। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उच्च पदस्थ नेपालीको विदेशी बैंकमा रहेको पैसा खोज्न विशेष टास्क फोर्स गठन गर्ने प्रस्ताव गरेका छन् ।
जेन्जी आन्दोलनपछि बङ्गलादेशले त्यहाँका उच्च पदस्थ व्यक्तिहरूको संसारभरी कति रकम छ भनेर एउटा विशेष टास्क फोर्स गठन गरेको स्मरण गर्दै उनले भने, ‘उसले यसरी संसारका बैंकहरुलाई चिठी पनि लेख्यो।’
यस्तै कार्य नेपालमा हुन आवश्यक रहेको बताए । ‘त्यस्तै तपाईंहरू (रास्वपा सरकार) अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हाम्रो यत्रो संस्थाले मुलुक बाहिर हुने भ्रष्टाचार नियन्त्रण गर्नको लागि एउटा राष्ट्र बैंकसँगको स्पेसल कोअर्डिनेसनमा एउटा स्पेसल कमिसन गरेर छानबिन गर्न सक्नुहुन्छ ?’ सांसद केसीले भने, ‘यो आँट पुग्छ जस्तो लाग्दैन, तर, पनि प्रस्ताव चाहिँ मैले गरें कि यो छानबिन होस्।’
साथै उनले मुलुक बाहिर हुने भ्रष्टाचारलाई ख्याल गर्न सुझाए । ‘लेनदेन र पहिचानका सूचनाको भूमिकाबारेमा क्षमा पाउँ, अहिले मुलुक बाहिरै भ्रष्टाचार सबभन्दा धेरै भएको छ’, उनले भने, ‘अहिले को-को हो, म त्यता जान्न चाहन्नँ। तर, सिङ्गापुर, कम्बोडिया, स्वीस बैंकदेखि लिएर संसारभरी पैसा छ भनेर कुरा आइराछ ।’