— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ ।
रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह सफिकले बनाएको ६१ रन नै सर्वाधिक ठूलो स्कोर रह्यो ।
जवाफमा इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्स सुरु गरेर दुई विकेटमा १ सय १२ रन बनाएको छ र अब ५९ रनले मात्र पछाडि छ । घरेलु टिमका लागि जोर्डन क्रक्स २३ र कप्तान जोए रुट ३७ रन बनाएर खेलिरहेका छन् ।