मुख्य समाचार
११ लाख बालबालिका बालश्रममा छन्, राज्य गम्भीर बन्नुपर्छ : सांसद रमेश मल्ल
११ लाख बालबालिका बालश्रममा छन्, राज्य गम्भीर बन्नुपर्छ : सांसद रमेश मल्ल

। सरकारले बाल श्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ संशोधन गर्दैछ ।यसका लागि सरकारले संशोधन विधेयक ल्याएको छ ।

विधेयकमाथि प्रतिनिधिसभामा बोल्दै सांसदहरूले नेपालको संविधान, संघीय संरचना, अन्तर्राष्ट्रिय दायित्व र श्रम बजारको बदलिँदो अवस्थाअनुसार प्रचलित ऐनलाई समयानुकूल संशोधन गर्नुपर्ने औंल्याएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले अझै ११ लाख बालबालिका बालश्रममा संलग्न रहेको बताए ।

‘नेपालमा करिब ११ लाख बालबालिका बालश्रममा संलग्न छन् । र, तीमध्ये करिब सवा २ लाख बालबालिका जोखिमपूर्ण काममा छन्,’ मल्लले भने, ‘बालश्रमको ठूलो हिस्सा अनौपचारिक क्षेत्र, कृषि, घरेलु काममा रहेको छ ।’



यस्तो तथ्यांकले प्रस्तुत गर्दै उनले बालश्रममा रहेका बालबालिकाहरूलाई विद्यालय पुर्‍याउन सरकारको ध्यानाकर्षण गरे ।

विद्यालय उमेरका कतिपय बालबालिका आफ्ना अभिभावकसँगै सिजनल रोजगारीमा प्रवासमा काम गरिरहेको उनले बताए । ‘कतिपय बालबालिका इँटाभट्टामा इँटा बोकिरहेका छन् । होटल तथा चिया पसलमा काम गरिरहेका छन् । ढुंगा–गिट्टी र निर्माण क्षेत्रमा श्रम गरिरहेका छन् । खेतबारीमा जोखिमपूर्ण काम गरिरहेका छन्’, उनले भने ।

अझ बाल बेचबिखन, जबरजस्ती श्रम, ऋणबन्धन र यौन शोषणजस्ता निकृष्ट स्वरूपका जोखिममा बालबालिका रहेको उनले बताए ।

बालश्रमलाई श्रम व्यवस्थापनको विषयमात्र नभई बालअधिकार, शिक्षा, सामाजिक न्याय र गरिबी न्यूनीकरणसँग जोडिएको विषयका रूपमा हेर्न आवश्यक रहेको सांसद मल्लले बताए । बालश्रमको मुख्य कारण गरिबी भएको बताउँदै उनले गरिबी निवारणका लागि राज्य गम्भीर हुनुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले पेट्रोलियम पदार्थको प्रचुर सम्भावना हुँदाहुँदै पनि जनता आधारभूत आवश्यकताका लागि संघर्ष गर्न बाध्य भएको बताएका छन् । दैलेखमा रोकिएको पेट्रोलियम पदार्थ तथा ग्यास उत्खननको काम तत्काल अघि बढाउन उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा जोशीले दैलेखमा पेट्रोलियम पदार्थ रहेको प्रारम्भिक ...
। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रम सम्बन्धी विधेयकमा कुनैपनि किसिमको विरोधाभास नरहेको स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा मन्त्री यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रश्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफमा यस्तो बताएका हुन् । विधेयकका प्रावधानबारे प्रष्ट पार्दै उनले जोखिमयुक्त र शोषणमूलक कार्यलाई पूर्ण रूपमा निषेध गरिएको ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले सरकार जनसरोकारका आधारभूत मुद्दाहरूमा संवेदनशील नभएको आरोप लगाएका छन् । बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राईले दैनिक उपभोग्य वस्तुको अभावदेखि प्रशासनिक ढिलासुस्तीसम्मका विषयमा सरकारको आलोचना गरे । संसद बैठक ढिलो शुरु भएको सन्दर्भमा टिप्पणी गर्दै राईले सत्तापक्षको आन्तरिक बैठकका कारण सदनलाई पर्खाइएकोमा असन्तुष्टि व्यक्त गरे । ...
। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आफ्नो पार्टी सरकारको स्थिरताको पक्षमा रहेको बताएका छन् । बुधबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले मुलुकमा राजनीतिक स्थिरता कायम होस् र सरकारले पाँच वर्षको पूर्ण कार्यकाल पूरा गरोस् भन्ने पक्षमा आफूहरू सकारात्मक रहेको बताए । सत्तारुढ दलभित्रको आन्तरिक व्यवस्थापन र संसदीय दलको बैठकमा देखिएको अन्योललाई उनीहरूको ...
। गृहमन्त्री सुधन गुरुङले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितहरूको निजी आवास निर्माण र विपद् व्यवस्थापनको विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा आकस्मिक समय माग गरी बोल्दै उनले आवास निर्माणमा देखिएका कानुनी तथा प्राविधिक जटिलता समाधानका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए । साउन २२ गतेको बैठकमा सांसद गोपाल शर्माले उठाउनुभएको ...