मुख्य समाचार
बार्सिलोनाले ६१औं जोआन गाम्पर ट्रफी जित्दै २०२६–२७ सिजनको औपचारिक सुरुवात
बार्सिलोनाले ६१औं जोआन गाम्पर ट्रफी जित्दै २०२६–२७ सिजनको औपचारिक सुरुवात

। बार्सिलोनाले ६१औं जोआन गाम्पर ट्रफी जित्दै २०२६–२७ सिजनको औपचारिक सुरुवात गरेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा स्पेनिस च्याम्पियन बार्सिलोनाले इजिप्टको अल अहलीलाई २–१ ले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो ।

यस संस्करणको गाम्पर ट्रफी विशेष रह्यो, किनभने अल अहली प्रतिष्ठित प्रि–सिजन प्रतियोगिता खेल्ने पहिलो अफ्रिकी तथा अरब क्लब बन्यो । खचाखच भरिएको क्याम्प नोउमा भएको खेलले विश्व फुटबलका दुई फरक महादेशका सफल क्लबबीचको ऐतिहासिक भिडन्तको रूप लिएको थियो ।

बार्सिलोनालाई अग्रता दिलाउने गोल १९ वर्षीय फरवार्ड हम्जा अब्देलकरिमले गरे । आफ्नै पूर्व क्लबविरुद्ध उनले उत्कृष्ट फिनिस गर्दै घरेलु समर्थकलाई उत्साहित बनाएका थिए । त्यसपछि राफिन्हाले पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा अल अहलीका जिजोले गोल गर्दै गोल अन्तर घटाए । बार्सिलोनामा यसै सिजन भित्रिएका एन्थनी गोर्डनले पेनाल्टी मिस गर्दा बार्सिलोना फेरि दुई गोलको अग्रता बनाउन भने चुक्यो ।

जोआन गाम्पर ट्रफी सन् १९६६ मा तत्कालीन अध्यक्ष एनरिक लाउडेटले सुरु गरेका थिए । प्रतियोगिताको नाम बार्सिलोनाका संस्थापक, पूर्व खेलाडी तथा अध्यक्ष जोआन गाम्परको सम्मानमा राखिएको हो ।

हरेक वर्ष ला लिगा सुरु हुनुअघि आयोजना हुने यो खेल बार्सिलोनाको पहिलो टोलीलाई घरेलु समर्थकमाझ औपचारिक रूपमा प्रस्तुत गर्ने परम्परागत कार्यक्रम पनि हो । त्यसैले गाम्पर ट्रफीलाई बार्सिलोनाको ‘सिजन कर्टेन–रेजर’ का रूपमा चिनिन्छ ।

अफ्रिकाकै सबैभन्दा सफल क्लबमध्ये एक अल अहलीले पहिलोपटक गाम्पर ट्रफीमा सहभागिता जनाउँदै नयाँ इतिहास रच्यो । इजिप्टियन च्याम्पियनले प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि अन्ततः बार्सिलोनाको घरेलु मैदानमा उपाधि उचाल्न भने सकेन ।

बार्सिलोनाले अब यही जितको आत्मविश्वासका साथ नयाँ ला लिगा सिजनको तयारी पूरा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...
। इंग्ल्यान्डका पूर्व कमनवेल्थ स्वर्ण पदक विजेता तथा एथलेटिक्स प्रशिक्षक लिओन बाप्टिस्ट बेपत्ता नभई मोरक्कोको जेलमा कैद सजाय भोगिरहेको खुलासा भएको छ । मोरक्कोका न्याय अधिकारीले उनी नाबालिगमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहर भई आठ महिनाको जेल सजाय काटिरहेको पुष्टि गरेका छन् । ४१ वर्षीय बाप्टिस्ट पछिल्लो तीन महिनादेखि सम्पर्कविहीन भएपछि बेलायती सञ्चारमाध्यमले उनलाई ‘मोरक्कोमा बेपत्ता’ ...
। क्यानडा क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई पदबाट बाहिरिएका छन् । देशाई नेपाली क्रिकेट टोलीका पनि पूर्वप्रशिक्षक हुन् । क्यानडाले मे महिनामा दोस्रोपटक देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदान र स्कटल्यान्डमा भएका दुई त्रिकोणात्मक सिरिजमा टोलीको जिम्मेवारी सम्हालेका थिए । लिग–२ मा चार खेल बाँकी रहँदा क्यानडा ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा हुने टप एन्ड टी–२० सिरिजका लागि डार्सी शर्टको कप्तानीमा एनटी स्ट्राइकले टोली घोषणा गरेको छ । टोलीमा अस्ट्रेलियाका अनुभवी ब्याटर तथा विकेटकिपर डार्सी शर्टसँगै बिग ब्यास लिगका स्टार खेलाडी जोर्डन सिल्क, टम मेन्जिस, वेस एगर पनि समावेश छन् । गत संस्करणमा खेलेकामध्ये डार्शी शर्ट, क्याडेल म्याकमहोन, हामिस मार्टिन, जोर्डन सिल्क, म्याट ह्यामन्ड र ...
। बायर्न म्युनिखका जर्मन मिडफिल्डर जमाल मुसियाला खेलका क्रममा चार दिनको अन्तरालमा दोस्रोपटक कोल्याप्स भएका छन् । मंगलबार हाइडेनहाइम विरुद्धको मैत्रीपूर्ण खेलमा मैदान प्रवेश गरेको केही मिनेटमै उनी अचानक ढलेपछि चिकित्सकीय टोलीले मैदानमै उपचार गरेको थियो । २३ वर्षीय मुसियाला यसअघि शनिबार आरबी लाइपजिगविरुद्धको मैत्रीपूर्ण खेलमा पनि खेलकै क्रममा कोल्याप्स भएका थिए । लगातार दोस्रो घटना ...