मुख्य समाचार
उच्च अदालत पाटनले जनआस्था साप्ताहिकका प्रकाशक एवं पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश
उच्च अदालत पाटनले जनआस्था साप्ताहिकका प्रकाशक एवं पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश

। उच्च अदालत पाटनले जनआस्था साप्ताहिकका प्रकाशक एवं पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश अच्युत कुइकेलको इजलासले प्रेस काउन्सिको क्षेत्राधिकारको विषय भएकाले प्रकाशित समाचारको विषयमा श्रेष्ठलाई पक्राउ नगर्न आदेश दिएको हो ।

उच्च अदालत पाटनले तीनवटा आधार देखाउदै पत्रकार श्रेष्ठलाई पक्राउ नगर्नु भनी आदेश दिएको हो । पहिलो, पत्रिकामा प्रकाशित समाचारको विषय प्रेस काउन्सिलमा उजुरी परी कारबाहीयुक्त रहेकाले धरपकड नगर्नु भनेको छ ।

दोस्रो, नेपालको संविधानको धारा १७ मा उल्लेखिच विचार तथा अभिव्यक्ति स्वतन्त्रता र धारा १९ मा उल्लेखितब सञ्चारको हकका आधारमा समेत पत्रकार श्रेष्ठलाई पक्राउ नगर्नु भनेको हो ।

तेस्रो, सर्वोच्च अदालतले दुई दिनअघि मात्रै जारी गरेको आदेशका आधारमा हेर्दा समेत पत्रकार श्रेष्ठलाई धरपकड, पक्राउ र थुनामा राख्ने लगायतका काम नगर्नु भनेको हो ।

गतसाता जनआस्था साप्ताहिकमा आफ्नो निजी विषयवस्तु प्रकाशित भएको र त्यसले गोपनियताको हक हनन भएको दाबी सहित उपसभामुख रुवी कुमारीले प्रेस काउन्सिलमा उजुरी दिएकी थिइन् । त्यसपछि उनले प्रहरीमा समेत जाहेरी दिएकी थिइन् ।

प्रहरीले जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमतीपत्र लिने प्रयास गरेको थाह पाउनासाथ पत्रकार श्रेष्ठ निषेधाज्ञाको निवेदन लिएर उच्च अदालत पाटन पुगेका थिए । आफूविरुद्ध राज्यस्तरबाट कुनै काम हुदैछ र त्यो गैरकानुनी हो भन्ने दावी सहित त्यसलाई रोक्न अदालतमा दिइने निवेदनलाई निषेधाज्ञाको निवेदन भनिन्छ । निषेधाज्ञाको निवेदनमाथि सुनुवाइ हुनुअघि नै जिल्ला अदालत ललितपुरले प्रक्रिया नपुगेको भन्दै पत्रकार श्रेष्ठ विरुद्ध पक्राउ पूर्जी दिन अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री नियुक्त भएको तीन साता पछि कर्णाली प्रदेश सरकार विस्तार भएको छ । नेकपा एमालेबाट सरकारमा सहभागी हुने तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई बुधबार साँझ एक समारोहकाबीच प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्दै टेकराज पछार्इँले आर्थिक ...
। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाबीच भेटवार्ता भएको छ । भेटमा नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति भएपछि सामना गर्नुपर्ने चुनौती, रोजगारी सिर्जना, लगानी प्रवद्र्धन, निर्यात विस्तार, युवा उद्यमशीलता तथा दिगो आर्थिक विकासका विषयमा छलफल भएको छ । अध्यक्ष अग्रवालले नेपालले एलडीसी स्तरोन्नतिलाई केवल एउटा ...
। चिकित्सा शिक्षा आयोगका रिक्त तीन निर्देशक पदमा तीन जना चिकित्सक नियुक्त भएका छन् । आयोगको निर्देशक पदमा डा. सन्ध्या चापागाईं, डा. सङ्गरत्न बज्राचार्य र डा. दीपेन्द्र श्रेष्ठ नियुक्त भएका हुन् । क्यान्सर रोग विशेषज्ञ डा. चापागाईंलाई आयोगको परीक्षा निर्देशनालयको निर्देशकको जिम्मेवारी दिइएको छ । फार्माकोलोजीका विज्ञ डा. बज्राचार्य नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशकमा नियुक्त भएका ...
। मधेश प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका नवौंदेखि एघारौं तहसम्मका १४ जना कर्मचारीलाई दरबन्दी रहेकै कार्यालयमा काज फिर्ता गरेको छ । प्रदेश सरकारले लामो समयदेखि दरबन्दी रहेको भन्दा अन्य कार्यालयमा काजमा कार्यरत कर्मचारीलाई दरबन्दी भएको ठाउँमै फर्काउने निर्णय गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार गरेको काज फिर्ता निर्णयमा स्वास्थ्य शिक्षा प्रशासक एघारौं तहका सुरोज चन्द्र न्यौपानेको ...
। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन् । सरकारले बुधबार मन्त्रिपरिषद् बैठकबाट रावललाई डेपुटी गभर्नर नियुक्त गरेको हो । सरकारले बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रावललाई आगामी ५ वर्षका लागि डेपुटी गभर्नरमा नियुक्त गरेको हो । केन्द्रीय बैंकमा २ डेपुटी गभर्नर हुने व्यवस्था नेपाल राष्ट्र बैंक ऐन २०५८ मा छ । फागुन ...