मुख्य समाचार
दाङमा प्रहरीले ३७ नाल अवैध भरुवा बन्दुक बरामद
दाङमा प्रहरीले ३७ नाल अवैध भरुवा बन्दुक बरामद

: दाङमा प्रहरीले ३७ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। जिल्लाका विभिन्न जंगलका झाडीमा भरुवा बन्दुकहरु लुकाई राखेको सूचना पश्चात विशेष अप्रेशनबाट खटिएको प्रहरी टोलीले अवैध भरुवा बन्दुक बरामद गरेको हो।

भदौ १ देखि ४ गतेसम्म विशेष अप्रेशन चलाएर बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यो विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वाटर कब्जा गरिरहेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा सांसद सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वाटर कब्जा गरिरहेको आरोप लगाउँदै यसमा अडिग भएर छानबिन हुनुपर्ने माग गरेका हुन्। उनले नेपाल प्रहरीको सुरक्षा साधन खरिदमा भएका अनियमितताका कागजात १५ दिनभित्र ...
: काठमाडौं उपत्यकामा सार्वजनिक यातायात पत्ता लगाउन मोबाइल एप्लिकेसन सुरु भएको छ। काठमाडौं उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनहरु कुन ठाउँमा छन्, आफूले पर्खिएको ठाउँमा आइ पुग्न कति समय लाग्छ, जस्ता सार्वजनिक यातायातको सहजतासँग जोडिएको केटीएम पब्लिक ट्रान्सपोर्ट मोवाइल एप्लिकेसन सार्वजनिक गरिएको हो । बुधबार ‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्’ को तेस्रो बैठकमा परिषद्का अध्यक्ष ...
: प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक सहायता परिचालन हुने गरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले आगामी दिनमा वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता,बजेट प्रणाली,सार्वजनिक कोष,पारदर्शिता,लेखापरीक्षण र परिणाममुखी खर्चको सिद्धान्तअनुसार परिचालन हुने गरी आवश्यक नीतिगत तथा संस्थागत सुधार गर्न सरकारलाई निर्देशन दिएको हो । बैठकले नगद,वस्तुगत ...
: नेकपा (एमाले)का सचिव महेश बस्नेतले ३५ वर्षमा केही भएन भन्न नमिल्ने बताएका छन्। बस्नेतले रास्वपाका नेताहरुले नेपालमा केही पनि भएन भनेर जनतालाई गुमराहमा राख्ने काम गरेको जिकिर गरे। उनले सरकारी तथ्यांक भन्दै सामाजिक सञ्जालमार्फत ३५ वर्षको अवधिमा भएका कामहरुको सूची उल्लेख गरेका छन्। २०४६ सालपछि नेपालले शिक्षा, स्वास्थ्य, पूर्वाधार, विद्युत्, सञ्चार, प्रविधि र जीवनस्तरका ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अख्तियारलाई पूर्ण स्वायत्तता प्रदान गर्न र शून्य राजनीतिक हस्तक्षेपका लागि आफ्नो पूर्ण प्रतिबद्धता रहेको बताएका छन्। सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता जनाएका हुन्। उनले यदि सरकार ...