी हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बिहीवार बोल्दै पूर्वमन्त्री समेत रहेका पुनले जनताले राज्यको खर्चबारे जानकारी पाउनु लोकतान्त्रिक अधिकार भएको उल्लेख गरेका हुन् । सांसद पुनले खर्चको पारदर्शिता सुनिश्चित गर्ने मुख्य माध्यम संसद र संसदीय समितिहरू ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले ठूलो आवाज गर्दैमा तर्क र तथ्य ठूलो नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा कुरा राख्दै सभापति लामिछानेले सांसदहरूलाई चर्को नबोल्न सुझाव दिँदै यस्तो बताएका हुन् । ‘म पनि चर्को आवाज गर्दै अर्को ठाउँमा आएको हुनाले मेरो आफ्नै अनुभवले के भन्छ भने कैलेकाहीँ ठूलो ...
। बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा काठमाडौंमा माइतीघरमा पनि प्रदर्शन भएको छ । ‘गरिमा चौधरीलाई न्याय दे, ११८ महिला प्रतिनिधिहरू मुर्दावाद, महिला बालबालिका आयोग कहाँ छ ?, बलात्कारीलाई फाँसी दे,’ लगायतका प्लेकार्ड बोकेर माइतीघरमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । बालिका हत्याको विरोधमा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका नीजि तथा सामुदायिक विद्यालयहरूले बिहीबार ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्रै संविधान संशोधनका लागि पर्याप्त अंक नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आफ्नो धारणा राख्दै सभापति लामिछानेले रास्वपा सांसदलाई संविधान संशोधनको कुरा यसरी नउठाउन आग्रह गरेका हुन् । ‘कतिपय साथीहरूले हामी संविधान संशोधन गर्छौं भन्नुभयो । प्रतिनिधिसभामा दुई तिहाइ ...