मुख्य समाचार
संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानतर्फबाट क्षेप्यास्त्र आक्रमण भएको आरोप लगाउँदै तेहरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार रोक्ने घोषणा
संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानतर्फबाट क्षेप्यास्त्र आक्रमण भएको आरोप लगाउँदै तेहरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार रोक्ने घोषणा

— संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानतर्फबाट क्षेप्यास्त्र आक्रमण भएको आरोप लगाउँदै तेहरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार रोक्ने घोषणा गरेको छ । पछिल्ला केही महिनादेखि तुलनात्मक रूपमा शान्त रहेको यूएईमा पुनः सुरक्षा तनाव बढेपछि अबुधाबीले इरानविरुद्ध यस्तो कदम चालेको हो ।

यूएईको विदेश मन्त्रालयकी सञ्चार निर्देशक अफ्रा अल हमेलीले क्षेत्रीय तनाव बढेको भन्दै इरानसँगको सबै व्यापार, व्यापारिक आदानप्रदान तथा वित्तीय कारोबार स्थगित गरिएको बताएका छन् । अबुधाबीले पछिल्ला केही सातामा इरानले हर्मुज जलमार्गमा आफ्ना

ट्यांकरहरूलाई पटक–पटक निसाना बनाएको आरोप लगाउँदै आएको छ । यूएईको पछिल्लो निर्णय दुई मुलुकबीचको लामो समयदेखिको व्यापारिक तथा सामाजिक सम्बन्धका बीच आएको हो । यूएईमा ठूलो इरानी समुदायको बसोबास छ र युद्धअघि अमेरिकी प्रतिबन्धमा रहेको इरानका लागि यूएई प्रमुख व्यापारिक साझेदारमध्ये एक थियो । समुद्री तटीय समुदाय, व्यापारिक मार्ग र पारिवारिक सम्बन्धका कारण दुई देशबीच शताब्दीयौं पुरानो सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धसमेत रहँदै आएको छ ।

मंगलबारको घोषणा इरानविरुद्ध यूएईले चालेको पछिल्लो कदम हो । द्वन्द्व सुरु भएपछि यूएईले आफ्ना राजदूत फिर्ता बोलाउनुका साथै इरानसँग सम्बन्धित केही विद्यालय र अस्पताल बन्द गरेको थियो । मार्चमा युद्ध चर्किएका बेला दुबईस्थित इरानी राज्यसँग सम्बन्धित अस्पताल बन्द गर्न अधिकारीहरूले आदेश दिएका थिए । विद्यालय तथा सामुदायिक केन्द्र पनि बन्द गरिएका थिए । त्यसबेला यूएईका एक अधिकारीले इरानी सरकार र इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) सँग प्रत्यक्ष सम्बन्ध भएका तथा यूएईको कानुन उल्लंघन गरेको पाइएका केही संस्थालाई लक्षित उपायअन्तर्गत बन्द गरिएको बताएका थिए ।

यसैबीच, अबुधाबीले मंगलबार इरानले यूएईतर्फ दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाएको छ । यूएईले ती क्षेप्यास्त्र समुद्री क्षेत्रमा रहेका जहाज वा समुद्री नेभिगेसनलाई लक्षित गरिएको जनाएको थियो । तर तेहरानले यूएईतर्फ क्षेप्यास्त्र प्रहार गरेको आरोप अस्वीकार गरेको छ ।

यूएईको हवाई सुरक्षा प्रणालीले इरानबाट दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएकामा एउटा आफ्नो क्षेत्रीय जलक्षेत्रबाहिर तथा अर्को क्षेत्रीय जलक्षेत्रभित्र खसेको यूएई मन्त्रालयले सामाजिक सञ्जालमार्फत जनाएको छ । त्यसपछि जारी अर्को विज्ञप्तिमा क्षेप्यास्त्र समुद्री नेभिगेसनलाई लक्षित गर्दै समुद्रमा खसेको उल्लेख गरिएको थियो ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले यूएईले इरानमाथि लगाएको क्षेप्यास्त्र प्रहारको आरोपलाई स्पष्ट रूपमा अस्वीकार गरे । उनले यस्तो दाबीले क्षेत्रीय विश्वास र सुरक्षा कायम गर्ने प्रयासमा नकारात्मक असर पार्ने बताए । यूएईको पहिलो आधिकारिक बयान आउनुभन्दा करिब दुई घण्टाअघि त्यहाँका बासिन्दालाई मोबाइल फोनमार्फत ‘सम्भावित क्षेप्यास्त्र खतरा’ बारे चेतावनी दिइएको थियो । जुनमा जारी भएको गलत चेतावनी र जुलाईमा आक्रमणको सम्भावनासम्बन्धी सूचनापछि यो पहिलो यस्तो चेतावनी थियो । यद्यपि त्यस पटक क्षेप्यास्त्र यूएईको भूभागमा प्रवेश गरेको थिएन । त्यसअघि पछिल्लो क्षेप्यास्त्र चेतावनी मेको सुरुआतमा जारी गरिएको थियो ।

