— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो ।
अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ मा अन्तिम पटक ला लिगा जितेको एटलेटिकोका लागि लीले ७० औं मिनेटमा पहिलो गोल गरे ।
त्यसपछि ८५ औं मिनेटमा बाएनाले दोस्रो गोल थपे । कोरियाली खेलाडी ली यसै सिजन मात्र पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट एटलेटिको आएका हुन् ।