मुख्य समाचार
बार्सिलोनाले ६१औं जोआन गाम्पर ट्रफी जित्दै २०२६–२७ सिजनको औपचारिक सुरुवात
बार्सिलोनाले ६१औं जोआन गाम्पर ट्रफी जित्दै २०२६–२७ सिजनको औपचारिक सुरुवात

। बार्सिलोनाले ६१औं जोआन गाम्पर ट्रफी जित्दै २०२६–२७ सिजनको औपचारिक सुरुवात गरेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा स्पेनिस च्याम्पियन बार्सिलोनाले इजिप्टको अल अहलीलाई २–१ ले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो ।

यस संस्करणको गाम्पर ट्रफी विशेष रह्यो, किनभने अल अहली प्रतिष्ठित प्रि–सिजन प्रतियोगिता खेल्ने पहिलो अफ्रिकी तथा अरब क्लब बन्यो । खचाखच भरिएको क्याम्प नोउमा भएको खेलले विश्व फुटबलका दुई फरक महादेशका सफल क्लबबीचको ऐतिहासिक भिडन्तको रूप लिएको थियो ।

बार्सिलोनालाई अग्रता दिलाउने गोल १९ वर्षीय फरवार्ड हम्जा अब्देलकरिमले गरे । आफ्नै पूर्व क्लबविरुद्ध उनले उत्कृष्ट फिनिस गर्दै घरेलु समर्थकलाई उत्साहित बनाएका थिए । त्यसपछि राफिन्हाले पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा अल अहलीका जिजोले गोल गर्दै गोल अन्तर घटाए । बार्सिलोनामा यसै सिजन भित्रिएका एन्थनी गोर्डनले पेनाल्टी मिस गर्दा बार्सिलोना फेरि दुई गोलको अग्रता बनाउन भने चुक्यो ।

जोआन गाम्पर ट्रफी सन् १९६६ मा तत्कालीन अध्यक्ष एनरिक लाउडेटले सुरु गरेका थिए । प्रतियोगिताको नाम बार्सिलोनाका संस्थापक, पूर्व खेलाडी तथा अध्यक्ष जोआन गाम्परको सम्मानमा राखिएको हो ।

हरेक वर्ष ला लिगा सुरु हुनुअघि आयोजना हुने यो खेल बार्सिलोनाको पहिलो टोलीलाई घरेलु समर्थकमाझ औपचारिक रूपमा प्रस्तुत गर्ने परम्परागत कार्यक्रम पनि हो । त्यसैले गाम्पर ट्रफीलाई बार्सिलोनाको ‘सिजन कर्टेन–रेजर’ का रूपमा चिनिन्छ ।

अफ्रिकाकै सबैभन्दा सफल क्लबमध्ये एक अल अहलीले पहिलोपटक गाम्पर ट्रफीमा सहभागिता जनाउँदै नयाँ इतिहास रच्यो । इजिप्टियन च्याम्पियनले प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि अन्ततः बार्सिलोनाको घरेलु मैदानमा उपाधि उचाल्न भने सकेन ।

बार्सिलोनाले अब यही जितको आत्मविश्वासका साथ नयाँ ला लिगा सिजनको तयारी पूरा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम