मुख्य समाचार
रवि लामिछानेले अख्तियारलाई पूर्ण स्वायत्तता प्रदान गर्न र शून्य राजनीतिक हस्तक्षेपका लागि आफ्नो पूर्ण प्रतिबद्धता रहेको बताए
रवि लामिछानेले अख्तियारलाई पूर्ण स्वायत्तता प्रदान गर्न र शून्य राजनीतिक हस्तक्षेपका लागि आफ्नो पूर्ण प्रतिबद्धता रहेको बताए

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अख्तियारलाई पूर्ण स्वायत्तता प्रदान गर्न र शून्य राजनीतिक हस्तक्षेपका लागि आफ्नो पूर्ण प्रतिबद्धता रहेको बताएका छन्।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता जनाएका हुन्।

उनले यदि सरकार वा मन्त्रालयका कसैले अनुसन्धानमा अवरोध सिर्जना गरेमा त्यसलाई समेत अपराध मानेर कानुनी कारबाही अघि बढाउन अख्तियारलाई पूर्ण छुट रहेको बताए। संसद् वा समितिमा चर्को स्वरमा बोल्दैमा तर्क र तथ्य ठूलो नहुने भन्दै सभापति लामिछानेले व्यक्तिगत आक्रोशभन्दा बलियो तथ्य र प्रमाणका आधारमा कुरा राख्दा सुधारका कामहरू बढी प्रभावकारी हुने बताए।

संवैधानिक निकायलाई बलियो बनाउन संविधान संशोधन गर्नुपर्ने विषयमा उनले प्रतिनिधि सभामा मात्र दुई तिहाइ पुग्दैमा संविधान संशोधन हुन नसक्ने भएकाले यसको सम्पूर्ण संवैधानिक प्रक्रिया र जटिलतालाई बुझ्नुपर्ने उल्लेख गरे।

सभापति लामिछानलेले मन्त्रिपरिषद्ले गर्ने 'नीतिगत निर्णय’ को सीमा र दायरा के हो भन्ने कुरा स्पष्ट पारिनुपर्नेमा जोड दिए। नीतिगत निर्णयका नाममा निर्णय गर्न नै डराउने अवस्था आएमा देशको विकास र सुशासन ठप्प हुने भएकाले यसको स्पष्ट व्याख्या आवश्यक रहेको उनको भनाइ छ।

उनले पहिले नै धरमराएको निजी क्षेत्रलाई अख्तियारको दायराभित्र ल्याउँदा थप आतंकित वा हतोत्साहित बनाउन नहुने समेत बताए। वित्तीय तथा आर्थिक अपराध हेर्न नेपाल राष्ट्र बैंक लगायतका अन्य विशिष्टीकृत कानुन र निकायहरू भएकाले सबै भार अख्तियारलाई नै थोपर्न नहुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिएको छ । बिहीबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका निमित्त सचिव पद्म मैनालीले गोकुल बाँस्कोटासमेत आरोपित रहेको सेक्युरिटी प्रेस खरिद सम्बन्धी विषय हाल विस्तृत अनुसन्धानकै क्रममा रहेको जानकारी दिएका हुन्। सार्वजनिक लेखा समितिबाट प्राप्त भएका करिब १० ...
: नौकुण्ड गाउँपालिका–२ यार्सास्थित जोम्सा खोलाले बगाएर बेपत्ता भएका आमा र छोरा दुवैजनाको शव फेला परेको छ । नुवाकोटको लच्याङबाट घर फर्कने क्रममा बोन्द्रोहुँदै घाङमारतर्फ आउँदै गर्दा स्थानीय डुप्पा नेकोर तामाङ र उनका छोरा पूर्ण थोक्रालाई जोम्सा खोलाले बगाएको थियो । मृत बालक नवजीवन आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए । उद्धार तथा खोजी ...
: काठमाडौं उपत्यकाबाट विस्थापनमा परेका अर्का एक भूमिहीन सुकुम्बासीले पनि आत्महत्या गरेका छन्। बालेन नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको शान्तिनगर (गैरीगाउँ) सुकुम्बासी बस्तीमा डोजर चलाएपछि टिकाथलीमा डेरा गरी बस्दै आएका करिब ५० वर्षीय चम्बरबहादुर नेपालीले आत्महत्या गरेका हुन्। सरकारले घर भत्काइदिएपछि २५ हजारको राहत लिएर उनी डेरामा बस्दै आएका थिए। परिवारमा श्रीमती र छोराछोरीसहित ...
: स्याङ्जा प्रहरीले बेवारिसे अवस्थामा रहेका ७ थान भरुवा बन्दुकका संरचनासहितका सामग्रीहरू बरामद गरेको छ। वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रताप पौडेलको कमाण्डमा खटिएको टोलीले वालिङ नगरपालिका–१२, कोखेबाट ती सामग्री बरामद गरेको हो। बेवारिसे अवस्थामा बन्दुकसहित र त्यससँग सम्बन्धित अन्य सामग्री फेला पारिएको प्रहरी कार्यालयले जनाएको छ। भरुवा बन्दुकको आकारमा काठ तथा ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वाटर कब्जा गरिरहेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा सांसद सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वाटर कब्जा गरिरहेको आरोप लगाउँदै यसमा अडिग भएर छानबिन हुनुपर्ने माग गरेका हुन्। उनले नेपाल प्रहरीको सुरक्षा साधन खरिदमा भएका अनियमितताका कागजात १५ दिनभित्र ...