यद्यपि पछिल्ला केही सातामा यूएईको सरकारी स्वामित्वको तेल कम्पनी एडनोकसँग सम्बन्धित ट्यांकरहरूलाई समुद्रमा पटक–पटक निसाना बनाइएको अबुधाबीले आरोप लगाउँदै आएको छ । समुद्री मार्ग र ऊर्जा पूर्वाधारसँग सम्बन्धित यस्ता घटनाले यूएईको सुरक्षा चिन्ता बढाएको छ ।

मध्यपूर्वमा युद्ध सुरु हुँदा यूएईले इरानी आक्रमणको ठूलो दबाब सामना गरेको थियो । फेब्रुअरी २८ मा युद्ध सुरु भएयता करिब तीन हजार क्षेप्यास्त्र तथा ड्रोन यूएईतर्फ लक्षित गरिएको बताइएको छ । अन्य मुलुकको तुलनामा यो क्षेत्रको बढी थियो । तर जुनमा इरान र अमेरिकाबीचको समझदारी ज्ञापनपत्र कार्यान्वयनमा आएपछि यूएईले अन्य खाडी मुलुकको तुलनामा प्रत्यक्ष आक्रमणको खबर कमै मात्र सामना गरेको थियो । उक्त समझदारी पछि भत्किए पनि यूएईमा लामो समयसम्म तुलनात्मक शान्ति कायम रहेको थियो ।

इरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार रोक्ने पछिल्लो निर्णयले भने दुई देशबीचको व्यापारिक सम्बन्धमा प्रत्यक्ष असर पार्ने भएको छ । साथै, समुद्री सुरक्षा र क्षेत्रीय तनाव थप बढ्ने चिन्ता पनि उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— रुससँग युद्ध जारी रहेकै बेला युक्रेनका पूर्वरक्षामन्त्री मिखाइलो फेडोरोभले राष्ट्रपति चुनावको माग गरेका छन् । राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका निकट सहयोगीमध्येका फेडोरोभले नै सार्वजनिक रूपमै चुनावका लागि माग गरेका हुन् । यसलाई रुससँगको युद्ध सुरु भएयता जेलेन्स्कीसामु देखिएको सबैभन्दा ठूलो आन्तरिक चुनौती मानिएको छ । फेडोरोभले जुलाईमा रक्षामन्त्रीको पद गुमाएका थिए । उनले युट्युबमा सार्वजनिक भिडियो सन्देशमार्फत लामो युद्धका ...
— बेलायतका राजकुमार ह्यारी र मेगन मार्कल बेलायत फर्किने तयारी गरेका छन्। ‘डेली टेलिग्राफ’ र ‘द सन’ले पहिलोपटक सार्वजनिक गरेको विवरणअनुसार ह्यारी र मेगन यसै महिनाको अन्त्यमा अमेरिकाबाट लन्डनबाहिरको निजी, गैरराजकीय निवासमा बसाइँ सर्ने तयारीमा छन् । उनीहरूका छोराछोरी ७ वर्षीय राजकुमार आर्ची र ५ वर्षीया राजकुमारी लिलिबेटले सेप्टेम्बरदेखि बेलायती विद्यालयमा अध्ययन सुरु गर्ने भएका छन् । राजा ...
। संयुक्त राष्ट्रसंघको एक टोलीले यसै साता सिरियामा बसर अल असदको समयका अघोषित केही आणविक स्थलको पहिलोपटक निरीक्षण गरेको छ । इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सी (आईएईए) का महानिर्देशक राफाएल ग्रोसी र उनको टोलीले सिरियामा तत्कालीन समयमा बनेका आणविक केन्द्को निरीक्षण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कूटनीतिक प्रयासपछि सिरिया र इजरायलसँग समझदारी बनेको थियो । ...
। रूसमा हालै भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले दिएको चेतावनीका बाबजुद बेलायतले युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने जनाएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले विज्ञप्ति जारी गर्दै युक्रेनलाई आवश्यक परेको समयमा बेलायत सधैँ साथमा रहने बताएका छन्। युक्रेनलाई निरन्तर सैन्य सहयोग प्रदान गर्दा रूसबाट उत्पन्न हुन सक्ने जोखिमबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री बर्नह्यामले ...
। बंगलादेशमा ३५ वर्षको लामो अन्तरालपछि आज राष्ट्रपति निर्वाचन हुँदैछ । स्थानीय समय अनुसार संसदमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । निर्वाचनमा सत्तारूढ दलका सांसद तथा बीएनपी नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलको विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल ओली अहमदबीच प्रतिस्पर्धा हुँदैछ । यसै वर्ष १२ फेब्रुअरीमा भएको आम निर्वाचनबाट बीएनपी सत्तामा फर्किएको ...