मुख्य समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान जारी रहेको जानकारी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान जारी रहेको जानकारी

: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।

बिहीबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका निमित्त सचिव पद्म मैनालीले गोकुल बाँस्कोटासमेत आरोपित रहेको सेक्युरिटी प्रेस खरिद सम्बन्धी विषय हाल विस्तृत अनुसन्धानकै क्रममा रहेको जानकारी दिएका हुन्।

सार्वजनिक लेखा समितिबाट प्राप्त भएका करिब १० वटा निर्देशनहरूमध्ये सेक्युरिटी प्रेस खरिद प्रकरणलाई आयोगले अध्ययन गरिरहेको उनको भनाइ छ । राज्य व्यवस्था तथा सुशासन समितिका निर्देशनका आधारमा राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालसँग सम्बन्धित २–३ वटा उजुरीहरू विस्तृत अनुसन्धानको प्रक्रियामा रहेको उनले बताए।

रौतहटको दुर्गा भगवती गाउँपालिका कार्यालयसँग सम्बन्धित विषयमा अनुसन्धान पूरा भई मुद्दा दायर भइसकेको समेत मैनालीले जानकारी दिए । उनले आर्थिक वर्ष २०७४/७५ बाहेक अन्य वर्षहरूमा अदालतबाट फैसला भएका मुद्दाहरूमा कसुर कायम हुने प्रतिशत ७० प्रतिशत भन्दा माथि रहेको उल्लेख गरे।

विशेष अदालतबाट कसुर कायम नभएका (सफाइ पाएका) मुद्दाहरूमा आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्ने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नौकुण्ड गाउँपालिका–२ यार्सास्थित जोम्सा खोलाले बगाएर बेपत्ता भएका आमा र छोरा दुवैजनाको शव फेला परेको छ । नुवाकोटको लच्याङबाट घर फर्कने क्रममा बोन्द्रोहुँदै घाङमारतर्फ आउँदै गर्दा स्थानीय डुप्पा नेकोर तामाङ र उनका छोरा पूर्ण थोक्रालाई जोम्सा खोलाले बगाएको थियो । मृत बालक नवजीवन आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए । उद्धार तथा खोजी ...
: काठमाडौं उपत्यकाबाट विस्थापनमा परेका अर्का एक भूमिहीन सुकुम्बासीले पनि आत्महत्या गरेका छन्। बालेन नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको शान्तिनगर (गैरीगाउँ) सुकुम्बासी बस्तीमा डोजर चलाएपछि टिकाथलीमा डेरा गरी बस्दै आएका करिब ५० वर्षीय चम्बरबहादुर नेपालीले आत्महत्या गरेका हुन्। सरकारले घर भत्काइदिएपछि २५ हजारको राहत लिएर उनी डेरामा बस्दै आएका थिए। परिवारमा श्रीमती र छोराछोरीसहित ...
: स्याङ्जा प्रहरीले बेवारिसे अवस्थामा रहेका ७ थान भरुवा बन्दुकका संरचनासहितका सामग्रीहरू बरामद गरेको छ। वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रताप पौडेलको कमाण्डमा खटिएको टोलीले वालिङ नगरपालिका–१२, कोखेबाट ती सामग्री बरामद गरेको हो। बेवारिसे अवस्थामा बन्दुकसहित र त्यससँग सम्बन्धित अन्य सामग्री फेला पारिएको प्रहरी कार्यालयले जनाएको छ। भरुवा बन्दुकको आकारमा काठ तथा ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वाटर कब्जा गरिरहेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा सांसद सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वाटर कब्जा गरिरहेको आरोप लगाउँदै यसमा अडिग भएर छानबिन हुनुपर्ने माग गरेका हुन्। उनले नेपाल प्रहरीको सुरक्षा साधन खरिदमा भएका अनियमितताका कागजात १५ दिनभित्र ...
: काठमाडौं उपत्यकामा सार्वजनिक यातायात पत्ता लगाउन मोबाइल एप्लिकेसन सुरु भएको छ। काठमाडौं उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनहरु कुन ठाउँमा छन्, आफूले पर्खिएको ठाउँमा आइ पुग्न कति समय लाग्छ, जस्ता सार्वजनिक यातायातको सहजतासँग जोडिएको केटीएम पब्लिक ट्रान्सपोर्ट मोवाइल एप्लिकेसन सार्वजनिक गरिएको हो । बुधबार ‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्’ को तेस्रो बैठकमा परिषद्का अध्यक्ष ...